काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिद्वारा सञ्चालिते सेलपे सेवा अब वालेटमार्फत् पनि चलाउन सकिने भएको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो ।
राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंकमार्फत् वा वालेट लोड गरी कारोबार गर्न सक्नेछन् । यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ, जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ ।
जसले गर्दा जो कोहि ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् साथै सेलपे कार्ट सेवामार्फत् सजिलै घरमै बसी-बसी बिभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ ।
यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकहरुका लागि ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोवाईल टपअप र टिभी महशुल भुक्तानीमा ५ प्रतिशत नगद फिर्ता, इन्टरनेटको महशुलमा १।५ प्रतिशत नगद फिर्ता, ११ रुपैयाँमै नेपाल टेलिकमको १ घन्टाको अनलिमिटेड डाटा प्याक, २१ रुपैयाँमा एनसेलको एक दिनको डाटा प्याक प्राप्त गर्न सक्नेछन् ।
त्यसैगरी, साथै वालेट लोड गर्दा लक्की ड्रमार्फत् सामसुङ एस २१ अल्ट्रा मोवाइल जित्न सक्ने मौका पनि पाउन सक्नुहुनेछ । यो योजना जेष्ठ १३ गते देखि असार १२ सम्म लागु हुने कम्पनीले जनाएको छ ।
त्यसैगरी, वास्तविक समयमा सरल र सुरक्षित भुक्तानी र बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न पाउनु यसको विशेषता हो ।
सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी टु पी, पी टु बी, बी टू पी, बी टु बी आदि वास्तविक समयमा गर्न सकिन्छ ।
यस सेवामार्फत् हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आवद्ध भएका बैंकहरुका खाताका साथै वालेट लोडबाट पनि ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।
SHARE YOUR THOUGHTS