दशैंमा महंगीको मारः खाद्यान्नदेखि तरकारी, इन्धन र मासुमा चर्को मूल्यवृद्धि « Eglish Khabarhub

दशैंमा महंगीको मारः खाद्यान्नदेखि तरकारी, इन्धन र मासुमा चर्को मूल्यवृद्धि


२१ आश्विन २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । डेढ वर्षदेखि कोरोना भाइरस महामारीले आर्थिक मन्दी खेपिरहेका बेला मूल्य वृद्धिले भान्सा निकै महंगिएको छ । करिब एक वर्षको अवधिमा भान्सामा प्रयोग हुने अधिकांश खाद्यान्न निकै महंगिएको हो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षको दशैंमा दोब्बरले खर्च हुने देखिएको छ । भान्सामा नभई नहुनेको तेलको मूल्य वृद्धिले इतिहास कायम गरेको छ । त्यस्तै, दाल, चामल, गेडागुडीलगायत अन्य खाद्यान्नको मूल्य वृद्धि भएको छ । साथै, तरकारी, मासु र इन्धनको पनि मूल्यवृद्धि भएको छ ।

नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधारले गत वर्षको तुलनामा यो वर्षको दशैंतिहार मूल्य वृद्धिले भान्सा महंगिएको बताए । उनकाअनुसार कोरोनाले हजारौं श्रमिक बेरोजगार भएको र व्यापार व्यवसायले गति लिन नसक्दा सम्पूर्ण खाद्यान्नको मूल्य वृद्धिले भार थपिएको छ ।

‘गत वर्ष खाद्यान्नक लागि सामान्य १० हजार खर्च हुन्थ्यो भने यो वर्ष उक्त खर्च बढेर १५ हजार बढी हुन्छ,’ तुलाधारले भने ।

कोरोपश्चात् सबैभन्दा बढी भान्सामा नभई नहुने तेलको मूल्य वृद्धिले सर्वसाधारणमा आतंक फैलाएको उनको भनाई छ । साथै, सामान्य दाल चामलमा पनि मूल्यवृद्धि भई भार थपिएको छ ।

२०७७ सालको असोजको १५ गतेसम्ममा प्रतिलिटर १७५ रुपैयाँमा पाउने भट्मासको तेल अहिले २६० रुपैयाँ, २०० रुपैयाँ रहेको तोरीको तेल अहिले २७५ रुपैयाँ र १८० रुपैयाँ रहेको सूर्यमुखी तेलको मूल्य अहिले २७० रुपैयाँ पुगेको छ । उक्त खाद्यान्नको मूल्यमा करिब १ वर्षको अवधिमा ९० रुपैयाँसम्म बढेको छ ।

त्यसैगरी गत वर्ष प्रतिकेजी १२५ रुपैयाँ पर्ने रातो दाल अहिले १६० रुपैयाँ, १७० रुपैयाँ रहेको रहरको दाल अहिले १८० रुपैयाँ, ७२ रुपैयाँ पर्ने केराउ १०० रुपैयाँ, ११५ रुपैयाँ पर्ने हरियो केराउ १२० रुपैयाँमा बिक्री भइरहेको छ ।

यी हुन् मूल्य घटेका खाद्यान्न

बजारमा अत्याधिक मूल्य वृद्धि भएको अवस्थामा केही खाद्यान्नको मूल्य भनेको घटेको छ । खुद्रा व्यापार संघका अनुसार कालो दालमा ५ रुपैयाँ, मुङ छाटामा १५ रुपैयाँ, चनामा १५ रुपैयाँ, जिरा मसिनो २५ केजी चामलमा १५० रुपैयाँ, लङ ग्रोन २० केजी चामलमा २०० रुपैयाँ, हुलासको ५ केजी आँटामा १५ रुपैयाँ, मैदा ५० केजीमा १५० रुपैयाँ, २० केजी चिउराको बोरामा ५० रुपैयाँ घटेको छ ।

तरकारीको भाउ छोइनसक्नु

खाद्यान्नमा मात्रै नभएर अत्वश्यक तरकारीको मूल्य पनि अत्याधिक बढेर छौइनसक्नु अवस्थामा पुगेको छ । हाल बजारमा आलु, काउली, गोलभेडा, घिरौला, सिमी, तितो करेला, साग, प्याज, बन्दा, ब्रोकाउली, मुला, लौका धनिया भिण्डीलगायतमा तरकारीको अत्याधिक मूल्य बढेको छ ।

उक्त तरकारीको मूल्य करिब दोब्बरले बढेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कले देखाउँदछ । सामान्यतया ती तरकारीमा गत भदौको तुलनामा मौसमी तरकारीमा प्रतिकेजी ५ रुपैयाँदेखि बेमौसमी तरकारीमा १ सय रुपैयाँ बढेको समितिका सुचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए । तर, गत वर्षको सोही अवधिको तुलनामा भने तरकारीको मूल्य घटेको देखिन्छ ।

खसी र च्याङ्ग्राको मासु महंगो पर्ने

दशैं नजिकिँदै गर्दा सबैभन्दा बढी चर्चामा आउने खसीबोका र च्याङ्ग्राको मासुको मूल्य महंगो हुने भएको छ । हरेक वर्ष दशैंमा देशभर करिब ५० हजार खसीबोका खपत हुने गर्दछ । उक्त खपत हुने मासुका मूल्य यो वर्ष अत्याधिक बढ्ने भएको छ ।

हाल बजारमा जिउँदो भारतीय खसी प्रतिकिलो ७ सय र नेपाली खसी प्रतिकिलो ६ सय ४० देखि ६ सय ५० रुपैयाँसम्ममा खरिद–बिक्री भइरहेको छ । तर, दशैंको लागि भने उक्त खासीबोकाको मूल्य बढ्ने नेपाल चौपाया संघका अध्यक्ष सन्तोष खत्री बताउँछन् ।

उनकाअनुसार यो वर्षमा गत वर्षको तुलनमा प्रतिकेजी ५० रुपैयाँसम्म बढ्नेछ । साथै, च्याङ्ग्राको भने अत्याधिक मूल्य बढ्ने अनुमान गरेका छन् । हाल जोमसोम तथा मुस्ताङमै प्रतिकेजी १२ सय रुपैयाँ परेको हुनाले बजारमा आइपुग्दा १५ सय रुपैयाँ पुग्ने उनको दाबी छ ।

हाल, खुद्रा बजारमा काटेर तयार गरेको खसीमो मासुको मूल्य प्रतिकिलो १३ सय रुपैयाँमा बिक्री भइरहेको छ ।

इन्धनको मूल्य २३ रुपैयाँसम्म बढ्यो

कोरोना भाइरसको महामारीको थप थलिएको बजारमा इन्नधको मूल्यले थप मारमा परेका छन् । गत वर्ष असोज महिनामा प्रतिलिटर १०७ रुपैयाँमा पाउने पेट्रोलको मूल्य एक वर्षमै २३ रुपैयाँ बढेर १३० रुपैयाँमा कारोबार भएको छ ।


त्यस्तै, गत वर्ष ९० रुपैयाँमा कारोबार भएको डिजेल र मट्टितेलको मूल्य बढाएर ११३ रुपैयाँमा कारोबार भइरहेको छ । साथै, प्रति ग्यास १४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७८, बिहिबार ००:००  ९ : १९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping