लकडाउनपछि २१ पटक समायोजन भयो इन्धनको मूल्य, ग्यासमा २ सय र पेट्रोलमा ४० रुपैयाँले बढ्यो « Eglish Khabarhub

लकडाउनपछि २१ पटक समायोजन भयो इन्धनको मूल्य, ग्यासमा २ सय र पेट्रोलमा ४० रुपैयाँले बढ्यो


२५ कार्तिक २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल आयाल निगम लिमिटेडले बुधबार रातिदेखि लागू हुने गरी सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल, मट्टितेलका साथै आन्तरिक र बाह्य हवाई उडानका साथै खाना पकाउने एलपी ग्यासको मूल्य समेत बढाएको छ ।

तथ्यांक हेर्दा निगमले २०७६ चैत ११ गते लकडाउनपछि मात्रै २१ पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

कोरोना भाइरस महामारीका कारण सम्पूर्ण व्यापार व्यवसाय पूर्णरुपमा ठप्प हुँदा सरकारी स्वामित्वको निगमले भने जनतालाई इन्धनको मूल्य बढाएर भार थोपरेको छ ।

कोरोना महामारीबाट शुरु भएको इन्धनको मूल्यवृद्धि हालसम्म पनि कायमै छ । करिब २० महिनाको अवधिमा एकपटक मात्रै १ रुपैयाँले मूल्य घटाएको छ ।

सरकारले २०७६ साल चैत १० गते लकडाउन गरेको थियो । सो अवधिमा प्रतिलिटर ९६ रुपैयाँ रहेको पेट्रोलको मूल्य आजसम्म आइपुग्दा मूल्यवृद्धि गरी प्रतिलिटर १ सय ३६ रुपैयाँ मूल्य कायम गरेको छ ।

निगमले आफू घाटामा रहेको भन्दै पटक–पटक मूल्य बढाएको छ । निगमले बुधबार मात्रै बढ्दो अन्तर्राष्ट्रिय बजारमा मूल्य अनुरुप पछिल्लो कात्तिक नोभेम्बर १ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त निगमलाई औषतमा प्रतिलिटर पेट्रोलमा ७.४२, डिजेलमा ३.९२, मट्टितेलमा ११.४९, हवाई इन्धनमा ४.११ र एलपी ग्यासमा प्रति सिलिण्डर २७६.९७ ले थप बढेर आएको जनाएको छ । सो समयमा निगमले मूल्य समायोजन गर्न नसक्दा १५ दिनमा करिब ३ अर्ब २ करोड घाटा हुने अवस्था रहेको निगमको दाबी छ ।

पेट्रोलबाहेक अन्य इन्धनको मूल्य हालसम्मकै उच्च
निगमले कोरोनापछि २१ पटक मूल्य बढाउँदा अधिकांश पेट्रोलियम पदार्थमा अत्यधिक मूल्य बढेको छ । जसमा पेट्रोलबाहेक अन्य इन्धनको मूल्य हालसम्मकै उच्च हो ।

२०७० सालमा नेपालमा पहिलो पटक पेट्रोलको मूल्य १ सय ४० रुपैयाँमा कायम भइ नयाँ रकर्ड कायम गरेको थियो । तर, पेट्रोलबाहेक अहिलेको मूल्य अन्य इन्धनको हालसम्मकै उच्च मूल्य हो ।

निगमका प्रवक्ता विनितमणी उपाध्यायले पेट्रोलको मूल्यबाहेर अन्य इन्धनको मूल्यले नयाँ रेकर्ड कायम गरेको बताए । उनकाअनुसार नेपालले यसअघि नै प्रतिलिटर १ सय ४० रुपैयाँ पेट्रोल कारोबार गरेको थियो । तर, अन्यमा भने यसरी मूल्य बढेको थिएन । यो मूल्यले नयाँ रकेर्ड कायम गरेको छ ।

निगमले कोभिडपश्चात २०७६ साल चैत १२ गते ९६ रुपैयाँ कायम भएको पेट्रोलको मूल्य आजको दिनमा आइपुग्दा १३६ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य ८८ रुपैयाँ रहेकोमा अहिले ११९ रुपैयाँ र १३ सय ७५ रुपैयाँ रहेको एलपीजी ग्यासको मूल्य २ सय रुपैयाँले बढेर १५ सय ७५ रुपैयाँ कायम भएको छ ।

जसमा करिब २० महिनाको अवधिमा २१ पटक बढाइएको इन्धनको मूल्यले पेट्रोलमा ४० रुपैयाँ, डिजेल÷मट्टितेलमा ३३ रुपैयाँ र दैनिक उपभोग्य ग्यासमा २ सय रुपैयाँले बढेको छ । जसमा एलपी ग्यासको मूल्य २०७६ साल चैतदेखि २०७७ साल माघसम्ममा एउटै मूल्य कायम भएको थियो ।

त्यसपश्चात २०७७ माघ २८ गते २५ रुपैयाँ बढाएर १४ सय रुपैयाँ, चैत २२ गते २५ बढाएर १४ सय २५ रुपैयाँ, २०७८ साल भदौमा ७ गते २५ रुपैयाँ बढाएर १४ सय ५०, कार्तिक १२ गते ५० रुपैयाँ बढाएर १५ सय रुपैयाँ र कार्तिक २४ गते ७५ रुपैयाँ बढाएर १५ सय ७५ रुपैयाँ मूल्य कायम गरेको छ ।

डिजेल, मट्टिटतेल र एलपीजी ग्यासमा भने अत्यधिक मूल्य बढ्दा कोरोनाले आर्थिक मन्दी खेपिरहेको उपभोक्ता झन मारमा परेका छन् ।

मूल्य बढाएपछि निगमको घाटा साढे २ अर्ब बढी

निगमले यसअघि कात्तिक १२ गते मूल्य बढाउँदा १५ दिनमा करिब १ अर्ब ८७ करोड ६७ लाख रुपैयाँ घाटा हुने अवस्था रहेको जनाएको थियो ।

जसमा नयाँ खुद्रा बिक्री मूल्य पेट्रोलको १३३, डिजेल र मट्टितेलमा ११६, आन्तरिक एवं बाह्य इन्धनमा १० रुपैयाँ वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ९६ र एलग्यासमा ५० रुपैयाँले वृद्धि गरी १५ सय रुपैयाँ कायम गरेको थियो ।

जसले गर्दा २ अर्ब २२ करोड घाटा हुने अवस्थामा देखिएकोमा मूल्य बढाएर ३५ करोड रकम कम घाटा भएको निगमले जनाएको छ ।

त्यस्तै, निगमले हाल मूल्य नबढाएको भए १५ दिनमा ३ अर्ब २ करोड रुपैयाँ घाटामा जाने अवस्था देखिएको अनुमान गरेका छन् ।

सोही अनुसार मूल्य बढाउँदा निगमले उक्त १५ दिनमा निगमलाई पेट्रोलमा प्रतिलिटर १७.५८ रुपैयाँ, डिजेलमा १३.१४ रुपैयाँ तथा एलपी ग्यासमा ६५७.८४ रुपैयाँ कायम गरेपनि पेट्रोलमा ६१ करोड २५ लाख, डिजेलमा ९७ करोड ३६ लाख र एलपी ग्यासमा १ अर्ब ११ करोड १७ लाख रुपैयाँ घाटा रही समग्रमा निगमलाई २ अर्ब ६२ करोड घाटा रहेको निगमले जनाएको छ ।

मूल्य अझै बढ्न सक्ने
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्थाले आगामी दिनमा अझै मूल्य बढ्ने देखिएको निगमका प्रवक्ता उपाध्ययको भनाइ छ । उनकाअनुसार मूल्य बढाउनमा निगमको कुनै हात नरहेको भन्दै अन्तर्राष्ट्रिय बजारको आधारमा मूल्य कायम गरेको हो ।

‘हालको अवस्था हेर्दा अझै निगम घाटामा जाने देखिन्छ । साथै, अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढ्नेक्रम जारी नै छ । त्यसैले, इन्धनको मूल्य अझै बढ्न सक्छ,’ उनले भने ।

प्रकाशित मिति : २५ कार्तिक २०७८, बिहिबार ००:००  ३ : ५८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping