मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदीको जहाज ल्याण्ड गराउदा तीनवटा जहाज आकाशमा होल्ड


काठमाडौं । बहुक्षेत्रिय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास(बिमस्टेक)को सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जहाज अवतरण गराउदा तीनवटा जहाज आकाशमा होल्ड भएका छन् ।

नेपाली आकाशमा फ्लाइ दुबई,कतार र नेपाल एयरलाइन्सको जहाज आकाशमा होल्ड छ ।

बिम्स्टेकको सम्मेलनमा भाग लिन आएका सरकार प्रमुख र राष्ट्र प्रमुख सवार जहाज अवतरण र उडान गर्नुभन्दा एक घण्टा अगाडिबाट नै उडान रोकिने कार्यतालिका छ ।

भिभिआईपीको सवारीको कारण काठमाडौं उपत्यकाको सवारी आगमन समेत ठप्प छ ।