बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै « Eglish Khabarhub

बन्द भएको ८ वर्षपछि उडान गर्दै गुण एयरलाइन्स, ५ वटा विमान खरिद गर्दै


१६ फाल्गुन २०७७, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सञ्चालन बन्द भएको ८ वर्षपछि गुण एयरलाइन्सले फेरि एक पटक नेपाली आकाशमा उडान भर्ने भएको छ ।

सन् २०१३ मा व्यवसायिक उडान बन्द भएको गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले हाल सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सको नाम परिवर्तन गरी गुण एयरलाइन्सबाटै उडान भर्ने तयारी गरेको जानकारी दिए । कम्पनीले यसका लागि गत शुक्रबार नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट समेत अनुमति पाइसकेको छ ।

हाल सञ्चालनमा रहेको सिम्रिक एयरलाइन्सले यति एयरलाइन्सँग भएका ५ वटा जेट इञ्जिन विमान खरिद गरी ब्राण्ड नामसमेत परिवर्तन गरी उडान भर्ने योजना अघि बढाएको छ ।

‘पहिले पनि गुण एयरलाइन्सका नामबाटै सञ्चालन भएको हो, त्यसपछि नाम परिवर्तन गरेर सिम्रिक एयरलाइन्सबाट सञ्चालन भयो अब फेरि गुण एयरलाइन्सकै नामबाट सञ्चालन गर्नका लागि क्यानमा निवेदन आएको थियो,’ क्यानका प्रवक्ता राजेन्द्रकुमार क्षेत्रीले क्लिकमाण्डूसँग उनले भने ।

कम्पनीले यती एयरलाइन्ससँग ५ थान जेटस्ट्रिम विमान खरिद गरी व्यवसायिक उडानमा उछाल ल्याउने योजनाअनुसार शाक्यले योजना बनाएका थिए । यती एयरलाइन्सले ती विमान सन् १९९८ मा खरिद गरेको थियो । तीनै विमान हाल सिम्रिक एयरलाई बिक्री गर्ने भएको हो ।

अब सिम्रिक एयरलाइन्ससँग ७ वटा विमान हुनेछन् ।

सिम्रिक एयरलाइन्सले नाम परिवर्तन गरी गुण एयरलाइन्सका रुपमा देशका माउण्टेन फ्लाइटसहित देशका प्रमुख गन्तव्यमा उडान गर्नेछ ।

‘हाल सिम्रिकसँग २ वटा विमान छन्, थप ५ वटा विमान हुनछन्,’ गुण एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले क्लिकमाण्डूसँग भने ।

सिम्रिकले यतीसँग खरिद गर्न लागेका ५ वटा विमानमध्ये ३ वटा ग्राउण्डेड छन् ।

तत्कालीन समयमा घर जग्गा व्यवसायमा मन्दी आएपछि सुधीर बस्नेतले सञ्चालन गरेको अग्नी एयरलाइन्स र राजेन्द्र शाक्यले सञ्चालन गरेको गुण एयरलाइन्स खरिद गरेर रामेश्वर थापाले सिम्रिक एयरलाइन्स स्थापना गरेका थिए । त्यसपछि अग्नी एयरलाइन्स र गुण एयरलाइन्सका नाममा विमान उडान बन्द भएको थियो ।

शाक्यले सहकारीमा रहेको सर्वसाधारणको करिब ४ अर्ब रुपैयाँ तिरेर व्यावसायिक पुनर्जीवन प्राप्त गरेका छन् ।

‘मेरा कारणले जुन–जुन व्यवसाय संकटमा परे अब ती व्यवसायलाई पुनरुत्थान (रिभाइभ) गर्ने योजनाका साथ अघि बढेको छु,’ शाक्यले भने, ‘केही महिनाभित्रै गुण एयरलाइन्सले उडान भर्छ ।’

महत्वाकांक्षले आफूलाई एयरलाइन्स बिजनेशमा हात हालेको उनको भनाइ छ ।

‘सहकारीमा समस्या आएका कारण गुण एयरलाइन्स पनि समस्यामा परेको थियो,’ उनले भने, ‘अब भने त्यस्तो संकट आउँदैन ।’

प्रकाशित मिति : १६ फाल्गुन २०७७, आइतबार ००:००  ७ : ०१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping