कोकाकोलामा दोहोरियो एनसेल प्रकरण: ११ अर्बभन्दा धेरै कर तिर्नुपर्ने, यस्तो छ नालीबेली « Eglish Khabarhub

कोकाकोलामा दोहोरियो एनसेल प्रकरण: ११ अर्बभन्दा धेरै कर तिर्नुपर्ने, यस्तो छ नालीबेली


३ पुस २०७७, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं ।  एनसेलले पूँजीगत लाभकर तिर्नुपर्ने गरी सर्वाेच्च अदालतले फैसला गरेको एक वर्ष नपुग्दै अर्काे बहुराष्ट्रिय कम्पनी कोकाकोलाको उस्तै प्रकारको बदमासी सार्वजनिक भएको छ ।

नेपालमा कोकाकोला, स्प्राइट, फेन्टालगायतका हल्का पेय पदार्थ उत्पादन गर्दै आइरहेको बोटलर्स नेपाल लिमिटेडको साहू (स्वामित्व) फेरबदल हुँदा नियमानुसार तिर्नुपर्ने पूँजीगत लाभ कर छली भएको हो ।

पूँजीगत लाभकर छलीको आशंकामा राजस्व अनुसन्धान विभागले २३ मंसिरमा बोटलर्स नेपाल लिमिटेडको कार्यालयमा छापा मार्दै आवश्यक कागजात नियन्त्रण लिएको छ ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले बोटलर्स नेपाल लिमिटेडको कार्यालयबाट कागजात नियन्त्रण लिएको पुष्टि गर्दै अनुसन्धान अघि बढिसकेको बताएका छन् ।

अर्बौं कर छली गरेको भन्दै कोकाकोलामा राजस्वको छापा, कागजात नियन्त्रणमा लिएर अनुसन्धान

‘हामीले प्राप्त सूचनाका आधारमा बोटलर्स नेपालको कार्यालयबाट केही कागजात नियन्त्रणमा लिएका छौं,’ महानिर्देशक मैनालीले क्लिकमाण्डूसँग भने, ‘विषय अनुसन्धानकै क्रममा रहेकाले थप केही भन्न मिल्दैन ।’

राजस्व चुहावट तथा नियन्त्रण ऐनअनुसार कारबाही अगाडि बढाइएको विभागलाई ९ महिनाभित्रै अनुसन्धान सम्पन्न गर्नुपर्ने चुनौति छ । मैनाली यथासक्य चाँडै अनुसन्धान सम्पन्न गरी दोषी पाइए मुद्दा दायर गरिने बताउँछन् ।

६ वर्ष पहिला बोटलर्स नेपालको स्वामित्व साउथ अफ्रिकन व्यवसायीबाट दि कोकाकोला कम्पनीमा जाँदा नेपाल सरकारलाई बुझाउनु पर्ने अर्बौं पूँजीगत लाभकर छली भएको गोप्य सूचनाका आधारमा विभागले अनुसन्धान शुरु गरेको हो ।

स्रोतका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा गढबढी देखिएपछि विभागले बोटलर्स नेपालको कार्यालयमा छापा मार्दै कागजात नियन्त्रणमा लिएको हो ।

यस्तो थियो घटना

बोटलर्स नेपाल लिमिटेड कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्वरमा दर्ता कम्पनी हो । १९ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीमा ७६.१७ प्रतिशत शेयर दुबईमा दर्ता कोकाकोला सप्को एशिया (साउथ अफ्रिकन बोटलिङ कम्पनी), २२ प्रतिशत सेयर गोर्खा बु्रअरी र १.८४ प्रतिशत सेयर नेपाली सर्वसाधारणको थियो ।

यो कर छली प्रकरणको शुरुवात हुन्छ, नेपालमा कोकाकोला उत्पादक कम्पनी बोटलर्स नेपालमा ७६.१७ प्रतिशत सेयर स्वामित्व रहेको साउथ अफ्रिकन बोटलिङ कम्पनी कोकाकोला सप्को एसियाको सेयर खरिद बिक्री प्रकरणबाट ।

एनसेल प्रकरणमा जस्तै यो प्रकरणमा पनि नेपालमा सेयरको खरिद बिक्री भएको छैन । तर नेपाली कम्पनीमा ७६.१७ प्रतिशत सेयर भएको कम्पनी खरिद बिक्री भएको छ ।

कोकाकोला सब्को एशियाको सेयरको मूल्य बढ्नु वा घट्नुमा नेपालको व्यवसायको ठूलो भूमिका हुन्छ । त्यसैले, कोकाकोला सप्को एसियाको सेयर कारोबार दुबईमा भएपनि नेपालमा पूँजीगत लाभ कर लाग्ने ब्याख्या एनसेल प्रकरणमा सर्वाेच्च अदालतले गरेको छ ।

साउथ अफ्रिकन कम्पनी गुत्शे परिवार लगानी लिमिटेडले कोकाकोला सप्को एशियामार्फत् नेपालमा लागानी गरेको थियो । २०६१ सालमा नेपालको पेय पदार्थ व्यवसायमा कोकाकोला सप्को एशियामार्फत् प्रवेश गरेको गुत्शे परिवार लगानी लिमिटेडले २०७१ सालमा बाहिरियो ।

२०७१ साल मंसिरमा गुत्शे परिवार लगानी लिमिटेडले दुबईमा दर्ता कम्पनी कोकाकोला सप्को एसिया द कोकाकोला कम्पनी, एटलांटा, अमेरिकालाई बिक्री गर्यो । जसको प्रभाव, नेपालको कोकाकोला व्यवसायमा गुत्शे परिवारको लगानी लिमिटेडको नियन्त्रणबाट दि कोकाकोला कम्पनीमा सरेको थियो ।

कागजीरुपमा नेपालको कम्पनी रजिष्ट्रार कार्यालय बोटलर्स नेपाल लिमिटेडको ७६.१७ प्रतिशत सेयरको सेयरधनी कोकाकोला सब्को एशिया नै भए पनि वास्तविक लगानीकर्ता र सेयरधनी फेरिएका थिए ।

यसरी कुनै पनि कम्पनीमा सेयरधनी र लगानीकर्ता परिवर्तन हुँदा आयकर ऐनअनुसार स्वामित्व परिवर्तन भएको मानिने हुँदा पूँजीगत लाभ कर लाग्ने गर्छ ।

कम्पनीको सेयरको प्राथमिक मूल्य वा आफूले किन्ता तिरेको मूल्यभन्दा माथि बिक्री गर्दा सेयर बिक्री गरेको व्यक्तिलाई जे–जति पूँजीगत लाभ हुन्छ, त्यसको २५ प्रतिशत राज्यलाई पूँजीगत लाभकरका रुपमा तिर्नुपर्ने हुन्छ ।

मानौं तपाईंले कुनै ‘ए’ भन्ने कम्पनीको सेयर १०० रुपैयाँमा किन्नुभयो । र, कुनै समय १००० रुपैयाँमा बिक्री गर्नुभयो भने तपाईंले ९०० रुपैयाँ पूँजीगत लाभ गर्नुभयो । उक्त ९०० रुपैयाँको २५ प्रतिशत् अर्थात् २२५ रुपैयाँ राज्यलाई पूँजीगत लाभकर वापत तिर्नुपर्छ ।

राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा दि कोकाकोला कम्पनीले कोकाकोला सब्को एशियालाई १६ अर्ब रुपैयाँमा खरिद गरेको देखिएको छ । विभागका अधिकारीहरु कम्पनीलाई वास्तविक कारोबार मूल्य पेश गर्न समय दिइने बताउँछन् ।

दुबईमा दर्ता कागजी कम्पनी भएकाले कोकाकोला सब्को एशियाकोे मूल्य नेपालको व्यवसायका कारण सिर्जना हुन्छ । कुनै पनि कम्पनीको सेयरधनी परिवर्तन हुदाँ नियमानुसार नेपालका सरकारी निकायलाई जानकारी दिनु पर्दथ्यो ।

बोटलर्स नेपाल लिमिटेड, कोकाकोला सप्को एशिया र दि कोकाकोला कम्पनी कसैले पनि नेपाल सरकारलाई सेयरखरिद बिक्रीको जानकारी दिएनन् । तर, कतिसम्म गरियो भने बोटलर्स नेपाल लिमिटेडको सेयरधनी कोकाकोला सब्को एशियाको नाम परिवर्तन भएको भन्दै कम्पनी रजिष्ट्रार कार्यालयमा सेयरधनीको नाम साउथ बेष्ट एशिया होल्डिङ लिमिटेड कायम गरिएको थियो ।

नेपालका सरकारी निकायले कम्पनीको नाम परिवर्तनमात्र भएको हो वा सेयरधनी नै परिवर्तन भएको हो भन्ने विषयमा चासो नदेखाउँदा सरकारले पूँजीगतलाभ कर उठाउन सकेन ।

६ वर्षसम्म गुपचुप रहेको सेयर खरिदबिक्री प्रकरण राजस्व अनुसन्धान विभागको छानबिनले बाहिर आएको छ । बोटलर्स नेपाल लिमिटेड, बोटलर्स नेपाल (तराई) लिमिटेड र ट्रोइका ट्रेडर्स प्रालि गरी ३ कम्पनी कोकाकोला सप्को एशियाको नियन्त्रणमा थिए । अब ३ वटै कम्पनीको स्वामित्व साउथ बेष्ट एशिया होल्डिङ लिमिटेडमा गएको छ ।

१२ करोड १० लाख रुपैयाँ चुक्ता पूँजी रहेको बोटलर्स नेपाल (तराई)को ९०.७८ प्रतिशत सेयर स्वामित्व बोटलर्स नेपाल लिमिटेडको नाममा छ । र, बाँकी ९.२२ प्रतिशत सेयर सर्वसाधारण सेयरधनीको रहेको छ । त्यस्तै, बोटलर्स नेपाल लिमिटेडले ७ लाख ५० हजार रुपैयाँ पूँजी रहेको ट्रोइका ट्रेडर्स प्रालि नामको अर्काे ट्रेडिङ कम्पनी पनि दर्ता गरेको छ ।

बोटलर्स नेपाल, बोटलर्स नेपाल (तराई) र ट्रोइका ट्रेडर्स प्रालि गरी ३ कम्पनीमा नियन्त्रण कायम गर्न दि कोकाकोला कम्पनीले दुबईमा दर्ता कोकाकोला सब्को एसियाको सेयर खरिद गरेको हो । र, दि कोकाकोला कम्पनीले कोकाकोला सप्को एशियाको ठाउँमा साउथ बेष्ट एसिया होल्डिङ लिमिटेड नामको कम्पनीबाट नेपालमा व्यवसाय सञ्चालन गरिरहेको छ ।

दुबईमा दर्ता भएको कम्पनीको सेयर खरिदबिक्री हुँदा पनि नेपालको व्यसायमा स्वामित्व परिवर्तन भएकाले नेपाल सरकारलाई नियमानुसार पूँजीगत लाभ र बुझाउनुपर्ने एनसेल प्रकरणमा सर्वाेच्च अदालतले गरेको फैसलामा उल्लेख छ । त्यसैले यस प्रकरणमा पनि पूँजीगत लाभकर लाग्ने राजस्व अनुसन्धान विभागका अधिकारीहरु बताउँछन् ।

११ अर्ब बढी कर लाग्ने

राजस्व अनुसन्धान विभागको प्रारम्भिक अनुसन्धानमा दि कोकाकोला कम्पनीले कोकाकोला सब्को एशियालाई १६ अर्ब रुपैयाँमा खरिद गरेको देखिएको छ । विभागका अधिकारीहरु कम्पनीलाई वास्तविक कारोबार मूल्य पेश गर्न समय दिइने बताउँछन् ।

विभागका एक अधिकारीले भने, ‘कम्पनी आफैँले कारोबार मूल्य पेश नगरे सेयरखरिद बिक्रीको अवधिको वित्तीय विवरणका आधारका कम्पनीको मूल्यांकन गर्दै कारोबार मूल्य निर्धारण गर्नेछौं ।’

आयकर ऐनको दफा ९५ मा सेयर खरिद बिक्रीबाट हुने आम्दानी २५ प्रतिशत पूँजीकर लाभकर लाग्ने व्यवस्था छ । कम्तीमा १६ अर्ब रुपैयाँलाई लाभ गणना गर्दा बोटलर्स नेपालले ४ अर्ब रुपैयाँ पूँजीगतलाभ कर बुझाउनुपर्ने देखिन्छ ।

कर छली गरेको वर्ष आर्थिक वर्ष २०७१/७२ मा बोटलर्स नेपाल निजी क्षेत्रका संस्थामा उत्कृष्ट वित्तीय विवरण बनाउने कम्पनीमा तेस्रो भई सम्मानित भएको थियो । त्यसपछिका हरेक वर्ष आइक्यानले बोटलर्स नेपाललाई उत्कृष्ट वित्तीय विवरण बनाएको भन्दै सम्मान गरेको छ ।

आयकर ऐनअनुसार कुनै पनि कारोबारको स्वघोषणा गर्नुपर्ने व्यवस्था छ । तर, बोटलर्सले स्वघोषणा नगरेकाले आयकर ऐनअनुसार नै १०० प्रतिशत थप शुल्क पनि लाग्नेछ । आयकर ऐनअनुसार कुनै पनि कर समयमा नबुझाउँदा करको १५ प्रतिशत ब्याज पनि लाग्ने गर्छ । जसअनुसार बोटलर्स नेपालले अन्तिम कर निर्धारण भएका दिनसम्मको ब्याज बुझाउनु पर्छ ।

४ अर्ब रुपैयाँलाई पूँजीगत लाभकर मान्दा पनि बोटलर्सले वार्षिक ६० करोड रुपैयाँ ब्याज बुझाउनु पर्नेछ । सेयर खरिदबिक्री ६ वर्ष पहिला नै भएकाले बोटलर्स नेपालले ३ अर्ब ६० करोड रुपैयाँभन्दा बढी ब्याज मात्रै बुझाउनु पर्ने विभागका अधिकारी बताउँछन् ।

अनुसन्धानको प्रारम्भिक चरणमा कर, शुल्क र ब्याज गरी बोटलर्सले सरकारलाई ११ अर्ब रुपैयाँभन्दा बढी रकम बुझाउनुपर्ने देखिएको अनुसन्धानमा संलग्न अधिकारीहरुको दाबी छ ।

सम्मान उत्कृष्टको तर वास्तविकता कर छलीको

अझ रोचक त के भने सेयर खरिदबिक्री गर्दा पूँजीगत लाभकर छली गरेकै वर्ष नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) बोटलर्स नेपाल लिमिटेडको वित्तीय विवरण उत्कृष्ट भएको ठहर गर्दै सम्मान गरेको थियो ।

कर छली गरेको वर्ष आर्थिक वर्ष २०७१/७२ मा बोटलर्स नेपाल निजी क्षेत्रका संस्थामा उत्कृष्ट वित्तीय विवरण बनाउने कम्पनीमा तेस्रो भई सम्मानित भएको थियो । त्यसपछिका हरेक वर्ष आइक्यानले बोटलर्स नेपाललाई उत्कृष्ट वित्तीय विवरण बनाएको भन्दै सम्मान गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ दास्रो भएको बोटलर्स नेपाललाई आर्थिक वर्ष २०७३/७४ मा सर्वाेत्कृष्ट वित्तीय प्रतिवेदन बनाएको भन्दै सम्मान गरिएको थियो । गत आर्थिक वर्षमा पनि बोटलर्स नेपाल लिमिटेड उत्कृष्ट प्रतिवेदन बनाएको भन्दै आइक्यानबाट सम्मान थापेको थियो ।

वास्तविकता भने बोटलर्सले वित्तीय विवरणमा जालझेल गरी पूँजीगत लाभकरको दायित्वबाट उन्मूक्ति पाउँदै आएको थियो । राजस्व अनुसन्धान विभागका एक अधिकारी सरकारी निकायले उत्कृष्ट प्रतिवेदन बनाएको भन्दै सम्मान गरेको निकायको वित्तीय विवरणमा नै झेल हुन गम्भीर भएको बताउँछन् ।

‘प्रतिवेदन मूल्यांकन गर्नेभन्दा पनि यसलाई उत्कृष्ट बनाइदिउ न भन्ने तरिकाले काम गरेको देखिन्छ,’ उनले भने ।

कोकाकोला: विश्वकै ठूलो अमेरिकी कम्पनी

सन् १८८६ मा जोन पेम्बर्टन नामक एकजना फार्मेसिस्ट जसले कालान्तरमा कोकाकोला जस्तो अन्तर्राष्ट्रियस्तरको ब्राण्डका रुपमा स्थापित गर्न सफल भए । अमेरिकाको एट्लान्टा सहरमा फार्मेसिस्टका रुपमा पेम्बर्टन काम गर्दथे ।

केही समय अगाडि अमेरिकामा भएको गृहयुद्धको समयमा घाइते भएका थिए । र, त्यसबाट बच्नका लागि मोर्फिन नामक ड्रग्सको प्रयोग गर्न थालेका थिए । जुन दुखाइ कम गर्नका लागि लिइन्थ्यो । तर पछि उनी त्यसैमा एडिक्ट पनि भए । तर त्यसबाट आफूलाई हटाउन चाहन्थे । र, त्यसका लागि उनले त्यसको विकल्प खोजी गर्न थाले ।

यसैक्रममा उनले स्पेसेफिक सब्स्टान्स कोकालिफका बारेमा जानकारी लिन पाए । कोकालिफलाई प्रयोग गरेर उनले औषधि बनाउने सोच बनाए । तर त्यसअघि कोकालिफ प्रयोग गरेर विन मारियानी वाइन बनाइएको थियो । त्यो वाइन उक्त समयमा निकै चर्चित थियो । यसको प्रयोग शरीरमा स्फूर्ती बनाउनका लागि प्रयोग गरिन्थ्यो ।

त्यसपछि उनले वाइनमा प्रयोग गरिएको कोकालिफसँगै कोलानट्स पनि मिसाएर नयाँ ड्रिग्स बनाए र आफ्नो उक्त ड्रिग्स सबैभन्दा राम्रो भएको दावी समेत गरे । र, जसलाई आजका दिनमा हामीले कोकाकोलाका नामले चिन्छौं ।

कोकाकोला कम्पनीमा हाल संसारभर ८६ हजार कर्मचारी कार्यरत छन् । अमेरिकामा मात्रै १० हजारभन्दा बढी कर्मचारी कम्पनीमा काम गर्छन् । कम्पनीको बजार बिस्तार आजका दिनसम्म आइपुग्दा विश्वका २०० भन्दा बढी देशमा पुगिसकेको छ ।

फोर्ब्सका अनुसार कम्पनीको हाल ब्राण्ड भ्याल्यू आजका दिनमा ८४.२ अर्ब अमेरिकी डलर पुगेको छ । कम्पनीले गत वर्ष ३५.४ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो । कम्पनीको मार्केट क्यापिटलाइजेसन २२४ अर्ब डलर पुगेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार ००:००  ६ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping