१० हजार लगानी गर्ने लगानीकर्तालाई इन्भेष्टमेन्ट बैंकले यसरी बनायो करोडपति « Eglish Khabarhub

१० हजार लगानी गर्ने लगानीकर्तालाई इन्भेष्टमेन्ट बैंकले यसरी बनायो करोडपति


२८ माघ २०७७, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक खुल्ने समयमा १० हजार रुपैयाँ खर्चेर १०० कित्ता किन्ने लगानीकर्ता अहिले करोडपति बनेको देखिएको छ ।

नेपालमा विदेशी लगानीमा खुलेको तत्कालिन इन्डोस्वेज बैंकको सेयर सन् २००२ मा पृथ्वीबहादुर पाँडेले लिएपछि नेपाल इन्भेष्टमेन्ट बैंकमा परिवर्तन भएको हो ।

इन्भेष्टमेन्ट बैंक सेयरधनीलाई आकर्षक लाभांश दिने बैंकमा पर्छ ।

इन्भेष्टमेन्ट बैंकले आर्थिक वर्ष २०४४/४५ सालमा लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिएको थियो । १०० कित्ता सेयर हुने लगानीकर्तासँग १० प्रतिशत बोनस सेयरको कारण ११० कित्ता सेयर पुग्यो ।

आर्थिक वर्ष २०४६/४७ देखि २०४९/५० सम्म भने बैंकले सेयरधनीलाई नगद लाभांशमात्र दिएको छ ।

२०५०/५१ मा भने सेयरधनीले ५० प्रतिशत बोनस सेयर २० प्रतिशत नगद लाभांश पाएका छन् । यसरी ११० कित्ता सेयर हुने सेयरधनीसँग १६५ कित्ता सेयर हुन्छ ।

आर्थिक वर्ष २०५१/५२ र २०५२/५३ मा भने सेयरधनीले नगद लाभांश मात्र पाएका छन् । २०५३/५४ मा नेपाल इन्भेष्टमेन्ट बैंकले सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर ५० प्रतिशत नगद लाभांश दिएको छ । यो सेयरधनीले पाएको अहिलेसम्मकै उच्च लाभांश हो । यसरी १६५ कित्ता सेयर हुने सेयरधनीसँग २४८ कित्ता सेयर हुन्छ ।

२०५४/५५ र २०५५/५६ मा बैंकले लगानीकर्तालाई नगद लाभांशमात्रै दियो । २०५६/५७ मा सेयरधनीले २५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश पाएपछि २४८ कित्ता सेयर हुने सेयरधनीसँग ३०९ कित्ता सेयर पुग्यो ।

बैंकले २०५७/५८ मा लगानीकर्तालाई लाभांश दिएन । उक्त वर्ष बैंकले ३ः१ अनुपातमा हकप्रद सेयर जारी गर्यो । यदि लगानीकर्ताले हकप्रद सेयर भरेमा उसँग ४१३ कित्ता सेयर हुन्छ ।

२०५८/५९ मा भने बैंकले ३० प्रतिशत बोनस सेयर दियो । उक्त बोनसले सेयरधनीसँग अब ५३६ कित्ता सेयर पुग्यो । २०५९/६० मा बैंकले नगद लाभांशमात्रै दियो ।

२०६०/६१ मा १५ प्रतिशत नगद लाभांश १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्यो । यदि सेयरधनीले हकप्रद भरेको भए उसँग १०७३ कित्ता सेयर हुन्छ । २०६१/६२ मा बैंकले १२.५ प्रतिशत नगद लाभांश दियो । बैंकले सबैभन्दा कम लाभांश दिएको सोही वर्ष हो ।

२०६२/६३ मा बैंकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश तथा ३५.४६ प्रतिशत बोनस सेयर दियो । त्यसपछि सेयरधनीसँग १४५३ कित्ता सेयर पुग्यो ।

२०६३/६४ मा भने कम्पनीले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश दियो । सोही वर्ष कम्पनीले २५ प्रतिशतले हकप्रद सेयर जारी गरेको छ । यसरी हकप्रद सेयर भर्दा २१७९ कित्ता सेयरधनीसँग सेयर हुन्छ ।

२०६४/६५ भने कम्पनीले ७.५ प्रतिशत नगद लाभांश, ३३.३३ प्रतिशत नगद लाभांश दियो । र, ५० प्रतिशत हकप्रद सेयर पुनः जारी गर्यो । सो बोनस लिएर हकप्रद सेयर भर्ने लगानीकर्तासँग त्यसपछि ४ हजार ३५८ कित्ता सेयर पुग्यो ।

२०६५/६६ र २०६६/६७ मा बैंकले नगद लाभांशमात्रै दियो । २०६७/६८ मा २५ प्रतिशत बोनस र २५ प्रतिशत नै नगद लाभांश दियो । त्यसपछि सेयरधनीसँग ५४ सय ४८ कित्ता सेयर पुग्यो ।

२०६८/६९ मा २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश बैंकले दियो । २५ प्रतिशतको बोनस सेयरले गर्दा सेयरधनीसँग ६ हजार ८१० सेयर पुग्यो । २०६९/७० मा १० प्रतिशत बोनस सेयर बैंकले दिएको छ । यसरी सेयरधनीसँग ७ हजार ४९१ कित्ता सेयर पुग्यो ।

५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे

२०७०/७१ मा बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस दिएपछि ८ हजार ६१४ कित्ता सेयर पुग्यो । २०७१/७२ मा बैंकले सेयरधनीलाई ३३ प्रतिशत बोनस सेयर दियो । त्यसपछि सेयरधनीसँग ११ हजार ४५७ कित्ता सेयर पुग्यो । २०७२/७३ मा बैंकले २० प्रतिशत बोनस सेयर दियो । त्यसपछि सेयरधनीसँग १३ हजार ७४९ कित्ता सेयर पुग्यो । २०७३/७४ मा भने बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिन्छ । सेयरधनीसँग १५ हजार ८ सय ११ कित्ता सेयर पुग्यो ।

२०७४/७५ मा १८ प्रतिशत बोनस सेयर दियो । जसले गर्दा सेयरधनीसँग १८ हजार ६५७ कित्ता सेयर पुग्यो । २०७५/७६ मा बैंकले लगानीकर्तालाई १०.५ प्रतिशत बोनस दियो । यसरी सेयरधनीसँग अहिले २० हजार ६ सय १६ कित्ता पुग्यो ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर दिएको छ । यस हिसाबले अहिले उसँग २३ हजार २९६ कित्ता सेयर हुन्छ । जसको मूल्य मंगलबार नेप्सेमा भएको कारोबार आधारमा १ करोड ६ लाख ६९ हजार ५६८ रुपैयाँ हुन्छ ।

इन्भेष्टमेन्ट बैंकले हकप्रद सेयरसमेत जारी गरेको हुँदा लगानी भने १० हजारमात्र भएको छैन । १०० कित्ता सेयर शुरुमा भएको लगानीकर्ताले हकप्रद सेयर भर्न खर्च गरेका छन् । तर, बैंकले अहिलेसम्म दिएको नगद लाभांश हेर्ने हो भने त्यो लगानीकर्ताले १९ लाख ३८ हजार ९४७ रुपैयाँ नगद बुझेको छ । नगद लाभांश पाएको सबै रकम लगानीकर्ताले बैंकले जारी गरेको हकप्रद किन्न खर्च गर्नु परेको छैन ।

यसरी नगद लाभांशसहित जोड्ने हो भने त बैंक खोल्ने बेलामा १० हजार लगानी गर्ने लगानीकर्ता अहिलेसम्म सेयर बिक्री नगरी चुपचाप बसेको छ भने पनि उक्त लगानीकर्ता १ करोड २५ लाख रुपैयाँको मालिक बनेको देखिन्छ । राम्रो कम्पनीको सेयरमा सानो लगानी गरेर चुपचाप बस्ने हो भने सहजै करोडपति बन्न सकिन्छ भन्ने एउटा बलियो उदाहरण हो यो ।

यसरी लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंकमा काम गर्ने कमर्चारीलाई पनि राम्रो तलब(भत्ता तथा सेवा(सुविधादिँदै आएको छ ।

बैंकले यो बीचमा विकास बैंक तथा फाइनान्स कम्पनीलाई प्राप्ति गरेको छ भने थप सार्वजनिक निष्कासन (एफपीओ) समेत जारी गरेको छ ।

आफूहरुले बैंकलाई लिएपछि अबलम्बन गरेको रणनीतिले त्यो बेला १०० कित्ता सेयर किन्नेहरु अहिले करोडपति बन्न सफल भएको बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे बताउँछन् ।

‘यो बीचमा हामीले पटक-पटक हकप्रद सेयर पनि जारी गरेका छौं, प्रत्येक वर्ष बोनस सेयर दिएका छौं, जसकारण लगानीकर्ताको सम्पत्ति बढेको हो,’ पाँडेले क्लिकमाण्डूसँग भने ।

बैंकमा लगानी गर्ने लगानीकर्ताले कम्तीमा २० प्रतिशत प्रतिफल पाउनुपर्छ भन्ने आफ्नो सिद्दान्त रहेको उनले सुनाए ।

‘हामीले औषतमा २० प्रतिशतभन्दा बढी प्रतिफल दिएका छौं,’ उनले भने, ‘तर अब परम्परागत बैंकिङ गरेर यसरी बोनस दिने दिन सकिए ।’

भावी दिनमा लगानीकर्तालाई राम्रो प्रतिफल दिनका लागि बैंकले पुँजीको आकार बढाएर कोर बैंकिङबाहेक अतिरिक्त काम गर्ने योजना रहेको उनले सुनाए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बैंकलाई नयाँ व्यवस्थापनले सफलतापूर्वक सञ्चालन गर्न सक्दा आकर्षक लाभांश दिन सकेको बताउँछन् । यद्यपि पाण्डे विगतमा दिएजस्तो लाभांश दिन अब चुनौतीपूर्ण रहेको बताउँछन् ।

‘सेयरधनीलाई खुसी पार्ने गरेर नै हामीले लाभांश दिएका छौं, यसमा नियामक निकायदेखि बजारका सबैको साथले मात्र सम्भव भएको हो,’ पाण्डेले क्लिकमाण्डूसँग भने ।

एफपीओ भर्नेलाई ४० प्रतिशत फाइदा

इन्भेष्टमेन्ट बैंकले २०७२ सालको फागुन महिनामा थप सार्वजनिक निष्कासन(एफपीओ) जारी गरेको थियो । बैंकले ९० लाख ६९ हजार ३८८ कित्ता सेयर प्रिमियम मूल्यमा प्रतिकित्ता ६०१ रुपैयाँको दरले निष्कासन गरेको थियो । जसमा साना लगानीकर्ताले १० कित्ता सेयर पाएका थिए । १० कित्ता सेयर पाउनको लागि ६ हजार १० रुपैयाँ लगानी गर्नु परेको थियो ।

आर्थिक वर्ष २०७२/७३ सालदेखि अहिलेसम्म हेर्दा १० कित्ता एफपीओ पाउनेसँग अहिले १७ कित्ता सेयर छ । सेयर मूल्यको आधारमा त्यो भने अहिले १५ हजार हो । यसरी हेर्दा एफपीओ भर्नेलाई अहिले बोनस सेयरको आधारमा मात्र ४० प्रतिशत फाइदामा छन् ।

राम्रो प्रतिफल दिन पाउँदा खुसी अब चुनौतपूर्णः ज्योतिप्रकाश पाण्डे

सन् २००२ मा नेपाल इन्भेष्टमेन्ट बैंकलाई नयाँ व्यवस्थापनले लियो । म आफु १९९२ मा फ्रेन्चहरुको पालमा पनि काम गरेको हो । त्यसपछि म आफू हिमालयन बैंकमा गए । फ्रेञ्चहरुले छाडेर नेपाली लगानीकर्ताको समूह नेपाल इन्भेष्टमेन्ट बैंकमा प्रवेश गर्ने भएपछि पुनः नेपाल इन्भेष्टमेन्ट बैंक आएको थिए ।

त्यो बेला नाफा ११ करोड जति थियो । त्यो बेला हामी यहाँ आएपछि बैंकलाई कसरी अगाडि बढाउने भन्ने चुनौती थियो । त्यो बेला शाखा थिएन । हामीले शाखा खोल्यौं । कर्मचारीको संख्या बढायौं । पोर्टफोलियो बढायौं ।

फ्रेन्चको आफ्नो खाले नेटवर्क थियो । त्यसमा हामीले बढाएर गयौं । हामीले नाफा कमायौं । र, अहिलेको अवस्थामा छौं । पछिल्लो २ वर्षमा हाम्रो नाफा कम देखिएको छ । २ वटा ऋणको कारण त्यो समस्या हो । त्यो पैसा उठ्ने नै छ । इटालियनको पैसा आउने क्रममा छ । नेटवर्क र हाडवर्कले गर्दा यो अवस्थामा आएको छ ।

हामीलाई सेयरधनीलाई राम्रो प्रतिफल दिन पाउँदा खुसी लाग्छ । संचालक समितिमा पनि प्रतिफलको कुरा आउँछ । साधारणसभामा पब्लिक सेयरधनीले प्रतिफलको कुरा उठाएका हुन्छन् । अझ बोनस सेयरमा नै उनीहरुको बढी चासो हुन्छ । ५० जना कर्मचारी भएको बैंकमा अहिले १५ सय जना कर्मचारी छन् । शाखा संख्या ८५ पुगेको छ । सेयरधनीले पनि यतीको प्रतिफल पाएको छ । यसमा नियामक निकायको पनि सहयोग भयो ।

विगतमा बैंकहरुले राम्रो प्रतिफल दिए पनि आगामी दिनमा त्यो खाले प्रतिफल दिन चुनौती हुने देखिन्छ । बैंकिङ क्षेत्र निकै प्रतिस्पर्धा छ । बैंकहरुको संख्या २७ वटा छ । अहिले नाफाको अवस्था हेर्ने हो भने मर्जरबाट केहीले छलाङ मारेका छन् ।

हामी भने अब बैंकको पुँजी ५० अर्ब रुपैयाँभन्दा बढी बनाउने तयारीमा छौं । त्यसका लागि चाँडै नै मर्जर तथा एक्विजिसनको खबर सुनाउँछौं ।

त्यसपछि कोर बैंकिङ बाहेकका अतिरिक्त काम गर्नका लागि सरकारसँग अनुमति माग्छौं । यसबारेमा राष्ट्र बैंकलाई त जानकारी गराइसकेका छौं । सरकारले अनुमति दियो भने हामी आफैं विभिन्न प्रोजेक्टहरु बनाउँछौं । र, बिक्री गर्छौं । त्यसबाट बैंकले ठूलो आम्दानी गर्छ । र, सेयरधनीलाई राम्रो प्रतिफल दिन सक्छौं । परम्परागत बैंकिङ गरेर त पहिलेको जस्तो प्रतिफल दिनसक्ने सम्भावना छैन ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ००:००  १० : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping