आहा ‘मेराकी रिट्रिट’ ! शब्द, फोटो र भिडियोमा हेर्नुस् « Eglish Khabarhub

आहा ‘मेराकी रिट्रिट’ ! शब्द, फोटो र भिडियोमा हेर्नुस्


१ जेष्ठ २०७६, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सिजी होल्डिङसका प्रमुख अरुण चौधरी केही वर्षअघि व्यवसायको सिलसिलामा फिलिपिन्सको यात्रामा थिए । व्यवसायकै दौरानमा थकानलाई एकैछिन थाँती राख्दै थकानमुक्त हुन आफ्नै दाजु विनोद चौधरीले सुरु गरेको फार्म सन बेनितोमा पुगे ।

जहाँ प्राकृतिक विधिलाई जोड दिँदै स्वास्थ्योपचारको विधि स्पा र थेरापीका विभिन्न सेवा उपभोग भइरहेको देखे । मानिसहरुको रुचि र उनीहरुले पाएको सेवा र त्यसबाट प्राप्त सन्तुष्टलाई आफैले पनि अनुभव गरे । सोचे, ‘नेपालमा पनि यस्तै उच्च आधुनिक शैलीबाट सेवा दिन पाए कस्तो हुँदो हो ।’

शहरबासीको थकान मेटाउन बुढानिलकण्ठमा मेराकी रिट्रिट, चौधरी ग्रुपको १० करोड लगानी

व्यवसायिक घरानाको पृष्ठभूमि भएका उनलाई यो व्यवसाय नेपालमा पनि गर्नुपर्छ भन्ने मनमा त थियो । तर उपयुक्त लोकेसन र त्यसलाई सफल तुल्याउने टिमको खोजीमा थिए । यसैबीच २ वर्ष अगाडि भेटिए, मलेसियन नागरिक ‘डोनाल्ड चा’ ।

२० वर्षदेखि यही व्यवसायबाट खारिएका डोनाल्डलाई भेटेपछि सही व्यक्ति भेटिएको महसुस गरे । उनलाई लाग्यो अब व्यवसाय सुरु गर्ने बेला भयो ।

बुढानिलकण्ठमा रहेको नारायण भगवानको मन्दिरलाई दाहिने पारेर गाडीलाई झण्डै १० मिनेटको उकालो चढाएपछि पुगिने यो ठाउँ प्रकृतिप्रेमीका लागि अत्यन्तै मनमोहक ठाउँ हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको मेराकीको हराभरा वातावरणले त्यहाँ पुग्ने जो कोहीको मुखबाट ‘आहा’ फुत्किहाल्छ ।

डोनाल्ड १५ वर्षदेखि नेपालका विभिन्न कम्पनीमा रहेर यही व्यवसायलाई बढावा दिइरहेका थिए । मलेसियन नागरिकक डोनाल्ट एसिया प्यासिफिक स्पा एन्ड वेलनेस काउन्सिलिङका बोर्ड सदस्य समेत हुन् ।

मनको अन्तरकुनामा बसेको त्यही व्यवसायिक सोचले डोनाल्डसँग साक्षात्कारमा अझ प्रस्ट रुप लियो । जीवनको छैठौं वसन्तको उचाइ छुनै लागेका डोनाल्डभित्र चौधरीले अनुभव देखे । व्यवसायलाई सफल बनाउने सुत्र पनि देखे । उनको सोच र योजनाबाट चौधरी प्रभावित भए ।

केही समय दुबै जनाले सल्लाह गरे र निर्णय लिए– व्यवसायालाई मूर्तरुप दिनैपर्छ । चौधरीको व्यवसायिक सोचमा डोनाल्डको अनुभव जोडियो । व्यवसायका लागि आवश्यक योजना बनाए, कागजका सेता पानाहरु योजनाले रंगिए । अनि जन्मियो ‘मेराकी रिट्रिट’ ।

सोचले मूर्तरुप लिनका लागि लोकेशन चाहिन्थ्यो । झण्डै आधा करोड जनसंख्याले भरिएको राजधानीको खाडलबाट नजिकै पनि हुने र आम मानिसको पहुँचभित्रै रहेर गुणस्तरीय सेवा पनि दिन सकिने ठाउँ थियो, बुढानिलकण्ठ । जहाँ चौधरीको आफ्नो फार्म हाउस थियो ।

डोनाल्डका अनुसार ग्राहकले २५ सयदेखि १० हजारसम्मका सेवा लिन सक्नेछन् । एकजना व्यक्तिले आधा दिनमात्रै बिताउँदा न्यूनतम ३५ सय खर्च गरे पुग्छ ।

व्यक्तिगत प्रयोजनमा मात्रै प्रयोग भइरहेको उक्त ठाउँ व्यवसायका लागि उचित हो भन्ने लाग्यो र सुरु भयो मेराकी रिट्रिटको आकार कोर्ने काम ।

बुढानिलकण्ठमा रहेको नारायण भगवानको मन्दिरलाई दाहिने पारेर गाडीलाई झण्डै १० मिनेटको उकालो चढाएपछि पुगिने यो ठाउँ प्रकृतिप्रेमीका लागि अत्यन्तै मनमोहक ठाउँ हो । १५ रोपनी क्षेत्रफलमा फैलिएको मेराकीको हराभरा वातावरणले त्यहाँ पुग्ने जो कोहीको मुखबाट ‘आहा’ फुत्किहाल्छ ।

यो ठाउँ उपयुक्त हुनुको कारण डोनाल्डले स्पष्ट पारे । पहिलो यो राजधानीदेखि नजिकै छ । जहाँ व्यस्त दैनिकीबाट थोरै समय बचाएर पनि जान सकिन्छ र अर्को हो त्यहाँको वातावरण जुन स्पा र थेरापीका लागि उपयुक्त छ ।

काठमाडौंको ठ्याक्कै शिरान बसेको यो ठाउँलाई वरिपरी हरियो जंगलले छपक्कै छोपेको छ । शान्त र हराभरा वातावरण छ । त्यसैमाथि चराचुरुंगीको आवाजले मीठास थपिदिएको छ । वरिपरी घरहरु बन्ने क्रम रहे पनि त्यसको असरलाई त्यहाँको प्रकृतिले बचाइराखेको छ ।

मेराकीमा पुरानो भवनलाई प्रयोग गरिएको छ । त्यही भवनको पछिल्तिरसँगै जोडेर नयाँ भवन ठडिएको छ । जहाँ नाइट स्टे चाहनेका लागि ८ वटा रुम छन् । २ वटा कोठालाई नेवारी र राजस्थानी झल्को आउने गरी डिजाइन गरिएको छ । कोठाभित्रै मसाज गर्ने सुविधा पनि थपिएको छ । सोही भवनको माथिल्लो तलालाई लाइब्रेरी र योगा हल छ ।

शरीरको एक थोपा रगत परीक्षण गरी सम्भावित रोगबाट पत्ता लगाइन्छ । र, सोहीअनुसारको उपचार विधि पनि अपनाइन्छ । जसका लागि तालिमप्राप्त नर्स छन् । जसलाई तपाईको शरीरलाई परीक्षण गर्छन् अनि उपयुक्त विधीका लागि सुझाव दिन्छन् ।

चारैतिर हरियालीले छपक्क छोपिएको मेराकीमा उपचारका लागि विभिन्न विधि अपनाइएको छ । शहरको धुँवा मैलोबाट आक्रान्त स्वास्थ्य सुधार्नका लागि विभिन्न प्याकेज उपलब्ध गराइएको छ ।

मेराकीमा आउने कुनै पनि व्यक्तिलाई हरसम्भव तरिकाले गुणस्तरीय सेवा दिने उद्देश्यले त्यहाँ रहँदासम्म बस्न, अध्ययन गर्न, छलफल गर्न र खानामा समेत विशेष ध्यान दिइएको छ । वेटिङ रुममा चिटिक्क र सफाचट्ट सजिएका कार्पेट, त्यसमाथि राखिएका सोफा र भित्तामा सजिएका चित्रकलाले फाइभ स्टारस्तरीय सेवाको छनक पाइन्छ । 

वेटिङ रुपबाट किचनभित्र पस्ने हो भने, भेगान र नन-भेज खानेका लागि छुट्टाछुट्टै किचनको व्यवस्था छ । त्यसभन्दा माथिल्लो तलामा सानो बार छ । जहाँ विभिन्न देशका स्वादिला वाइन र ह्विस्कीको चुस्की लिन सकिन्छ । बैठक कोठामा २० जनाका लागि आरामदायी सोफा र डाइनिङ हलमा १८ जना एकै साथ बसेर खाना खान सकिन्छ । संगीत मन पराउनु हुन्छ भने पनि काराओकेको व्यवस्था माथिल्लो तलमा छ ।

हाइपरबेरिक अक्सिजन बाथ चेम्बर कोठा छ । उक्त चेम्बरभित्र बसेर जिपर लगाएपछि अक्सिजनले चेम्बर फुल्छ । यसमा बाहिरी वातावरणमा पाइने प्रेसर र अक्सिजनको मात्राको तुलनामा ३ गुणा बढी अक्सिजन उपलब्ध हुन्छ । माउन्टेनियरिङ गर्नेमा जानेका लागि यो उपयुक्त विधि हो ।

भवनलाई बाहिरी र भित्रीरुपमा आकर्षक ढंगले सजाइएको छ । विभिन्न चित्रकला र अनेकानेक डिजाइनले जोसुकैको आँखा पनि एकलट गहिरिएर हेर्न बाध्य हुन्छन् । भवनको आन्तरिक डिजाइन गर्दा निकै ध्यान दिएर बनाइएको बुझ्न सजिएका वस्तु देख्दा बुझ्न कठीन हुँदैन् ।

मेराकी फैलिएको क्षेत्रको तल्लोपट्टी स्पा र थेरापीका लागि नयाँ भवन निर्माण गरिएको छ । जहाँ ‘हिमालयन साल्ट हेलो थेरापी’, ‘हाइपरबेरिक अक्सिजन बाथ चेम्बर’, ‘कोलोन हाइड्रोथेरापी’, ‘हाइड्रो अक्सिजन लाइफ वाथ’, ‘जेट लेग हाइड्रो मसाज’, ‘हाइड्रो थेरापी नि ट्रेनर’, ‘हट एन्ड कोल्ड थेरापी’, ‘हाइड्रोथेरापी सर्किट’, ‘हिलिङ हिट थेरापी’, ‘एआइआर साउना’, ‘अरोमा स्टिम’, ‘हमाम रेजुभेनेटर’ लगायतका सेवा उपलब्ध छन् ।

त्यतिमात्रै होइन, शरीरको एक थोपा रगत परीक्षण गरी सम्भावित रोगबाट पत्ता लगाइन्छ । र, सोहीअनुसारको उपचार विधि पनि अपनाइन्छ । जसका लागि तालिमप्राप्त नर्स छन् । जसलाई तपाईको शरीरलाई परीक्षण गर्छन् अनि उपयुक्त विधीका लागि सुझाव दिन्छन् ।

चौधरी ग्रुपका निर्देशक करण चौधरीका अनुसार १० करोड लगानी रुपैयाँमा मेराकी रिट्रिट सुरु गरिएको हो । ३ हप्तादेखि सञ्चालनमा आएको मेराकी अझैसम्म औपचारिकरुपमा सञ्चालनमा आएको छैन । अहिले ग्राहकका लागि सबै सेवामा ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

मसाज गर्न चाहनेका लागि मेराकीमा सिग्नेचर मसाज, फुट मसाज, हेड नेक सोल्जर मसाज, ल्याइमप्याटिक मसाज पनि उपलब्ध छ ।

हिमालयन साल्ट हेलो थेरापीका लागि छुट्टै कोठा छ । जहाँ साल्ट बरफ (आइस) ईंटाको आकारमा ढालेर कोठाभित्रै अर्को पर्खाल लगाइएको छ । जहाँ एउटा सानो हावा फाल्ने प्वाल छ । त्यहाँबाट फालिएको हावामा नुन मिसिन्छ । र, हाम्रो फोक्सोमा भएको विकारयुक्त पदार्थलाई नस्ट गरी फोक्सो सफा गर्ने विधि अपनाइएको छ । धुमपान गर्ने र धुलोधुवाँबाट फोक्सोमा जमेको विकारलाई सफा गर्ने यो पद्दति नेपालमा नौलो भएको मेराकीको भनाइ छ ।

‘तपाई मेराकीको सेवा लिएर फर्कदा शारीरिक र मानसिक रुपमा थकानमुक्त भएको अनुभव गर्नु हुनेछ, त्यसका लागि हामीले सेवा र सुविधालाई ध्यानमा राखेका छौं’ कम्पनीका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले बताए ।

त्यस्तै, हाइपरबेरिक अक्सिजन बाथ चेम्बर कोठा छ । उक्त चेम्बरभित्र बसेर जिपर लगाएपछि अक्सिजनले चेम्बर फुल्छ । यसमा बाहिरी वातावरणमा पाइने प्रेसर र अक्सिजनको मात्राको तुलनामा ३ गुणा बढी अक्सिजन उपलब्ध हुन्छ । माउन्टेनियरिङ गर्नेमा जानेका लागि यो उपयुक्त विधि हो ।

कोलोन हाइड्रो थेरापी खाना अपच हुने तथा समग्रमा पाचन प्रक्रियामा समस्या हुनेका लागि लक्षित छ । यो प्रविधि प्राकृतिक उपचारको नयाँ पद्दति हो । यस थेरापीमा पेट तथा विशेषगरी आन्द्रा सफा गर्न प्रयोग गरिन्छ ।

घुँडाको दुखाइ, ढाडको दुखाइ र शरीरका विभिन्न अंगमा हुने दुखाइलाई कम गर्नका लागि पानीको प्रयोग गरिएको छ । यो सेवा कोठाभित्रै पनि उपलब्ध गराइएको छ ।

त्यतिमात्रै होइन, महिलालाई लक्षित गरी ब्यूटी केयर अन्तर्गत ‘एन्टी एजिङ’ सेवा उपलब्ध छ । जसले फेस मसाजदेखि रिङकल हटाउनका लागि नयाँ प्रविधि ल्याइएको छ । त्यस्तै, फेसियल थेरापीका विभिन्न सुविधा समेत उपलब्ध गराइएको छ । मेराकीले सकेसम्म थोरै ग्राहकलाई धेरैभन्दा धेरै सेवा दिने उद्देश्य लिएको छ ।

‘धेरै ग्राहक बटुल्नेभन्दा पनि ग्राहकलाई सेवा दिनु हाम्रो उद्देश्य हो, मेराकीमा आउने ग्राहकलाई प्राकृतिक विधिद्वारा धेरैभन्दा धेरै सेवा दिइ सन्तुष्ट बनाउने हाम्रो उद्देश्य हो,’ डोनाल्डले प्रष्टाए ।

त्यसैले यदि तपाई मेराकीको यो सुविधा लिन जाँदै हुनुहुन्छ भने तपाईले पहिले नै बुक गर्नुपर्ने हुन्छ । ताकी तपाईले सही समयमा सही सेवा लिन सक्नुहोस् ।

चौधरी ग्रुपका निर्देशक करण चौधरीका अनुसार १० करोड लगानी रुपैयाँमा मेराकी रिट्रिट सुरु गरिएको हो । ३ हप्तादेखि सञ्चालनमा आएको मेराकी अझैसम्म औपचारिकरुपमा सञ्चालनमा आएको छैन । तर ग्राहकको घुईंचो भने लाग्न थालिसकेको छ । मेराकीले अहिले ग्राहकका लागि सबै सेवामा ३० प्रतिशत छुटको व्यवस्था गरेको छ ।

डोनाल्डका अनुसार ग्राहकले २५ सयदेखि १० हजारसम्मका सेवा लिन सक्नेछन् । एकजना व्यक्तिले आधा दिनमात्रै बिताउँदा न्यूनतम ३५ सय खर्च गरे पुग्छ । त्यस्तै, पूरा दिन बिताउने हो र धेरै सेवा लिने हो भने १० हजार रुपैयाँसम्म खर्चले पुग्छ ।

मेराकीमा सेवा दिनका लागि ३० जना स्टाफ छन् । ३० वर्षदेखि यो क्षेत्रमा अनुभव संगालेर खारिएका मलेसियन नागरिक डोनाल्ड नेतृत्वको टिम मेराकीमा जानेहरुलाई पूर्ण आनन्द दिन र रिफ्रेस बनाउन हरसम्भव प्रयास गरिरहेका छन् ।

‘तपाई मेराकीको सेवा लिएर फर्कदा शारीरिक र मानसिक रुपमा थकानमुक्त भएको अनुभव गर्नु हुनेछ, त्यसका लागि हामीले सेवा र सुविधालाई ध्यानमा राखेका छौं’ कम्पनीका सिनियर मार्केटिङ म्यानेजर करुण शाक्यले बताए । 

 

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार ००:००  ५ : ४२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping