स्वदेशमा छ एकमात्रै डटपेन उद्योग, वार्षिक अर्बको आयात « Eglish Khabarhub

स्वदेशमा छ एकमात्रै डटपेन उद्योग, वार्षिक अर्बको आयात


२५ कार्तिक २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सरकारले शिक्षा क्षेत्रमा वार्षिक अर्बौं रुपैयाँ खर्च गरिरहेको छ । दुर्गम क्षेत्रमा बालबालिकालाई विद्यालय भर्ना गर्न भनेर किताबकापीदेखि खाजाको व्यवस्थासमेत गर्छ ।

सरकारी तथ्यांक हेर्ने हो भने शैक्षिक वर्ष २०७७ मुलुकभर ३५ हजार ६ सयभन्दा धेरै विद्यालयहरुमा ६४ लाखभन्दा धेरै विद्यार्थीहरु अध्ययनरत छन् । शिक्षकको संख्या ३ लाख २० हजारभन्दा धेरै छ ।

यी विद्यालयका विद्यार्थी र शिक्षकले मासिकरुपमा कति डटपेन प्रयोग गर्लान ? विद्यार्थीबाहेककाले पनि हरेक दिन डटपेनको प्रयोग पनि उसैगरी गर्छन ।

प्रयोग हुने कलम र डटपेको संख्या निकाल्न गाह्रो हुने भए पनि लाखौंवटा प्रयोग गर्नेमा कुनै शंका छैन । विद्यार्थी र शिक्षकले मात्र होइन, हरेक कार्यालय, उद्योग प्रतिष्ठानलमा डटपेनको प्रयोग दैनिक हुन्छ ।

यस्तो अवस्थामा मुलुकका डटपेनको बजार कति छ ? हामीले अनुमान गर्न सक्छौं अर्बौं रुपैयाँको छ । यो कुरालाई वार्षिकरुपमा आयात भइरहेको डटपेनको संख्याले पनि पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७७/७८ मा नेपालले ८३ करोड ३७ लाख रुपैयाँ बराबरको २४ करोड १० लाख ८३ हजार पेन आयात गरेको छ ।

चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा मात्र २१ करोड ९ लाख ७१ हजार रुपैयाँ बराबरको ५ करोड ७५ लाख ८८ हजारवटा डटपेन भित्रिएका छन् । उक्त आयातित डटपेनबाट नेपालले तीन महिनाको अवधिमा ५ लाख ३ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।
नेपालमा चीन, भारत, जापान, जर्मनी, कोरियाबाट बढी डटपेन आयात भइरहेका छन् ।

यो भन्सारबाट आधिकारिक रुपमा आइरहेको तथ्यांक हो । शैक्षिक सामग्री बिक्रेताका अनुसार भारतको खुला बोर्डरबाट भन्सार छलेर थुप्रोमात्रा कलम भित्रिरहेका छन् ।

मुलुकमा कलम र डटपेनको प्रचुर बजारको सम्भावना रहेको भए पनि अहिलेसम्म विदेशकै भर पर्नु परेको छ ।

बिडम्वना कस्तो छ भने नेपालमा कलम उत्पादन गर्ने उद्योग एउटामात्र छ ।

नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष हरिप्रसाद भण्डारीले नेपालमा खपत भइरहेको डटपेन विदेशिमै भर परेको बताए । उनकाअनुसार नेपालमा उपलब्ध भएका डटपेन सबै विदेशबाट आयात भइरहेका छन् ।

‘नेपालमा शैक्षिक सामग्री सम्पूर्ण आयात गर्नुपर्ने हुन्छ । त्यसमा केही उद्योगीहरूले कागज उत्पादन गर्दै आएका छन् । तर, डटपेन उत्पादन गर्ने उद्योग नेपालमा एउटामात्र छ,’ उनले क्लिकमाण्डूसँग भने ।

उक्त उद्योगले आफ्नो क्षमताअनुसार डटपेन उत्पादन गरिरहेको छ । नेपालमा रहेका लाखौं स्कुल तथा कलेजले आवश्यक भएका डटपेन विदेशमै भरपर्दा वार्षिक अर्बौ रुपैयाँ बाहिरिरहेको छ ।

‘भारतबाट ठूलो मात्रामा आयात भइरहेको छ । खुला सीमाना भएका कारणले त्यसलाई रोक्न सकिएको अवस्था छैन । सरकारले पनि मेक इन नेपाल, मेड इन नेपाललाई प्रोत्साहन गर्नुपर्छ,’ उनले भने ।

मुलुकभर अध्ययनरत विद्यार्थीले मासिक कम्तीमा एउटा वटा डटपेन प्रयोग गर्ने संघको अनुमान छ । यसैका आधारमा हिसाब गर्ने हो भने पनि विद्यार्थीले मात्र मासिक ६४ लाखभन्दा धेरैको डटपेन प्रयोग हुन्छ ।

नेपालको एकमात्र डटपेन ‘रेन्को’
नेपालमा डटपेनको नाममा एकमात्र स्वदेशी उत्पादन हो, ‘रेन्को’ । विराटनगरको तीनपानीमा रहेको नेपालको एकमात्र डटपेन उत्पादन गर्ने उद्योगले दैनिक २ लाख वटा डटपेन उत्पादन गर्दै आएको कम्पनीका प्रबन्ध निर्देशक नविन झुनझुनवालाले बताए । धेरै लगानी गरेर भए पनि आफूहरुले डटपेन उत्पादन गरिरहेको उनले बताए ।

‘नेपालमा डटपेन उत्पादनका लागि भारतको तुलनामा धेरै बढी लगानी हुन्छ,’ उनले भने, ‘तर पनि कम्पनीले अन्य देशबाट आयात गरेको डटपेन जस्तै गुणस्तरमा ध्यान दिएर उत्पादन गरिरहेका छौं ।’

नेपालमा डटपेन उत्पादन गरी लाभ लिन सक्ने सम्भावना हुँदाहुँदै पनि उद्योग भने स्थापना गर्न नसक्नुको मुख्य बाधक राज्यको नीति रहेको संघका अध्यक्ष भण्डारीले बताए ।

सरकारले आन्तरिक उत्पादनमा प्राथमिकता दिन भनेर नीति निर्माण गरेको छ । तर, कार्यान्यवन भने भइरहेको छैन ।

‘नेपालमा आवश्यक शैक्षिक सामग्रीको उद्योग स्थापना गर्नु नसक्नुको मुख्य कारण नीति नियम रहेको छ । जसले गर्दा हालसम्म अति आवश्यक डटपेनको उद्योग स्थापनाको लागि उद्योगमैत्री अवस्था छैन,’ उनले भने ।

त्यसैगरी, नेपालमा उत्पादन गर्ने भनिए पनि कच्चा पदार्थको लागि तेस्रो मुलुकमै भर पर्नुपर्ने अवस्था छ । कच्चा पदार्थ आयात गरी उत्पादन गर्दा निकै महंगो पर्ने गर्दछ । त्यसैले, उद्योग स्थापना हुन नसकेको उनको भनाइ छ ।

रेन्को कम्पनीलाई डटपेन उत्पादन गर्न धेरै प्रकारका कच्चा पदार्थ आयात गर्नुपर्छ । तै पनि कम्पनीले बजारलाई सुहाउने तरिकाले धेरै नाफा नराखेर उत्पादन गरी बजारमा बिक्री गरिरहेको कम्पनीको छ । साथै, भारतबाट अत्यधिक मात्रामा चोरीको डटपेन भित्रिरहेकाले बजारमा सोही डटपेन बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।

संघका अध्यक्ष भण्डारीले भन्सारबाट आयात हुनेभन्दा पनि बढी चोरीको डटपेन बढी भित्रिने गरेको उनले जिकिर गरे । नेपालमा प्रचुर उद्योग स्थापना गर्ने सम्भावना हुँदा पनि कच्चा पदार्थ, सरकारको नीति तथा कामदारको अभावले सजिलै उद्योग स्थापना गर्न नसकेको उनको भनाइ छ ।

त्यस्तै, महासंघका महासचिव प्रकाश श्रेष्ठले उद्योग स्थापनका लागि पर्याप्त कच्चा पदार्थ, कामदारको अभाव र सरकारको स्पष्ट नीति नहुँदा डटपेनमा विदेशिमै भर पर्नुपर्ने बताए ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ००:००  १० : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping