बन्द रहेको सार्ककै ठूलो फूलबारी रिसोर्ट अब अन्तर्राष्ट्रिय चेन ‘म्यारियट ग्रुप’ले सञ्चालन गर्ने « Eglish Khabarhub

बन्द रहेको सार्ककै ठूलो फूलबारी रिसोर्ट अब अन्तर्राष्ट्रिय चेन ‘म्यारियट ग्रुप’ले सञ्चालन गर्ने


५ आश्विन २०७६, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । बन्द अवस्थामा रहेको दक्षिण एशियाकै ठूलो ‘फुलबारी रिसोर्ट’ पुनः सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन लागेको हो ।

सरकारले पनि पर्यटन वर्ष २०२० मनाइरहेको अवस्थामा यो रिसोर्ट पुनः सञ्चालनमा ल्याएर राम्रो सन्देश दिन खोजेपछि डेढ वर्षदेखिको व्यूँताउने प्रयास सफल भएको हो ।

सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको व्यवसायी पियुसबहादुर अमात्यले पोखरामा ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने थिममा फूलबारी रिसोर्ट खोलेका थिए । रिसोर्ट ४ सय रोपनी जग्गामा फैलिएको थियो । रिसोर्टमा १ सय ६५ कोठा थिए ।

‘अहिले लाग्ने ६० करोडजति खर्च म आफैं गर्छु, त्यसपछि सञ्चालनको जिम्मा म्यारियटलाई दिन्छु,’ अमात्यले सुनाए, ‘म्यारियट आएपछि रिसोर्ट गज्जपले चल्छ भन्ने विश्वास छ ।’

माओवादी द्धन्द्धको प्रभावले थलिएको रिसोर्ट २०६२/६३ को परिवर्तनपछि भएको मजदुर आन्दोलन थेग्न नसकेर बन्द भएको थियो । खासगरी माओवादी निकट मजदुर संगठनको अराजक व्यवहारले रिसोर्टका सञ्चालक पियुसबहादुर अमात्य सार्ककै नमूना रिसोर्ट बन्द गर्न बाध्य भएका थिए ।

फुलबारी रिसोर्टमा २ वटा बैंक र कर्मचारी सञ्चयकोषको सावाँ र ब्याज गरी २ अर्ब ८० करोड रुपैयाँ असूल गर्नुपर्ने छ । म्यारियट समूहले सञ्चालन गर्ने शर्तमा होटेलको रिनोभेसन गर्न लागिएको छ । त्यसका लागि बैंकहरुले पनि सहयोग गरेका छन् ।

नेपाल बैंकको कन्सोल्टियम लिडमा राष्ट्रिय वाणिज्य बैंक र कर्मचारी सञ्चय कोषले रिसोर्टमा २०५३ सालमा १ अर्ब ३१ करोड रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल बैंकले ६५ करोड र वाणिज्य बैंकले ३५ करोड रुपैयाँको ऋण लगानी गरेका थिए । बाँकी रकम सञ्चय कोषले लगानी गरेको थियो ।

‘पियुसजीले विदेशी साझेदार ल्याएर फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहनु भएको छ,’ राष्ट्रिय वाणिज्य बैंकका सीइओ किरणकुमार श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘हामी बैंकहरुले पनि उहाँलाई सहयोग गरेका छौं । सबै कुरा टुंगिसकेका छन् । असोज महिनाभित्रै औपचारिकरुपमा सम्झौता हुन्छ ।’

रिसोर्ट सञ्चालन हुन नसकेपछि सञ्चालक अमात्यले ऋण तिर्न सकेनन् । उनी बैंकहरुको खराब ऋणीको सूचिमा परिसकेका छन् ।

विदेशी साझेदार ल्याएर रिसोर्ट पुनः सञ्चालन गर्ने प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए ।

‘बैंकको ऋणका विषयमा एक किसिमको समझदारी भइसकेको छ, २/४ दिनमै औपचारिक सम्झौता हुन्छ,’ अमात्यले क्लिकमाण्डूसँग भने, ‘अब अन्तर्राष्ट्रिय चेन म्यारियटले रिसोर्ट सञ्चालन गर्छ । र, रिसोर्ट पहिलेको भन्दा पनि राम्रो भएर आउँछ ।’

म्यारियटले कमिटमेन्ट बुझाउनु भनेको आफैंमा ग्यारेन्टीजस्तै भएको उनको भनाई थियो ।

राष्ट्रिय वाणिजय बैंकका सीइओ किराणकुमार श्रेष्ठले पनि पियुसबहादुरसँग ऋण पुनसंरचना र रिसोर्ट सञ्चालनका विषयमा सैद्दान्तिक सहमति भइसकेको र औपचारिकरुपमा सम्झौता हुने अन्तिम तयारी भइरहेको जानकारी दिए ।

‘पियुसजीले विदेशी साझेदार ल्याएर फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहनु भएको छ,’ राष्ट्रिय वाणिज्य बैंकका सीइओ श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘हामी बैंकहरुले पनि उहाँलाई सहयोग गरेका छौं । सबै कुरा टुंगिसकेका छन् । असोज महिनाभित्रै औपचारिकरुपमा सम्झौता हुन्छ ।’

ऋणको ७.५ प्रतिशत औषत ब्याजदरमा पुनः मूल्यांकन गर्ने र यसरी मूल्यांकन गर्दा डेढ अर्ब रुपैयाँ जति हुन आउने उनलेे बताए ।

‘ब्याजलाई ‘फ्रिज’ गरेर राख्ने र १० वर्षसम्म सावाँको किस्ता लगातार तिरेपछि त्यसपछि के कति ब्याज मिनाहा दिन सकिन्छ दिएर रिसोर्टलाई सहयोग गर्नेगरी समझदारी बनेको छ,’ श्रेष्ठले भने, ‘तर १० वर्षसम्म नियमित किस्ता आएन भने मुद्दा फेरि व्यूँतिन्छ । अहिलेको सम्झौता भनेको रिसोर्ट सञ्चालकलाई दिइएको सहयोग हो ।’

फ्रिज गरिएको ब्याजमा २ प्रतिशतभन्दा कम ब्याज लिने र सावाँमा चाहीँ अहिलेको चलनचल्तीको ब्याज लिने सहमति तयार भएको छ ।

तर, रिसोर्ट पुन सञ्चालन गर्नका लागि सञ्चालक अमात्यले टोकन मनिको रुपमा बैंकलाई अहिले २० करोड रुपैयाँ तिर्नुपर्ने हुन्छ । र, रिनोभेसन (पुनःसंरचना)का लागि ४० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ ।

‘अहिले लाग्ने ६० करोडजति खर्च म आफैं गर्छु, त्यसपछि सञ्चालनको जिम्मा म्यारियटलाई दिन्छु,’ अमात्यले सुनाए, ‘म्यारियट आएपछि रिसोर्ट गज्जपले चल्छ भन्ने विश्वास छ ।’

स्रोतका अनुसार बैंकलाई टोकन मनि र रिसोर्टको रिनोभेसनमा पनि म्यारियटले केही लगानी गर्ने भएको छ । उक्त रिसोर्ट सञ्चालनमा आएकै दि नदेखि त्यसको सञ्चालन र व्यवस्थापनको जिम्मा पनि म्यारियटले नै लिने छ । रिसोर्ट सञ्चालन गरेर आएको आम्दानीको निश्चित प्रतिशत रकम मात्रै सञ्चालक पियुस बहादुर अमात्यले पाउने छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला होटलको ऋणको ब्याज मिनाह गर्ने तयारी भएको थियो । तर, विरोधपछि त्यो हुन सकेन ।

‘रुग्ण उद्योगहरुलाई बैंकले सहुलियत दिएर पुनः सञ्चालनमा आउने वातावरण मिलाउनुपर्ने व्यवस्था छ, त्यसैले हामीले पुनः सञ्चालनमा ल्याउनका लागि सहयोगी भूमिका खेलेका हौं,’ सीइओ श्रेष्ठले सुनाए, ‘हामीले धेरै डुबेका ब्यवसायीहरुसँग यस्तै मोडेलमा पुनउत्थानको काम गरिरहेका छौं ।’

रिसोर्ट सुरु गर्ने व्यवसायी अमात्य दरबारनिकट थिए। खर्चालु पर्यटक ल्याउन अमात्यले शरु गरेको फुलबारी रिसोर्ट सुरुका केही वर्ष राम्रोसँग चल्यो । सञ्चालक अमात्यले रिसोर्टबाट बाट मनग्गे पैसा पनि कमाए ।

तर बिडम्बना खानदानी व्यवसायी अमात्यको डाउनफल पनि बन्यो त्यही फुलबारी रिसोर्ट ।

राजा र राजपरिवारका व्यक्ति विदेशमा जाँदा व्यक्तिगतरुपमा डलर व्यवस्थापन गर्ने सक्ने हैसियत समेत भएका अमात्यको परिचयमा फुलबारीको असफलताले बैंक डिफल्टरका रुपमा खराब चरित्रको परिचय थपिदियो । जीवनको धेरै कालखण्डमा सफल उनी उत्तरार्धमा आइपुग्दा असफलताको ट्याग लिन बाध्य भएका छन् ।

अमात्यले सुरु गरेका अरु व्यवसाय समेत सफल भएनन् । त्रिचन्द्र क्याम्पसमा अध्यापन समेत गर्ने गरेर अमात्य खराब गुरुको रुपमा परिणत भए ।

सन् १९९९ मा काठमाडौंबाट नयाँ दिल्ली गएको इन्डियन एयरलाइन्सको जहाज आंतकारीले अपहरण गरे । त्यसपछि नेपालमा नै भित्रने पर्यटकको संख्या घट्यो । जसको सोझो मार फूलबारी पनि पर्यो ।

त्यसको केही समयपछि दरबार हत्याकाण्ड भयो । तत्कालिन राजा बिरेन्द्रसहित परिवारका सदस्यहरु मारिए । सशस्त्र द्वन्द्वमा रहेको माओवादी पहिलो पटक वार्तामा आएपनि वार्ता सफल भएन । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा संकटकाल लगाए ।

खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य

राजनीतिको माहोल बिग्रँदै गएपछि विदेशी पर्यटकको संख्या घट्दै गयो । जसको असर महंगा पर्यटक भित्र्याउन खोलिएको फुलबारी रिसोर्टमा पर्यो ।

अमात्यले सुरु गरेका अन्य व्यवसाय बियर या स्टिलको व्यवसाय समेत सफल भएनन् ।

‘अमात्यको शक्ति भनेको दरबार थियो, दरबार नै शक्तिबिहीन भएपछि उनले व्यवसायलाई चलाउन सकेनन्,’ अमान्यसँग नजिक रहेका एक व्यवसायी भन्छन्, ‘बैंकसँग नेगोसिएसनमा गएर, कर्मचारी व्यवस्थापन गरेपछि होटल चल्न सक्ने थियो, अमात्य रुग्ण उद्योगमा पारेर सुविधा लिने खेलमा लागे जसले गर्दा होटल सञ्चालन नै हुन सकेन ।’

तर, स्तरीय पर्यटक भित्र्याउन सुरु गरेको फुलबारी रिसोर्टका लागि पर्यटकको संख्या बढ्दा पनि व्यवस्थापन गर्न समस्या भयो । माओवादी शान्ति प्रक्रियामा आएपछि उद्योग तथा प्रतिस्ठानमा श्रमिक आन्दोलन अत्यधिक चर्किए । जसको असर फुलबारी रिसोर्टमा समेत पर्यो ।

अवस्था यतिसम्म खराब आयो कि पर्यटकले महंगो रकम तिरेर होटलमा गएपनि सामान्य सेवा सुविधा नै पाएनन् ।

‘अमात्यले सही उद्देश्यले सुरु गरेको कम्पनी खराब अवस्थाका कारणले सञ्चालन नै गर्न सकेनन्’ एक होटल व्यवसायीले सुनाउँछन्।

गलत समयसँगै व्यवस्थापनको कौशल समेत अमात्यमा देखिएन् । फलस्वरुप उनले बैंकबाट लिएको ऋण समेत तिर्न सकेनन् । मजदुर समस्याको व्यवस्थापन समेत भएन ।

अवस्था यतिसम्म खराब भइदियो कि होटलले कर्मचारी र कामदारलाई नियमित तलब समेत पाउन सकेनन् । कर्मचारीलाई होटल व्यवस्थापनले अवकास दिएको छ ।

सबै कर्मचारीलाई अवकास दिएपछि होटल नयाँ ढंगले सञ्चालन हुने अनुमान भएपनि त्यो हुन सकिरहेको थिएन । रिसोर्ट बन्द भएको नै अहिले २ वर्षभन्दा बढी भइसक्यो ।

अमात्यले विभिन्न खालका प्रस्ताव ल्याएर लिलामी प्रक्रिया भने रोक्न दिनसम्म सफल भए ।

होटल आफैपनि सञ्चालन गर्न सक्ने अवस्थामा नभएको होइन । रिसोर्टले ओगटेको जग्गाको मूल्य हिसाब गर्दा पनि ४ अर्ब रुपैयाँभन्दा बढी हुन्छ । अमात्यसँग ऋण त जम्मा पौने ३ अर्ब रुपैयाँ मात्रै छ ।

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार ००:००  २ : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping