सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप « Eglish Khabarhub

सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप


२२ बैशाख २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । व्यवसायी सुरज वैद्यमाथि कोरोना भाइरसको महामारीमा कमिसनको खेलमा कोभिड विरुद्धको खोप रोकेको गम्भीर आरोप लागेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले हिमालखबरसँगको अन्तरर्वार्तामा बिचौलियाले १० प्रतिशत कमिसन खोजेको कारण खोप खरिद गर्न नसकेको बताएका थिए ।

सिरमसँगै ५० लाख डोज किन्ने प्रस्ताव गरेपनि खोप उत्पादक कम्पनीको स्थानीय एजेन्टको बढी सक्रियता हुँदा खरिद प्रक्रिया सफल नभएको भनाई स्वास्थ्यमन्त्री त्रिपाठीको छ ।

स्वास्थ्यमन्त्री त्रिपाठीले सिरमको स्थानिय एजेन्ट भनेको कम्पनी हुकुम इन्टरप्राइजेज हो । जुन कम्पनी व्यवसायी सुरज वैद्य र विजय दुगडको हो । सिरमसँग सरकारले सिधै ५० लाख डोज किन्ने प्रक्रिया अगाडि बढाएपछि आफ्नो १० प्रतिशत कमिसन नआउने भएपछि वैद्यले सिरमले दिनुपर्ने १० लाख डोज खोप नै नेपाल ल्याउन रोके ।

नेपाल सरकारले भारतको सिरम इन्स्टिच्यूट अफ इन्डियासँग २० लाख डोज खोप खरिदका लागि सम्झौता गरेको थियो । जसको पहिलो खेप अन्तर्गत १० लाख डोज नेपाल आयो । सरकारले सेरमसँग थप ५० लाख डोज किन्ने प्रक्रिया अगाडि बढाएको थियो । यो प्रक्रिया फागुन महिनामा अगाडि बढेको थियो । जुन बेला भारतमा कोरोना भाइरसको दोस्रो लहर देखिएको थिएन ।

स्वास्थ्यमन्त्रीले अन्तर्वार्तामा भनेका छन्,‘ बिचौलियाले २० लाख डोजको प्रति डोज ४ डलरले खरिद गरिएको भ्याक्सिनमा समेत कमिसन मागेका थिए,जनताले कर तिरेको रकमबाट किन कमिसन दिने भनेर हामीले हटाएका थियौं ।’

‘अहिले पनि ती बिचौलियाको सक्रियता बढेको छ, जसले गर्दा २७ दिनसम्म अप्ठ्यारोमा पर्यो त्यही यो २७ दिन यति निर्णायक भयो, भारतमा ह्वात्तै संक्रमण बढ्न थाल्यो। त्यही कारण ५० लाख डोज खोप खरीद प्रक्रिया अगाडि बढ्न सकेन।’त्रिपाठीले अन्तरर्वार्ताको क्रममा भनेका थिए ।

स्वास्थ्यमन्त्रीको अन्तरर्वार्ता अनुसार वैद्यले सरकारले सुरुमा किनेको २० लाख डोजको कमिसन मागेका थिए । २० लाख डोज प्रति डलर ४ डलरको हिसाबले करिब १० करोड कमिसन हुन्थ्यो ।

सो कमिसन स्वास्थ्य मन्त्रालयले दिएन । तर,सरकारले किन्न खोजेको ५० लाख डोज भ्याक्सिन भने सिरमले स्थानिय प्रतिनिधिसँग सम्झौता गरेर किन्न भन्यो । स्थानिय प्रतिनिधि हुुकुम इन्टरप्राइजेजले प्रतिडोज ६.०५ अमेरिकी डलरको हिसाबले मूल्य प्रस्ताव गरेको थियो ।

५० लाख डोजको हिसाबले हुकुमले ३२ करोड रुपैयाँ कमिसन पाउने थियो ।

सुरज वैद्यको कमिसनको खेलले नेपालले किन्नको लागि पठाएको १० लाख डोज भ्याक्सिन नै भारतमा रोकिएको स्वास्थ्य मन्त्रायका अधिकारीहरु बताउँछन् ।

स्वास्थ्यमन्त्रीको अनुसार नै बिचौलियाले फागुनदेखि चैतको पहिलो सातासम्म कमिसनको लोभ नदेखाएको भए नेपालमा भ्याक्सिन आउने थियो । तर,बिचौलियाको प्रभावको कारण नेपालमा भ्याक्सिन नै आउन सकेन ।

कमिसनको खेलमा कुरा मिलेन । भारतमा दोस्रो लहरको कोरोना भाइरस फैलियो । भारतले खोप निर्यातमा रोक लगायो । कमिसन खेल नभएको भए स्वास्थ्यमन्त्रीले भनेजस्तो दोस्रो लहर फैलनु अगाडि नै नेपालमा खोप आउने थियो ।

यो विषयमा वैद्यसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ००:००  १० : २१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping