योगदानकर्ताले योगदान गरे वापत पाउने सुविधा भुक्तानी गर्न सामाजिक सुरक्षा कोषको अस्वीकार « Eglish Khabarhub

योगदानकर्ताले योगदान गरे वापत पाउने सुविधा भुक्तानी गर्न सामाजिक सुरक्षा कोषको अस्वीकार


२९ असार २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्ताले योगदान गरे वापत पाउने सुविधा भुक्तानी गर्न अस्वीकार गरेको छ । कोषले पछिल्लो पटक ३ जना मृतक योगदानकर्ताको आश्रित परिवारले पाउने सुविधा दिन अस्वीकार गरेको हो ।

कोषले आफ्नो दायित्वलाई अस्वीकारमात्रै गरेको छैन उल्टै रोजगारदातालाई भुक्तानीको ठाडो आदेश दिएको छ ।

कोषमा सूचीकृत भई योगदान वापतको रकम भुक्तानी गरिरहको सोल्टी क्राउन प्लाजा होटललाई कोषले आफ्नो जिम्मेवारीबाट पन्छिँदै उल्टो मृतक कर्मचारीको परिवारलाई क्षतिपूर्तिको आदेश दिएको छ ।

आवद्ध नै नभएका व्यक्तिको मृत्यु हुँदा न्यूनतम सामाजिक सुविधा वापतको रकम एकमुष्ट भुक्तानी गर्न आदेश दिने कोषले सूचीकृत भएकालाई समेत पेलेको हो ।

कोषले योगदान वापतको रकम नियमित रुपमा नपठाएको भन्दै मृतक योगदानकर्ताको परिवारले पाउने क्षतिपुर्ति दिन अस्वीकार गर्दै उल्टै भुक्तानीको आदेश दिएको तथ्य क्लिकमाण्डूलाई प्राप्त भएको छ ।

विसं २०७५ चैत २८ गते सोल्टी क्राउन प्लाजा होटल सामाजिक सुरक्षा कोषमा सुचीकरण भएको थियो । होटलले ३ सय बढी कर्मचारीको योगदान २०७७ बैशाखदेखि शुरु गर्ने शर्तमा सूचीकरण भएको हो । गत वर्ष लकडाउनको कारण सामाजिक सुरक्षा कोषमा ३ महिना बराबरको योगदान वापतको रकम सरकारी खाताबाट गएको थियो । त्यसयता होटलले मासिक रुपमा करिब २५ लाख रुपैयाँ विभिन्न चरणमा पठाइरहेको छ ।

यसैबीचमा कोरोना भाइरस संक्रमणका कारण होटलमा कार्यरत ३ कर्मचारीको मृत्यु भयो । गत भदौ र असोज महिनामै होटलका कर्मचारीहरुः नुवाकोटका मुकुन्दराज पाण्डे, ललितपुर इमाडोलका हेमजंग त्रिपाठी र झापाका बालकुमार केसीको मृत्यु भएको थियो ।

कोषमा योगदानकर्ता कर्मचारीले क्षतिपूर्ति पाउने आशामा होटलले दावी निवेदन गरेको थियो । तर, कोषले योगदान रकम ढिलो जम्मा गरेको भन्दै क्षतिपूर्ति दावीको निवेदनलाई ठाडो अस्वीकार गरेको छ ।
पहिलो चरणको लकडाउनको क्रममा ०७६ चैतमा बन्द भएको होटल गत असोजदेखि मात्र सञ्चालनमा आएको हो ।

होटलका योगदानकर्ताको बैशाखदेखि भदौ महिनासम्मको योगदान रकम कोषमा असोज २८ गतेसम्म जम्मा गरिसकेको कोषलाई पठाएको पत्रमा उल्लेख छ ।

होटलमा कार्यरत मृतक कर्मचारी मध्येमा फुड एण्ड वेभरेजका क्याप्टेन मुकुन्दराज पाण्डेको परिवारले भने कोषमा सामाजिक सुरक्षा वापतको रकम पाउन निवेदन दिएका थिए । परिवारले होटल एसोशिएसन हान, सोल्टी होटल र कोषमा निवेदन दिएको सोल्टी होटल कर्मचारी संघका अध्यक्ष कमलकुमार बिष्टले जानकारी दिए ।

‘होटलको तर्फबाट दिएको आवेदनमा कोषले दिन मिल्दैन भनेपछि मृतक पाण्डेको श्रीमतीले आजीवन पेन्सन र बच्चालाई अध्ययन वापतको खर्च पाउ भनेर निवेदन दिनुभएको हो,’ विष्टले क्लिकमाण्डूसँग भने, ‘तर कोषले उल्टै होटललाई दिन आदेश दिएको छ, यसको जवाफमा होटलले आफ्नोतर्फबाट प्रतिउत्तर पनि पठाइसेको छ ।’

कोषमा आवद्ध हुनु अघिसम्म होटलका कर्मचारीकोे मृत्यु हुँदा ७ लाख रुपैयाँसम्मको बीमा र अन्य क्षतिपूर्ति गरी करिब १२/१३ लाख रुपैयाँ मृतकको परिवारलाई व्यवस्थापनले दिने गरेको उनले बताए ।

तर, कोषले मृत्यु भएको १० महिना बितिसक्दा समेत किरिया खर्च समेत नदिएको उनले गुनासो पोखे । होटलले अन्य २ जनाको परिवारलाई भने राम्रोसँग होटल संचालन हुन थालेपछि योग्यता अनुसार रोजगारीमा राख्ने प्रतिवद्धता गरेको उनले जानकारी दिए ।

मृत्यु भएका अन्य २ जना कर्मचारकिो समेत मासिक तलब ५० हजार रुपैयाको हाराहारीमा रहेको उनले जानकारी दिए ।

यस्तो छ परिवारको क्षतिपुर्तिको माग

सोल्टी होटलका फुड एण्ड वेभरेजका ५२ वर्षिया क्याप्टेन मुकुन्दराज पाण्डेको ०७७ असोज २७ गते मृत्यु भएको हो । उनको बेसिक तलब ३८ हजार ६ सय ४६ रुपैयाँ भन्दा कम नबनाइ कोषबाट प्राप्त हुने सुविधा जतिसक्दो छिटो उपलब्ध गराउन मृतककी श्रीमती गंगा पाण्डेले गत माघमा सोल्टी होटलमा निवेदन दिएकी थिइन् ।

यसबाहेक उनले नेपाल होटल संघ हानमा समेत सो अघि निवेदन दिएकी थिइन । मृतक पाण्डेको ६ वर्ष र १८ वर्षको गरी २ छोरा छन् । उनले पेन्सन वापतको मासिक तलबको ८० प्रतिशत र बच्चाको अध्ययनको लागि पाइने ४० प्रतिशत पाउनको लागि कोषमा निवेदन दिएकी छन् ।

उनले कोष तथा रोजगारदाता संस्थाले आफुले पाउनु पर्ने न्यूनतम सामाजिक सुरक्षा वापतको रकम दायित्व अनुसार भुक्तानी नगरेमा कानुनी हकको लागि अदातलको सहायता लिने बताएकी छिन् ।

यस्तो छ कोषको आदेश

मृतकको परिवारले सामाजिक सुरक्षा वापतको रकम पाउन निवेदन दिएपछि कोषले गत असार २० गते सोल्टी होटललाई उल्टै स्पष्टीकरण सोधेको छ ।

कोषले होटललाई पत्र पठाउँदै लेखेको छ ‘कम्पनीमा कार्यरत कर्मचारी/श्रमिकलाई कोषमा आवद्ध गराएता पनि योगदानमा आधारित सामाजिक सुरक्षा विनियावली, २०७५ को नियम १२ आकर्षित हुने देखिएको हुँदा यहाँको संस्थाबाट कानून बमोजिम सुविधा किन भुक्तानी नगर्नु पर्ने हो स्पष्ट पारी ७ दिन भित्र जानकारी गराउनु यो पत्र प्रेषित गरिएको छ । निर्धारित समय भित्र त्यहाँबाट जवाफ प्राप्त नभएमा निवेदकको दावी बमोजिम हुने व्यहोरा समेत यसै पत्रमार्फत जानकारी गराइन्छ ।’

सामाजिक सुरक्षा कोषलाई कर्मचारीको दायित्व सुम्पेर सोल्टी ढुक्कले बसेको थियो । तर, होटललाई कोषले उल्टै स्पष्टिकरणसहित भुक्तानीको आदेश दिँदै भुक्तानी दिन नसक्ने जनाएको छ ।

मृतक पाण्डेको योगदान वापतको रकम ०७६ चैतको होटलले समयमै पठाएको उल्लेख छ । साथै, ०७७ वैशाख, जेठ र असारको सरकारले नै कोषमा जम्मा गरेको हो । साउन भदौ र असोज महिनाको समेत कोषले स्वीकार गरिसकेको होटलले स्पष्टीकरण पत्रमा भनेको छ ।

ऐन अनुसार मृतकको परिवारले पाउने भुक्तानी दायित्व कोषमा नै भएकाले मृतकको श्रीमतीले दावी गरे अनुसारको भुक्तानी पाउने अस्था नरहेको होटलले बताएको छ ।

विसं ०७७ भदौ महिना सम्मको लकडाउनको अवधिमा कुनै पनि रोजगारदाताले कोषमा रकम जम्मा नगराएको होटलले जानकारी गराएको छ । रकम जम्मा नगराए वापत कोषको ऐनको दफा ९ बमोजिमको कारवाही गराउन होटलले भनेको छ ।

तर, रोजगारदाता उपर ऐनको व्यवस्था विपरित तर्क गर्न वा ऐनमा तोकिएभन्दा बढी दायित्व सिर्जना गरी कोषको ऐन विनियमावली तथा निर्देशन कार्यान्वयन गर भन्न नमिल्ने होटलको भनाइ छ ।

कोषले नै योगदानकर्ताको आश्रित परिवारलाई दायित्व अनुसारको दावी भुक्तानी दिनु पर्ने हुँदा कोषको विनियामावलीको नियम १२ बमोजिम कोषले भुक्तानी दिन होटलले स्पष्टीकरण कोषलाई पठाइसकेको छ ।

 

कोष भन्छ- मृत्यु भइसकेपछि जम्मा भएको योगदान रकममा दावी गर्न मिल्दैन

कानूनी व्यवस्था अनुसार योगदानकर्ताले महिना सकिएको १५ दिनभित्र योगदान रकम जम्मा गरिसकेको हुनुपर्ने उल्लेख छ । सो नभएमा सामाजिक सुरक्षा कोष ऐनअनुसार क्षतिपूर्ति सम्बन्धित रोजगारदाताले नै दिनु पर्ने कोषका सह–प्रवक्ता रोहित रेग्मीले बताए ।

‘असोजमा मृत्यु भएको व्यक्तिको नाममा एकै पटक पुसमा रकम जम्मा गर्नु भएको छ,’ रेग्मीले क्लिकमाण्डूसँग भने, ‘कोषको दफा ३ ले योगदान नगरी सुविधा नपाइने भनेको छ । दफा ४ को उपदफा ४ ले महिना समाप्त भएको १५ दिन भित्र रकम जम्मा गर्नुपर्ने भनेको छ । रकम जम्मा नहुँदै योगदानकर्ताको मृत्यु भएको हुँदा कोषको नियमावली अनुसार सम्बन्धित रोजगारदाताले नै ब्यहोर्नु पर्ने हुन्छ ।’

कानून अनुसार कोषले पेन्सन वापतको रकम मृतकको आश्रित परिवारलाई दिन नमिल्ने भएपनि योगदानकर्ताले जम्मा गरेको रकम भने एकमुष्ठ दिइसकेको उनले जानकारी दिए ।

‘योगदानकर्ताको मृत्यु भएपछि होटलले निवेदन दिएको थियो, त्यसपछि कोषले ३ जनाकै मृतकको जम्मा भएको योगदान रकम एकमुष्ठ परिवारलाई दिइसकेको छ, तर कोषले दिने आश्रित परिवारको पेन्सन र बच्चाको अध्ययन खर्च भने कानून विपरित गएर दिन मिल्दैन,’ उनले थपे, ‘यो अवधिमा कोभिडको कारण होटल बन्द थियो, त्यो सबैलाई थाहा छ तर कानून विपरित गएर दिने हो भने हरेकले मृत्यु भइसकेकेपछि कोषमा एकमुष्ठ रकम जम्मा गरेर कोषको सुविधा लिने प्रचलन शुरु हुन्छ ।’

चैतमा होटलले योगदान रकम पठाएको थियो भने, बैशाख जेठ र असारको सरकारले जम्मा गरेको हो, त्यसयता मंसिरसम्मको एकमुष्ठ पुसमा मात्र योगदान रकम होटलले कोषमा पठाएको उनले जानकारी दिए ।

होटलका मृतक कर्मचारीमध्ये एक जनाको परिवारले सामाजिक सुरक्षा सुविधा पाउँ भनेर कोषमा निवेदन दिएको हुँदा ऐनको व्यवस्था अनुसार कोषले होटललाई नै एकमुष्ट भुक्तानी दिन आदेश दिएको उनले बताए ।

अदालतसम्म पुग्नु परेपनि पछि हट्दैनौँः सोल्टी होटल

कोरोनाको कारण सम्पुर्ण अन्र्थतन्त्र नै ठप्प रहेको सो अवस्थामा होटल बन्द करिब ६ महिना बढी नै सोल्टी होटल बन्द भएको थियो । बन्द भएको अवस्था आर्थिक अभावको कारण होटल व्यवस्थापनले योगदान वापतको रकम कोषमा पठाउन ढिलाई गरेको होटल एचआर हेड रर्जु रंजित स्वीकार गर्छन् ।

तर, सरकारले समेत आफ्नो जिम्मेवारी ढिलापुरा गरेको अवस्थामा होटलको मात्र गल्ती औँल्याउँदै ऐन र कानुनको गलत व्याख्या गरी जिम्मेवारीबाट कोष पन्छिन नमिल्ने उनले बताए ।

‘सरकारले पठाउने बैशाख, जेठ र असारको रकम समेत कोषमा असोज २७ र २८ गते मात्र पठाएको छ भने हाम्रो तर्फबाट पनि ५/६ महिना ढिलो भएकै हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘सरकारले ढिलो गरेको समयबीचमा कर्मचारीको मृत्यु भएको भएपनि उहाँहरुको जवाफ यही हुन्थ्यो ? होटल त बन्द भएर आम्दानी नै नभएपछि रकम पठाउन नसकेको हो ।’

कोषले योगदान वापतको पैसा पठाउन ढिलाई गरे वापत दण्ड जरिवाना तिराउन चाहेमा त्यसको भागिदार हुने उनको भनाइ छ ।

तर, आफ्नो दायित्व नै होटललाई सार्न नमिल्ने भन्दै कानुनी साहयतामा अदालतसम्म पुग्न तयार रहेको उनले बताए ।

‘कोषले आफ्नो कानुनको बुँदागत व्याखया गर्दै दायित्व वापतको सम्पुर्ण भुक्तानी होटललाई नै दिन आदेश दिएपछि त्यसको जवाफ हामी गत साता पठाइसकेका छौँ,’ उनले थपे, ‘कानुन सबैको लागि बराबरी हो यसको लागि हामी अदालतसम्मै जानु परेपनि तयार छौँ, यदि कोषले मृतकको परिवारलाई दिनुपर्ने हो भने ३ जनाकै परिवारले पाउनु पर्छ ।’

होटलको तर्फबाट मृतकको परिवालाई दिनुपर्ने ७ लाख रुपैयाँ बीमा रकम सहित अन्य क्षतिपुर्ति गरी करिब १२ लाख रुपैयाँ मृतक परिवारहरुले पाइसकेको उनले जानकारी दिए । अब, कोषको तर्फबाट पुरा गर्नुपर्ने दायित्वलाई समेत होटललाई नै पुरा गर भन्नु कानुनको गलत व्याख्या भएको उनको भनाइ छ ।

‘ढिलाइ गरे वापत ब्याज तिर्नु परेपनि तिछौँ तर, संस्थाले आन्तरिक समस्याको कारण योगदान रकम पठाउन ढिलाई गरेको भन्दैमा योगदानकर्तालाई सुविधा नदिने भन्न मिल्दैन,’ उनले भने, ‘हामीले कोषलाई स्पष्टिकरण पठाएपछि दायित्व भुक्तानी कोषले नै गर्नु पर्छ भन्नेमा केही सकारात्मक उहाँहरु देखिनु भएको छ ।’

कोरोनाको कारण होटल बन्द भएको अवस्थामा समेत योगदान ढिलो पठाएको भन्दै दायित्व वहन गर्न कोषले अस्वीकार गरेपछि पछिल्लो समय कर्मचारीको तलबभन्दा अगावै कोषमा रकम जम्मा गर्न थालेको उनले जानकारी दिए ।

‘३ सय ३८ जना कर्मचारीको करिब ३० लाख रुपैयाँ कोषमा पठाउनु पर्छ, तलब बाँढ्न समस्या भएपनि कोषमा पठाउन भने एक दिन पछि ढिलाइ गर्दैनौँ, यस्तो समस्या अरु पनि नहोला भन्न सकिन्न,’ उनले थपे ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार ००:००  २ : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping