अधिकांश बैंकले घटाए कर्जाको ब्याजदर, कसको कति ? « Eglish Khabarhub

अधिकांश बैंकले घटाए कर्जाको ब्याजदर, कसको कति ?



काठमाडौं । अधिकांश वाणिज्य बैंकहरुले कर्जा ब्याजदर घटाएका छन् । गत चैतमा कायम आधारदर (बेसरेट) घटाएर बैंकहरुले कर्जाको ब्याजदर घटाएका हुन् ।

सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरु मध्ये २० वटाले साउन १ गतेदेखि लागु हुने गरी कर्जा तथा निक्षेपको ब्याजदर सार्वजनिक गरेको छन् ।

नयाँ ब्याजदर सार्वजनिक गर्नेमा केही बैंकले पहिलेकै बेसरेटमा केही प्रतिशत प्रिमियम थप गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् भने १० वटा वाणिज्य बैंकले बेसरेट घटाएर कर्जाको ब्याजदर तय गरेका छन् ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा दर लागू हुने महिनाको अघिल्लो महिना मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएको छ । जसअनुसार अधिकांश बैंक तथा वित्त कम्पनीले २०७८ साउनदेखि लागू ब्याजदर असार मसान्तमै सार्वजनिक गरेका छन् ।

यदि बैंक तथा वित्त कम्पनीको कर्जाको (आधारदर) परिवर्तनले ब्याजदर थप घट हुन्छ । कर्जा लिन अघि कुन बैंकको बेसरेट कति छ भनेर निक्योल गर्न आवश्यक हुन्छ । जसमा केही प्रतिशत प्रिमियम थप गरी बैंकहरुले कर्जा प्रवाह गरेका हुन्छन् ।

प्रायजसो बैंक तथा वित्त कम्पनीले त्रैमासिक रुपमा आफ्नो बेसरेट परिवर्तन गर्ने गर्छन् । तर केही बैंकहरुले मासिकरुपमा र त्रैमासिकरुपमै बेसरेट परिवर्तन गर्ने हुँदा अहिले घटेको बेसरेट साउनमा परिवर्तन हुन सक्ने माछापुच्छ्रे बैंकका सीइओ सन्तोष कोइरलाले बताए ।

‘केही बैंकहरुको साउनमा बढ्न सक्ने देखिन्छ तर ऋणपत्र जारी गरेर तथा अन्य माध्यमबाट स्रोत व्यवस्थापन गरी सीसीडी सहज भउका बैंकहरुले घटाउन सक्ने पनि सम्भावना छ,’ उनले क्लिकमाण्डूसँग भने, ‘हाम्रो बैंकले पनि यसअघि कायम बेसरेटलाई अर्को त्रैमासकमा केही घटाउन सक्छ, अहिले घटेको बेसरेट केही समयको लागि मात्र हो ।’

कर्जाको ब्याजदर यसअघि नै बैंकहरुले धेरै घटाइसेको हुँदा निक्षेप र कर्जाको ब्याजदर स्प्रेडलाई तोकिएको सीमाका कायम गर्दै आगामी दिनमा धेरै बैंकहरुले बेसरेट बढाउन सक्ने उनको अनुमान छ ।

यसअघि कायम बेसरेट नै घटाएर कर्जाको नयाँ ब्याजदर सार्वजनिक गर्नेमा नेपाल एसबीआई, सिभिल, एभरेष्ट, कुमारी, सिद्धार्थ, मेगा, नबिल, सनराईज, माछापुच्छ«े र बैंक अफ काठमाण्डू रहेको छन् । यी बैंकहरुले अघिल्लो वेसरेटमा ०.०८ बिन्दुदेखि १.०४ बिन्दुसम्म घटाएका हुन् ।

जसमा सबैभन्दा बढी बैंक अफ काठमाण्डौंले घटाएको छ । बैंकले अघिल्लो बेसरेटमा १.०४ बिन्दुले घटाएर ६.६५ प्रतिशत बेसरेट कायम गरेको छ ।

यसैगरी, सनराइज बैंकले अघिल्लो वेसरेटमा ०.५१ बिन्दुले घटाएर ६.७२ प्रतिशत, नबिल बैंकले ०.४७ बिन्दुले घटाएर ५.७१ प्रतिशत, मेगा बैंकले ०.३४ बिन्दुले घटाएर ७.०१ प्रतिशत र सिद्धार्थ बैंकले ०.३० बिन्दुले बेसरेट घटाएर ६.६९ प्रतिशत कायम गरेको छ ।

साथै, अघिल्लो बेसरेटमा कुमारी बैंकले ०.२३ बिन्दुले घटाएर ७.४० प्रतिशत, एभरेष्ट बैंकले ०.२१ बिन्दुले घटाएर ५.८९ प्रतिशत, माछापुच्छ्रे बैंकले ०.२० बिन्दुले घटाएर ६.८९ प्रतिशत, सिभिल बैंकले ०.११ बिन्दुले घटाएर ७.७१ प्रतिशत र नेपाल एसबीआई बैंकले ०.०८ बिन्दुले घटाएर ७.३८ प्रतिशत बेसरेट हाल कायम गरेको छ ।

यस्तै, नयाँ ब्याजदर सार्वजनिक गरेमा १० बैंकहरुमा अघिल्लै बेसरेटलाई आधारमानि केही प्रतिशत प्रिमियम थपघट गर्दै कर्जाको ब्याजदर निर्धारण गरेका छन् । जसमा हिमालयन, कृषि विकास, एनसीसी, नेपाल बैंक, प्रभु, राष्ट्रिय वाणिज्य, स्ट्यान्डर्ड चार्टर्ड, नेपाल बंगलादेश र एनएमबी बैंक रहेका छन् ।

Publish on: