एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने « Eglish Khabarhub

एनबी बैंकमा रहेको बंगालीको ४०.९ प्रतिशत सेयर चौधरी ग्रुपले किनेर नविल बैंकसँग गाभ्ने


२९ असार २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको बंगलादेशी लगानीकर्ता आइएफआइसी बैंकको संस्थापक सेयर चौधरी ग्रुपले किन्ने भएको छ ।

एनबी बैंकको सोमबार साँझ बसेको ३७१औं सञ्चालक समितिको बैठकले आइएफआइसी बैंकसँग रहेको कुल ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता संस्थापक सेयर बिक्री गर्ने निर्णय गरेको छ । उक्त सेयर किन्नका लागि संस्थापक सेयरधनीलाई ३५ दिने सूचना निकालेको छ ।

बंगलादेश बैंकका लगानीकर्ता र नेपालको प्रतिष्ठत व्यावसायिक घराना चौधरी ग्रुपबीच बंगालीले बिक्री गर्न लागेको सेयर चौधरी ग्रुपले किन्ने सहमति भएकोछ ।

‘उक्त सेयर किन्न ६ अर्ब रुपैयाँ चाहिन्छ, बैंकका अन्य संस्थापक लगानीकर्ताहरु उक्त सेयर किन्न तयार छैनन्, चौधरी ग्रुप उक्त सेयर किन्न तयार भएपछि यस्तो निर्णय गरिएको हो,’ एनबी बैंकका एक सञ्चालकले क्लिकमाण्डूसँग भने, ‘त्यसपछि नविल बैंकले एनबी बैंकलाई एक्वायर गर्ने समझदारी भएको छ ।’

एकैपटक ३ संस्थासहित ‘बिग एक्विजेशन’को तयारीमा नबिल बैंक, कुरा मिले बैशाखभित्रै सम्झौता

त्यसो त लामो समयदेखि नविल बैंकले एनबी बैंकलाई एक्वायर गर्ने चर्चा चल्दै आएको थियो । तर, बंगलादशको बैंकको ठूलो लगानी रहेकाले उक्त निर्णय हुन सकिरहेको थिएन ।

एनबी बैंकले राम्रो प्रगति गर्न नसकेपछि बंगाली लगानीकर्ताहरु बाहिरिन खोजिरहेका थिए । यसरी बाहिरिन खोजेकोा बंगालीको सेयर किनेर चौधरी ग्रुपले एनबीलाई नविलमा एक्वायर गर्ने योजना बनाएको हो ।

नविल बैंकमा चौधरी समूहको बहुमत स्वामित्व छ । एनबीको ४० प्रतिशत स्वामित्व खरिद गरेर नविलमा गाभ्दा पनि चौधरी ग्रुप नै नविल बैंकको सबैभन्दा ठूलो सेयरधनी हुन्छ ।

नविल बैंक निजी क्षेत्रका बैंकहरुमध्ये धेरै सूचकांकमा पहिलो नम्बरको बैंक हो । हिमालय र इन्भेष्टमेन्ट बैंक आपसमा गाभिएर देशकै ठूलो बैंक बन्ने पक्का भएपछि नविल बैंकलाई नम्बर वान बनाइराख्न चौधरी ग्रुपले एनबी बैंकलाई प्राप्ति गर्न खोजेको हो ।

नविल बैंकलाई ‘नम्बर वान’ बनाइराख्ने विनोद चौधरीको रणनीतिः अब ‘एग्रेसन’ र ‘एक्वायर’

‘बैंकमा स्थानीय प्रमोटरहरु नै हुँदा मर्जरका लागि सहज हुने हुँदा बंगलादेशको आइएफआईसी बैंकले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेको हो, सेयर बिक्री भइसकेपछि मर्जरको प्रक्रिया अगाडि बढाउन सजिलो हुन्छ,’ एनबी बैंकका एक सञ्चालकले भने ।

आइएफआईसी बैंकले स्वामित्वमा रहेको सेयर मूल्यमा सम्झौता नगर्ने भएकाले मर्जरभन्दा अघि नै बजार मूल्यको ५० प्रतिशतभन्दा कममा सेयर बिक्री बोलकबोलमार्फत् बिक्री गर्न लागेको हो ।

नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो

आर्थिक वर्ष २०७७/७८ मा कुनै बोनस सेयर प्राप्त भएमा सो समेत संस्थापक सेयरहरु बिक्री गर्नका लागि यस बैंकमा आवेदन दिएकाले नेपाल राष्ट्र बैंकको निर्देशन, यस बैंकको प्रबन्धपत्र तथा नियमावली र आइएफआईसी बैंकसँग रहेको संस्थापक सेयरहरु खरिद गर्ने पहिलो हक विद्यमान अन्य संस्थापक सेयरधनीहरुको हुने भएकाले नेपाल राष्ट्र बैंकको निर्देशनको अधिनमा रही उपरोक्त सेयरहरु बिक्री गर्न लागेको हो ।

इच्छुक संस्थापक सेयरधनीहरु सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र व्यक्तिगत विवरणसहित आवेदन दिनुपर्नेछ । उपरोक्त म्यादभित्र कसैको निवेदन प्राप्त नभएमा पर्याप्त निवेदन प्राप्त नभएमा वा प्राप्त निवदेनहरु उक्त व्यवस्था बमोजम फिट एण्ड प्रोपर टेस्टबाट अयोग्य देखिएमा वा प्राप्त विवरण पूर्ण नभइ फिट एण्ट प्रोपर टेस्ट गर्न नसकिएमा नियमनुसार अन्य व्यक्ति वा संस्थालाई उपरोक्त सेयरहरु बिक्री गरिने सूचना जारी गरिएको छ ।

‘३५ दिनपछि उक्त सेयर चौधरी ग्रुपले किन्छ,’ स्रोतले भन्यो ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार ००:००  १ : ०४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping