काठमाण्डौ । उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा व्यवसायी राकेश अग्रवाललाई पक्राउ गरिएको घटनाप्रति नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
बक्यौता रकम तिर्न लगाउने राज्यसँग अनेक विधि, प्रक्रिया र कानून हुँदाहुँदै पनि सो माध्यम नअपनाई सिधै प्रहरी प्रशासन लगाएर पक्राउ गर्दा कस्तो प्रकारको संदेश जाला गम्भीर भएर सोच्न महासंघ नेपाल सरकार समक्ष आग्रह गर्दछ–विज्ञप्तिमा उल्लेख गरिएको छ ।
लगानी आकर्षणका लागि सरकार तथा निजी क्षेत्रबाट बारम्बार राष्ट्रिय तथा अन्तराष्ट्रिय मञ्चमा समेत पहल भैरहेको वर्तमान परिस्थितिमा यस्ता घटना तथा कार्यले लगानीको वातावरणमा सहयोग नपु¥याउने हुँदा मुलुकले अवलम्वन गरेको विधि, प्रक्रिया र कानून अनुसार नै सरकार अगाडि बढ्नु पर्नेमा महासंघले विज्ञप्ति मार्फत जोड दिएको छ ।
SHARE YOUR THOUGHTS