२९ मंसिर २०८२, आइतबार

दिगो विकासका लक्ष्य प्राप्तिमा वार्षिक ५ खर्ब ८५ अर्ब नपुग्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालले दिगो विकासले निर्धारण गरेका लक्ष्य प्राप्तिका लागि बजेटको अभाव हुन सक्ने देखिएको छ । महालेखा परीक्षकको प्रतिवेदन अनुसार दिगो विकासका लक्ष्य हासिल गर्नका लागि नेपालले वार्षिक २० खर्ब २५ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने अवस्था छ ।

तर विद्यमान स्रोत परिचालन र प्रमुख दिगो विकास लक्ष्यका क्षेत्रहरुमा गरिनुपर्ने आवश्यक लगानीको तुलनामा स्रोतको विद्यमान विनियोजनको प्रवृत्तिलाई दृष्टिगत गर्दा दिगो विकास लक्ष्यका क्षेत्रहरुमा कुल वार्षिक औसतमा ५ खर्ब ८५ अर्ब रुपैयाँ अपुग हुने देखिएको हो ।

सोमध्ये सार्वजनिक र निजी क्षेत्रहरुमा दिगो विकास लक्ष्यका लागि वित्त व्यवस्थाको अन्तराः क्रमशः २ खर्ब १८ अर्ब र ३ खर्ब ६७ अर्ब हुने अनुमान गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अर्थमन्त्रालय समग्र वित्त नीति तर्जुमा गर्न जिम्मेवार हुने भएकाले व्यापक लागत सहभागिता जुटाउने सम्बन्धमा वित्तीय स्रोत वृद्धिका लागि राजस्वका दायरा बिस्तार गरी थप राजस्व संकलन गर्ने, वैदेशिक सहायकताको उच्चतम परिचालन गर्नेतर्फ अग्रसर हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ । साथै सहकारी र निजी क्षेत्रको सहभागिता अभिवृद्धि गर्न थप प्रयास गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।