जागिर जोगाउन सेबोन अध्यक्ष ढुंगाना तीब्र ‘राजनीतिक लविइङ’मा « Eglish Khabarhub

जागिर जोगाउन सेबोन अध्यक्ष ढुंगाना तीब्र ‘राजनीतिक लविइङ’मा


१७ श्रावण २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाली समाजमा एउटा उखान लोकप्रिय छ । त्यो हो- ‘कसलाई के को धन्दा, घरज्वाईंलाई खानकै धन्दा’ ।

यस्तै भएको छ नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगानालाई । राजनीतिक नियुक्तिबाट नियामक निकायको प्रमुखको जागिर खाने, अनि गैरकानूनीरुपमा सेयर खरिद गर्ने । अझ भनौं गोल्डेन सेयर ग्रहण गर्ने ।

दिनदहाडै कानुन मिच्ने काममा लागेका ढुंगाना अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेपछि आफूलाई जोगाइदिन भन्दै पछिल्ला दिनमा शक्तिकेन्द्र धाउन थालेका मात्रै छैनन्, तीब्र राजनीतिक ‘लविइङ’ मा समेत लागेका छन् ।

तालुकदार मन्त्रालयका मन्त्री, सचिव भेटेको भएपनि हुने थियो । कुनै साइनो सम्बन्ध नै नभएका मन्त्रीलाई भेटेर उनले भन्ने गरेका छन्- ‘मैले कुनै गैरकानूनी काम गरेको छैन, तर म माथि अन्याय हुनलाग्यो ।’

निकट भविष्यमा नै साधारण सेयर बिक्री गर्न लागेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर ढुंगानाले छोरी रेविका ढुंगानाको नाममा खरिद गरेका छन् । नियमक निकायमा बस्नेले यसो गर्नु सर्वथा गैरकानुनी र अनैतिक काम हो ।

विश्वव्यापी मान्यता नै के हो भने नियमक निकायका प्रमुख तथा त्यहाँ संलग्न कर्मचारीको एकाघरका कुनै पनि सदस्यले संस्थासँग जोडिएका कुनै पनि काम गर्न पाइदैन । तर, ढुंगानाले यो मान्यताको नांगो वर्खीलाप गरेका छन् ।

साधारण सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेका अध्यक्ष ढुंगाना पद जोगाउनको लागि राजनीतिक लबिङमा लागेर गल्तीमाथि गल्ती गरिरहेका छन् ।

ढुंगानाले केही दिन पहिले कुनै सम्बन्ध नै नभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भेटघाट गरेका थिए ।

बुक बिल्डिङबाट साधारण सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरेपछि सर्वोत्तम सिमेन्टको सेयर धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको छोरीको नाममा किनिएको भेटिएको थियो ।

त्यसबारेमा चौतर्फी आलोचना भएपछि तालुकदार मन्त्रालय अर्थले अस्पष्ट भाषामा बोर्डलाई स्पष्टिकरण सोधेको छ । स्पष्टिकरण बुझाउने समय सीमा आइतबारसम्म हो ।

धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाले आफ्नो छोरीले कानूनअनुसार सेयर किनेको दाबी गरेका छन् ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णु न्यौपानेले धितोपत्र बोर्ड अध्यक्ष ढुंगानाको छोरीको नाममा सेयर किनिएको भन्दैमा आफूले फाइदा उठाउन खोजेको भन्नु गलत भएको र यो विषय कानून अनुसार भएको हुँदा यो विषय उचाल्न जरुरी नभएको दावी गर्दै आएका छन् ।

उनको दावी नियामकीय हिसाबले समेत मिल्ने विषय हुँदै नभएको बोर्डका पूर्वअध्यक्षहरुको भनाइ छ ।

अर्थमन्त्रालयले धितोपत्र बोर्ड अध्यक्ष र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदको श्रीमतीले सेयर किनेको विषयमा भने व्यक्तिगत रुपमा नभएर संस्थागत छानबिन गर्ने खालको विज्ञप्ती जारी गरेको छ ।

यद्यपी, अर्थमन्त्रालयका अधिकारीहरु बोर्ड अध्यक्ष ढुंगाना र नेप्से सीइओको श्रीमतीले सेयर किनेको विषय छानबिन प्रक्रिया शुरु भइसकेको जनाएका छन् ।

साधारण सेयर निष्कासन हुने भएपछि छोरीको नाममा सर्वोत्तमको सेयर किनेपछि बोर्ड अध्यक्ष ढुंगाना विवादमा परेका छन् । बोर्ड अध्यक्ष ढुंगानासँगै नेपालमा पहिलो पटक बुक बिल्डिङबाट ल्याउन लागेको आइपीओ समेत विवादमा परेको छ ।

विवादमा परेका ढुंगानाले भने पद जोगाउनको लागि राजनीतिक लविङमा लागेको उनी निकटस्थहरुको भनाइ छ ।

ढुंगानाले ऊर्जामन्त्री पम्फा भुसाललाई बधाई दिने भन्दै भेट गरेका छन् । ऊर्जामन्त्री धितोपत्र बोर्ड ऊर्जा मन्त्रालयको कार्यक्षेत्रमा पर्दैन । बोर्डको विभागिय मन्त्रालय अर्थमन्त्रालय हो । ढुंगानाले उर्जामन्त्री भुसालसँग कानून अनुसार सेयर किनेको भन्दै पद जोगाउन लबिङ गरेका हुन् ।

‘बधाई दिने भन्दै धेरै मानिस आएका थिए । मन्त्रीज्यूसँग धेरैले फोटो पनि खिचाए । त्यसमा ढुंगाना पनि रहेछन् । उनले पनि फोटो खिचाए । भएको यत्ति मात्रै हो’ ऊर्जा मन्त्री भुसालका एक सहयोगीले भने ‘त्यही फोटो देखाएर उनले (ढुंगाना)ले राम्रै प्रचार गरेका रहेछन् ।’

बोर्ड अध्यक्ष ढुंगानाले अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने समय मागेपनि अहिलेसम्म नपाएको बुझिएको छ ।

ढुंगाना केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला २०७६ साल पुसमा धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त भएका थिए ।

नेपाल राष्ट्र बैंकबाट अवकाश पाएपछि ढुंगानालाई राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा अध्यक्षमा नियुक्त गरिएको थियो ।

नेपाल धितोपत्र बोर्डको बोर्ड सदस्यको आचारसंहिता २०७४ अनुसार बोर्डबाट अनुमति प्राप्त धितोपत्र व्यवसायी, सूचीकृत संगठित संस्था तथा कारोबारमा आफनो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत तथा पारिवारिक फाइदा हुने क्रियाकलपामा संलग्न हुनु हुँदैन भन्ने व्यवस्था छ ।

यस्तै कुनै पनि प्रकारको दान, दानव्य, कोसेली, उपहार माग्न, स्व्किार गर्न वा आफनो परिवारका कुनै सदस्यबाट स्वीकार गराउनु हुँदैन भन्ने प्रावधान समेत सोही ऐनमा रहेको छ ।

तर, ढुंगानाले उक्त ऐनको यी प्रावधानको समेत वर्खीलाप हुने गरी काम गरेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ००:००  ४ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping