चन्द्र फकाउँदै शेखरले भने- बरिष्ठ उपाध्यक्ष हुँदा मलाई धेरै दुःख दिइयो, तपाईंलाई दुःख हुन दिन्न « Eglish Khabarhub

चन्द्र फकाउँदै शेखरले भने- बरिष्ठ उपाध्यक्ष हुँदा मलाई धेरै दुःख दिइयो, तपाईंलाई दुःख हुन दिन्न


१७ मंसिर २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यसै साता सम्पन्न निर्वाचनमा स्वत अध्यक्ष बन्ने निश्चित भएका शेखर गोल्छाले चुनावमा बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधानको टिमलाई आफ्नो टिम भन्दै भोट माग्दै हिँडे ।

निर्वाचनमा गोल्छाले समर्थन गरेका प्रधान हारे । गोल्छाले हराउन लागेका चन्द्र ढकालले चुनाव जिते ।

चुनावअघि गोल्छा र ढकालले सार्वजनिकरुपमै एकअर्काप्रति असन्तुष्टि र आक्रोश पोखेका थिए ।

तर चुनावी परिणामले गोल्छा र ढकाललाई सँगसँगै मिलेर हिँड्ने प्रष्ट सन्देश दियो ।

चुनावपिछ गोल्छा र ढकाल एकले अर्कालाई विश्वास गरेर कसरी अघि बढ्लान् भन्ने चासो आम निजी क्षेत्रलाई थियो । चुनावी इगोले महासंघ अझ कमजोर बन्ने हो कि भन्ने चिन्ता पनि उस्तै थियो ।

तर, महासंघ अध्यक्ष गोल्छाले चुनावमा मतदाताले दिएको सन्देशलाई पहिलो पदाधिकारी बैठकमै सम्बोधन गरेका छन् । र, बरिष्ठ उापध्यक्षमा निर्वाचित भएका ढकाललाई विगतमा आफूले पाएको जस्तो कुनै पनि दुख हुन नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष शेखर गोल्छाले बरिष्ठ उपाध्यक्ष ढकाललाई विश्वासमा लिएर अघि बढ्ने रणनीति अपनाएका छन् । जुन स्वागतयोग्य छ ।

पहिलो कार्यसमितिको बैठकलाई सम्धोन गर्दै गोल्छाले भने- ‘जब म बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएँ, विधानअनुसार म अर्को कार्यकालका लागि स्वत अध्यक्ष पनि निर्वाचित भइसकेको थिएँ । तर एउटा स्वार्थ्य समूहले विधान संशोधन गरेर स्वत अध्यक्ष बन्न नदिने षड्यन्त्र गरेर कार्यकालभरी ठूलो मानसिक यातना दियो । बरिष्ठ उपाध्यक्ष हुँदा मैले जे जस्तो दुःख पीडा भोग्नु पर्यो, चन्द्रजीलाई त्यस्तो पीडा हुन दिन्न । म चन्द्रजीलाई स्वत अध्यक्ष बनाएरै छाड्छु ।’

गोल्छाले यस्तो भावनात्मक भाषण गर्दा बैठकमा उपस्थित पदाधिकारी तथा कार्यकारीण सदस्यहरुले ताली बजाए ।

‘मेरो टाउकोमाथि विधान संशोधनको तरबार झुन्ड्याइयो, विभिन्न ठाउँमा गएर ६ महिनामै विधान संशोधन गरेर हटाउँछु भनियो, मोवाइलमा म्यासेज गरेर टर्चर दिइयो, सामाजिक सञ्जालबाट पनि टर्चर दिइयो,’ गोल्छाले भने, ‘विधानअनुसार अध्यक्ष निर्वाचित भएपनि मैले अध्यक्ष बन्न धेरै दुःख–कष्ट भोग्नुपर्यो, सँधैभरीमा नसिक यातनामात्रै पाएँ, म चन्द्रजीलाई कुनैपनि हालतमा त्यस्तो दुःख भोग्ने अवस्था आउन दिन्न ।’

महासंघको विधानमा धेरै कुराहरु संशोधन गर्नुपर्ने आवश्यकता रहेको गोल्छाले दोहोर्याए ।

दोस्रो ‘चण्डीराज’का रुपमा महासंघमा पशुपति मुरारकाको ‘इन्ट्री’, रोकिएला त चरम गुटबन्दी ?

‘हाम्रो विधानमा विद्यमान धेरै विषयहरु संशोधन गर्नुपर्ने छन्, हामी चाँडै नै कमिटि बनाएर विधान संशोधन गर्छौं,’ उनले भने, ‘बरिष्ठको विषयमा दायाँबायाँ केही पनि हुन दिँदैनौं । अबको अध्यक्ष चन्द्रजी नै हो ।’

गोल्छाले यस्तो भाषण गरिरहँदा बरिष्ठ उापध्यक्ष चन्द्र ढकालको मुस्कुराइरहेका थिए ।

यसरी ढकाललाई विश्वासमा लिने प्रतिवद्धता जनाइसकेपछि अध्यक्ष गोल्छाले महासंघको विशिष्ट सदस्यमा पशुपति मुरारकाको नाम प्रस्ताव गरे ।

मुरारकाको नाम प्रस्ताव गर्दा फ्लोरबाट विरोधका आवाजहरु घन्किन्छन् कि भन्ने गोल्छाको मनमा शंका थियो । तर कसैले विरोध गरेनन् । अधिकांशले ताली बजाएर स्वागत गरे ।

यतिसम्म कि मुरारकालाई विशिष्ट सदस्य बनाउने गोल्छाको प्रस्तावलाई बरिष्ठ उपाध्यक्ष ढकालले पनि ताली बजाएर समर्थन जनाएका थिए ।

त्यसपछि गोल्छाले कोषाध्यक्ष चयनको निर्वाचन आजै गर्ने भनेर प्रस्ताव गरे । बैठकमा उपस्थित ४/५ जनाले आज संभव छैन भन्दै विरोध गरे । यसरी फ्लोरबाट विरोध भएपछि गोल्छाले पुलुक्क बरिष्ठ उपाध्यक्ष ढकालतिर हेरे ।

ढकालले फ्लोरबाट आज नगरौं भन्ने आवाज आएको छ, भोलि गरौं न भने । गोल्छाले ढकालको कुरा माने । र, घोषणा गरे, ‘कोषाध्यक्षको चुनाव भोलि १२ बजे गरौं ।’

यो प्रस्तावमा सबैले चित्त बुझाए ।

‘शेखरजीले चन्द्रजीको अस्तित्व सहर्स स्वीकार गरे, मसँग बहुमत छ आफूले चाहेको निर्वाण् गराउन सकिहाल्छु भन्ने तरिकाले प्रस्तुत भएनन्,’ बैठकमा उपस्थित एक कार्यकारीणी सदस्यले क्लिकमाण्डूसँग भने, ‘पहिलो बैठकमै चन्द्रलाई विश्वासमा लिन खोजे र कोषाध्यक्षको निर्वाचन भोलि गरौं भन्ने चन्द्रको प्रस्ताव पनि मानिदिएर आगामी दिनमा एकतावद्ध भएर अघि बढ्ने प्रष्ट संकेत गरे ।’

सोमबार भएको कोषाध्यक्षको निर्वाचनमा ढकाल पक्षबाट डीबी बस्नेत र गोल्छा पक्षबाट शुकुन्तलाल हिराचनले उम्मेद्वारी दिए । गोल्छा पक्षका हिराचन ४० मत ल्याएर निर्वाचित भए भने ढकाल पक्षका बस्नेतले ३१ मत मात्रै ल्याए ।

‘अब चुनावी इगो समाप्त भयो, हामी सबै एक भएर सबल र सुदृढ निजी क्षेत्र बनाउन एक भएर अघिबढ्छौं,’ ती सदस्यले भने ।

यसै साता अध्यक्ष गोल्छाले नवनिर्वाचितहरुलाई रिट्रिट लैजाँदैछन् । जहाँ गोल्छाले तयार पारेको महासंघको दीर्घकालीन भिजन पेपरका बारेमा गहन छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७७, बुधबार ००:००  ७ : ३१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping