सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच सम्झौता « Eglish Khabarhub

सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच सम्झौता


१७ श्रावण २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । नेपाल सुनचाँदी ब्यवसायी महासंघ र गेटवे पेमेण्ट नेपालबीच भुक्तानी सेवा सम्वन्धी सम्झौता भएको छ ।

महासंघको केन्द्रिय कार्यालय नक्सालमा आइतबार आयोजित एक समारोहबीच महासंघका अध्यक्ष माणिक रत्न शाक्य र गेटवे पेमेण्ट नेपालका सल्लाहकार अशोक कृष्ण श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

दुई संस्थाबीच भएको यो सम्झौता पश्चात सुनचाँदी ब्यवसायीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विक्री गर्ने गरगहनाको भुक्तानी डिजिटल प्रणाली मार्फत लिन सक्नेछन् ।

यो सम्झौता पश्चात अव सुनचाँदीका गरगहनाको खरिद पश्चात अनलाइन बैंकिङ, इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङ, वालेट एवं डोमेस्टिक तथा इन्टरनेशनल कार्डहरुमार्फत् रकम भुक्तानी गर्न थप सहज हुनेछ । यसले उपभोक्ता र ब्यवसायी दुपै पक्षलाई फाइदा पुग्ने बिश्वास लिइएको छ ।

यसकालागि गेटवे पेमेण्ट नेपालले सहजकर्ताकोरुपमा काम गर्ने छ । यो सम्झौता वाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा गरगहनाको विक्री गरी त्यसको भुक्तानी डिजिटल प्रणालीमार्फत् सहजै गर्न सकीने भएकोले यो प्रणाली ब्यवसायी एवं उपभोक्ता दुवै पक्षका लागि लाभदायी हुन सक्ने महासंघका अध्यक्ष शाक्यले बताए ।

गेटवे पेमेण्ट नेपालका सल्लाहकार श्रेष्ठका अनुसार यो प्रविधिले ब्यापार ब्यवसायगर्न थप सहज हुने र यसले ब्यवसायीहरुलाई आत्मनिर्भर बनाउन सघाउने छ ।

नेपाल सुनचादी ब्यवसायी महासंघ देशभरका सुनचाँदी ब्यवसायीहरुको छाता संस्था हो । यस्तै गेटवे पेमेण्ट नेपाल नेपाल राष्ट्र बैंकवाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

प्रकाशित मिति : १७ श्रावण २०७८, आइतबार ००:००  २ : ५२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping