काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संसोधनको पक्षमा तीन उपाध्यक्ष सहित पदाधिकारीले पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
महासंघका जिल्ला नगर उपाध्यक्ष किशोर प्रधान,एशोसियटका उपाध्यक्ष चन्द्र ढकाल,वस्तुगतका उमेशलाल श्रेष्ठ सहित महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष भाष्करराज कर्णिकार समेत पत्रकार सम्मेलनमा उपस्थित थिए ।
महासंघले आगामी कात्तिक २९ गते विधान संशोधनको लागि विशेष साधारणसभा बोलाएको छ । साधारणसभाले अहिलेको बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा अध्यक्ष बन्नुपर्ने हुन्छ ।
अघिल्लो पटक विधान संशोधन गरेर बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने प्रावधान अनुसार नै भवानी राणा निर्वाचन नलडेर नै अध्यक्ष बनेकी थिइन् । त्यो बेला बरिष्ठ उपाध्यक्षको लागि निर्वाचन भएको थियो । जसमा शेखर गोल्छा अध्यक्ष चुनिएका थिए ।
महासंघका पूर्व अध्यक्ष तथा अहिले विशिष्ट सदस्य रहेका चण्डीराज ढकालको संयोजकत्वमा गठन भएको विधान संसोधन समितिले महासंघमा बरिष्ठ उपाध्यक्षलाई स्वत अध्यक्ष बनाउने विधान परिवर्तन गरेर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने तथा जिल्ला नगरमा दुईवटा उपाध्यक्ष बनाउने र एशोसियटको मतभार ३० प्रतिशतबाट २५ प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ ।
महासंघको अहिलेको विधानमा जिल्ला नगरको मतभार ५० प्रतिशत,एशोसियटको ३० प्रतिशत र वस्तुगतको २० प्रतिशत छ । चण्डीराज ढकालको प्रस्तावमा गोल्छा बलियो भएको एशोसियटको नै मतभार घटाउने प्रस्ताव गरिएको छ ।
केही दिन अगाडि महासंघका सातजना पूर्व अध्यक्षहरुले विधान संसोधनका लागि सुझाव पठाउदै अर्को कालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्नुपर्ने सुझाव दिएका थिए ।
पूर्व अध्यक्षहरुको सुझावमा विधान संसोधन आवश्यक रहेको र अध्यक्षको प्रत्यक्ष निर्वाचन अर्को पटकदेखि गर्नुपर्ने उल्लेख थियो ।
व्यक्तिलाई केन्द्रित गरेर विधान संशोधन गर्दा महासंघको अस्तित्व सकिने छ: कुशकुमार जोशी
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले क्लिकमाण्डूसँगको कुराकानीमा व्यक्तिलाई हेरेर विधान संशोधन भए महासंघको अस्तित्व सकिने बताएका थिए ।
SHARE YOUR THOUGHTS