साना किसानमा जान सकेन कृषि कर्जा, ठूला घरानाकै पहुँच « Eglish Khabarhub

साना किसानमा जान सकेन कृषि कर्जा, ठूला घरानाकै पहुँच


२५ कार्तिक २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मुलुकको कृषि क्षेत्रलाई विकास गर्ने भनेर सरकारले कृषि कर्जाको व्यवस्था गरेको छ । जसको मुख्य उदेश्य ग्रामीण क्षेत्रका साना किसान, घरेलु तथा साना व्यवसायीको पहुँचमा पुगोस् । र, यस समग्र कृषकको आर्थिक सुधार हुनुपर्छ भन्ने हो ।

तर, यथार्थमा त्यसो हुन सकेको छैन । राज्यले दिने सहुलियतपूर्ण व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा सामान्य कृषकभन्दा पनि ठूला व्यवसायिक घरानाकै पहुँचमा रहेको छ ।

नेपालमा कृषि क्षेत्रमा लगानी गरेको व्यवसायीक घरानामा गोल्यान समूह, सौरभ समूह, त्रिवेणी समूह, केडिया अर्गनाइजेशन लगायत रहेका छन् ।

उनीहरुसँग लगानीको अभाव छैन । तर, सरकारले दिने अनुदानमा पनि यस्ता ठूला व्यवसायी अगाडि देखिन्छ ।

यी घरानाले बैंक तथा वित्तीय संस्था, बीमा, उत्पादन मुलक उद्योगका साथै कृषि क्षेत्रमा पनि लगानी गरेका छन् ।
यस्ता घरानाले कृषि क्षेत्रमा गरेको लगानी आन्तरिक उत्पादन बढाउने, आयात रोक्ने र निर्यातलाई प्रोत्साहन गर्नेभन्दा पनि राज्यबाट पाउने अनुदान लिनतर्फ जोड दिएका हुन की ? भन्ने प्रश्न उत्पन्न गरेको छ ।

संख्यात्मकरुपमा यस्ता घरानाको संख्या कम भए छ । तर, रकमको आधारमा भने मोटो रकम सीमित व्यवसायीमा गएको छ ।

सरकारको नीति नियम सही आधारमा नचल्दा यिनी व्यवसायीक घरानाको पहुँच बैंक तथा वित्तीय संस्थामा सिधै राख्न सक्छन् । बैंक तथा वित्तीय संस्थाले ठूला घराना भएकै आधारमा सहजै ऋण दिने भएका कारण सहुलियतपूर्ण कर्जामा यस्तै घरानाको हालीमुहाली देखिन्छ ।

सरकारले दिने सहुलियतपूर्ण कर्जामा करिब २ दर्जन कम्पनी तथा फर्मले बढी लाभ लिएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार अहिलेसम्म बैंक, विकास बैंक, फाइनान्स कम्पनी र माइक्रोफाइनान्सबाट १ खर्ब ४९ अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैयाँ कर्जा लिएका छन् । अझै पनि १ खर्ब २४ अर्ब ९ करोड ४१ लाख ९८ हजार रुपैयाँको कर्जा स्वीकृत हुन बाँकी नै रहेको छ । ५३ हजार ७८५ जना ऋणीले उक्त कर्जा लिएका छन् ।

जसमा बिनाधितो ५ हजार ९९६ जना ऋणीले ३ अर्ब ६२ करोड १४ लाख ३० हजार र धितोसहित ४७ हजार ७८९ जना ऋणीले १ खर्ब ४५ अर्ब ६९ करोड ७० लाख ९१ हजार रुपैयाँ ऋण लिएको राष्ट्र बैंकको तथ्याङकमा उल्लेख छ ।

उक्त कर्जामध्ये वाणिज्य बैैंकबाट ४८ हजार १५८ जना ऋणीले १ खर्ब ३४ अर्ब ६३ करोड ७३ लाख ८५ हजार रुपैयाँ व्यवसायीक कृषि तथा पशुपन्छी कर्जा लिएका छन भने १ खर्ब १३ अर्ब ७६ करोड १६ लाख ३७ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी छ ।

जसमा बिनाधितो ४ हजार ८८९ जना ऋणीले २ अर्ब ७८ करोड ८९ लाख १० हजार र धितो राखेर ४३ हजार २६९ जना ऋणीले १ खर्ब ३१ अर्ब ८४ करोड ८४ लाख ७५ हजार रुपैयाँ ‘क’ वर्गका बैंकबाट कर्जा लिएका छन् ।

विकास बैंकबाट पनि ५ हजार १३९ जना ऋणीले १३ अर्ब ३ करोड १४ लाख ३९ हजार रुपैयाँ कर्जा लिएका छन् । ११ अर्ब ५२ करोड ४२ लाख ८१ हजार रुपैयाँ कर्जा स्वीकृत हुन बाँकी रहेको छ ।

उक्त कर्जामा विकास बैंकबाट बिनाधितो १ हजार ९९ जना ऋणीले ८२ करोड २५ लाख २० हजार रुपैयाँ र धितोसहित ४ हजार ४० जनाले ऋणीले १२ अर्ब २० करोड ८९ लाख १९ हजार रुपैयाँ सहुलियतपूर्ण कर्जा लिइसकेका छन् ।

यस्तै फाइनान्स कम्पनीबाट पनि ४४९ जना ऋणीले १ अर्ब ६१ करोड १३ लाख ५६ हजार रुपैयाँ कर्जा लिएका छन भने १ अर्ब ४९ करोड १८ लाख ७२ हजार रुपैयाँ स्वीकृत हुन बाँकी रहेको छ । जसमा बिनाधितो ८ जनाले १ करोड र ४४१ जनाले धितोराखेर १ अर्ब ६० करोड १३ लाख ५६ हजार रुपैयाँ कर्जा लिएका छन् ।

यस्तै माइक्रोफाइनान्स कम्पनीबाट ३९ जनाले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा लिएका छन् । ३९ जनाले नै धितोसहित ३ करोड ३८ लाख ४० हजार रुपैयाँ कर्जा लिएका छन् । ३ करोड ३८ लाख ४४ हजार रुपैयाँ भने स्वीकृत हुन बाँकी रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले दिने यस्तो कर्जामा सरकारले ५ प्रतिशत बिन्दु ब्याज अनुदान दिन्छ । सहुलियतपूर्ण कर्जा लिँदा बैंकहरुले आधारदर (बेसरेट) आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी ब्याज लिन पाइदैन ।

कुनै बैंकको आधारदर ७.५ प्रतिशत छ भने बैंकले ९.५ प्रतिशतमात्रै ब्याज लिन पाउँछन । बैंकले लिने ९.५ प्रतिशत ब्याजमा सरकारले ५ प्रतिशत तिरिदिन्छ । र, बाँकी रहेको ४.५ प्रतिशत ब्याज सहुलियतपूर्ण कर्जा लिनेले तिरे पुग्छ ।
२०७५ सालामा राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधिमा ५ करोडसम्मको कृषि कर्जामा ५ प्रतिशत ब्याज अनुदान र त्योभन्दा माथि १० करोडसम्म २ प्रतिशत ब्याज अनुदान दिने व्यवस्था छ ।

यस्तो कर्जा पाउनेमा गोल्यान समूहको इष्टर्न एग्रिकल्चर फार्म र बृहत् एग्रो फार्म छन् । सौरभ समूहको जगदम्बा टी प्रोसेसिङ, त्रिवेणी समूहको नेपाल चिया विकास कर्पोरेसन, केयिडया अर्गनाइजेशनको सीताराम गोकुल मिल्स, भ्याली ग्रुप अफ इण्डस्ट्रिज, वेस्टर्न बिजनेश ग्रुपको पैंचो पसलले यस्तो ऋण लिएका छन् ।

यस्तै शक्ति फुड्स प्रालि अन्तर्गतको काठमाडौं डेरी, राजधानी डेरी, नेपाल डेरी, पञ्चरत्न समूह अन्तर्गतका विभिन्न कम्पनी, व्यापारी गोविन्दराम सरियाको मोर्डन टी इन्डस्ट्रिज, डल्लाकोटी पोल्ट्री फार्म, दाउन्ने कर्पोरेट अन्तर्गतको दाउन्ने ब्रिडिङ फार्म र दाउन्ने पोल्टी ब्रिडिङ फार्म छन् ।

त्यस्तै यस्तो ऋण लिने अन्य व्यवसायमा गौरमेट भियना मिट एण्ड मोर प्रोडक्ट्स, फेवा ग्रुप अफ पोल्ट्री, भट्टराई पोल्ट्री फार्म, आधुनिक पोल्ट्री अन्र्तगतका बालाजु दाना उद्योग, आधुनिक ब्रिडिङ फार्म, आधुनिक डेरी प्रडक्ट र आधुनिक एग्रो प्रोडक्ट्स, क्वालिटी ह्याचरी, फुँयाल पोल्ट्री फिड एण्ड ह्याचरी उद्योगले यस्तो कर्जा लिएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ००:००  १२ : ०० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping