काठमाडौ । नेपाल र संयुक्त राज्य अमेरिकाबीच पर्यटक भिसामा पारस्पारिकता सम्बन्धी प्रस्ताव मन्त्रीपरिषदबाट स्वीकृत भएकको छ ।
नयाँ व्यवस्थाअनुसार पर्यटक भिसा लिँदा सन् २०१९ जनवरी १ देखि ५ वर्षे बहुप्रवेशी भिसा लिँदा अमेरिकी र नेपाली पर्यटक दुबैले १६० अमेरिकी डलर तिर्नुपर्नेछ । अहिलेको व्यवस्था अनुसार अमेरिकी नागरिकले १६० अमेरिकी डलर र नेपाली नगारिकले १०० अमेरिकी डलर तिर्ने व्यवस्था छ । यसका साथै नेपाली नागरिकले अध्ययन भिसा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त शुल्क २०० अमेरिकी डलर हटाउने सम्बन्धमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन समेत दिएको सञ्चारमन्त्री गोकुल प्रसाद बासकोटाले जानकारी दिएका छन ।
27 December 2018 17:47 PM
प्रतिक्रिया दिनुहोस्