![](https://internal.appharu.com/wp-content/uploads/2017/08/soltee-1024x398.jpg)
काठमाडौं । कोरोना महामारीबाट प्रभावितमध्येको एक होटल क्षेत्रको घाटा चुलिँदै गएको छ । विदेशी पर्यटक नआउँदा होटल सञ्चालन हुन सकेका छैनन भने आन्तरिक पर्यटक पनि अपेक्षाकृत रुपमा बढ्न सकेको छैन ।
जसका कारण पाँचतारे होटल सोल्टीको घाटा साढे १८ करोड पुगेको छ । होटलले प्रकाशित गरेको गत आवको वित्तीय विवरण अनुसार होटलले गत आवमा मात्रै १८ करोड ६० लाख ४६ हजार रुपैयाँ घाटा बेहोरेको छ ।
जबकी होटलको अघिल्लो आवको नाफा ११ करोड २० लाख रुपैयाँ थियो ।
यसबीचमा होटलको आम्दानी पनि उल्लेख्य रुपमा घटेको छ । अघिल्लो आवमा १ अर्ब २६ करोड आम्दानी गरेको होटलले गत आवमा ४३ करोड १३ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।
होटलको ऋणपुँजी अनुपात ०.७ छ भने प्रतिसेयर आम्दानी २.२१ रुपैयाँ ऋणात्मक छ । साथै प्रतिसेयर नेटवर्थ १७.३७, प्रतिसेयर कुल सम्पत्तिको मूय २४.४३ रुपैयाँ छ ।
होटलले कम्पनीको आम्दानी घट्नुमा विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस, मुलुकमा पर्यटन सम्बन्धि पर्याप्त भौतिक पूर्वाधारको अभाव, विदेशी विनिमय दरमा हुने अप्रत्याशित परिवर्तन, उर्जा, विद्युत् इन्धन तथा तत्सम्बन्धि औद्योगिक पदार्थमा हुने अप्रत्याशित उच्च मूल्यवृद्धिलगायतका कारणलाई आधार बनाएको छ ।
प्रतिक्रिया