२८ मंसिर २०८२, शनिबार

कांग्रेसको महाअधिवेशन भदौमै हुन्छ, भ्रममा नपरी तयारी थाल्नुस्ः सभापति देउवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै भदौमै महाअधिवेशन गर्ने प्रष्ट पारेका छन् ।

‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु,’ देउवाले भनेका छन् ।

महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा नरहन आग्रह गर्दै असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताए ।