मकवानपुरका सीडीओ मार्फत प्रधानमन्त्रीलाई पत्रकारले बुझाए ज्ञापन पत्र « Eglish Khabarhub

मकवानपुरका सीडीओ मार्फत प्रधानमन्त्रीलाई पत्रकारले बुझाए ज्ञापन पत्र



हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएको कानून परिमार्जन गर्न माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई, तीन नम्बर प्रदेशका अध्यक्ष प्रताप बिष्ट सहितका पत्रकारको टोलीले आज प्रमुख जिल्ला अधिकारी असमान तामाङ मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाइएको हो ।

यही भाद्र १ गतेबाट लागू भएको मुलुकी (फौजदारी) संहिता ऐन २०७४ मा व्यवस्था भएका केही प्रावधानहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई गम्भीर असर पार्ने देखिएकाले ती बुँदाहरु तत्काल संशोधन गर्न महासंघ मकवानपुर शाखाले माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मकवानपुरका प्रमुख जिल्ला अधिकारी तामाङले पत्रकार महासंघको ज्ञापनपत्र जस्ताको तस्तै प्रधानमनत्री समक्ष पठाईदिने बताए ।

Publish on: