सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्न नदिन ओरेन्टल पीडितले दिए यस्तो चेतावनी « Eglish Khabarhub

सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्न नदिन ओरेन्टल पीडितले दिए यस्तो चेतावनी



काठमाडौं । घरजग्गा व्यवसायी सुधीर बस्नेतको सम्पत्ति लिलामी प्रक्रियामा लैजाने समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन गर्न बनेको समितिको निर्णय विरद्ध ओरेन्टल पीडितहरुले आन्दोलन गर्ने भएका छन् ।

समितिले आज एक प्रेस विज्ञप्ति जारी गरी बस्नेको सम्पत्ति कब्जा गरी लिलामी मार्फत बिक्री वितरण गरी पीडितको पैसा फिर्ता गर्ने बताएको थियो । समितिको विज्ञप्ति आउनेवित्तिकै पीडितहरुले त्यसविरुद्ध विज्ञप्ति निकालेका हुन् ।

आफुहरुलाई मार्कामा पारि समितिले बस्नेतको सम्पत्ति लिलामी गर्ने निर्णय गरेको भन्दै पीडितहरुले आपत्ति जनाएका हुन् ।

‘समितिले जारी गरेको प्रेस विज्ञप्तिबाट हामी ओरेन्टल सहकारी पीडित सदस्य निक्षेपकर्ताहरुलाई स्तब्ध बनाएको छ,’ ओरेन्टल पीडित हकहित संरक्षण समितिकी अध्यक्ष कुन्ति पोखरेलले विज्ञप्ती निकाल्दै भनेकि छन् ।

सुधीर बस्नेतको सम्पत्ति लिलाम गर्ने निर्णय, पीडितले कति फिर्ता पाउँछन् ? (भिडियोसहित)

सरकारद्वारा समस्या ग्रस्त घोषित ओरेन्टल को–आपरेटिभका तत्कालिन अध्यक्ष सुधीर बस्नेत अध्यक्ष सञ्चालक रहेको कोहिनुर हिल हाउजिङ प्रा.लि.अन्तर्गतको ललितपुरको इमाडोलमा रहेको भेगास सिटिमा निर्माणाधिन अपार्टमेन्ट बारे अध्यक्ष सुधीर बस्नेतले पेश गरेको डिपी आर नै अध्ययन नगरी समितिले लिलामीमा लैजाने विज्ञप्ति निकालेको भन्दै आरेन्टल पिडीतहरुले आपत्ति जनाएका हुन् ।

लिलामीको सुचना आउनु पीडितहरुका लागि ठूलो दुर्भाग्य भएको उनीहरुको ठहर छ ।

‘हामीले समितिका अध्यक्ष युवराज सुवेदीलाई तीन दिन अघि हामी पीडितहरुले कार्यालयमै भेट्न जाँदा डिपिआर सम्बन्धी प्रश्न गरेका थियौँ, तर उहाँले भेटका क्रममा उक्त डिपिआर ‘दराजमै थन्काइए’को जानकारी दिनु भयो, सो समयमा समितिका अध्यक्षलाई हामी पीडितहरुले आवश्यक परे हामी पीडितहरु भित्रका विज्ञहरु गठन गरी सहयोग गर्न तयार छौँ’ अध्यक्ष पोखरेलले भनिन् ।

सुधीर बस्नेतको कहाँ के-के छ सम्पत्ति ? (पूर्णविवरण)

तर विज्ञ नियुक्ती नै नगरी जोखना हेरे जस्तो गरी दुई दिनको बीचमा ४ हजार शब्दको डिपिआर ठिक छैन भनेर समितिले विञप्ति निकालेको पीडितहरुको आरोप छ ।

‘हामी पीडितहरुले विज्ञहरु सम्मिलित उपसमिति गठन गर्न बाध्य भएका छौँ, गठित उपसमितिले डिपिआर सम्बन्धि अध्ययन गर्ने छ,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

सुधीर बस्नेतले भने- ब्याज १ रुपैयाँ तिर्दिन, भेगास सिटी बनेन भने सावाँ पनि तिर्न सक्दिन (भिडियोसहित)

पीडितहरुले यदि भेगा सिटि बनाउने विषयमा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेतले प्रस्ताव गरेको डिपिआर ‘ठीक छैन भने र भ्रम श्रजना गरेको हो भने सुधिर बस्नेतका विरुद्ध पनि आफूहरु सडक आन्दोलनमा जाने बताएका छन् ।

तर समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले डिपिआर ठीक हुँदा हुँदै पनि लिलामी सन्देश दिन खोजेकाले आफूहरु समिति विरुद्ध नै सडक संघर्षमा उत्रने पीडितहरुले चेतावनी दिएका छन् ।

Publish on: