८३.४९ रुपैयाँमा किनेको पेट्रोलमा ५७.३६ रुपैयाँ कर, निगमलाई १७ रुपैयाँ अझै घाटा « Eglish Khabarhub

८३.४९ रुपैयाँमा किनेको पेट्रोलमा ५७.३६ रुपैयाँ कर, निगमलाई १७ रुपैयाँ अझै घाटा


२६ कार्तिक २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल आयल निगमले ८३.४९ रुपैयाँमा खरिद गरेर उपभोक्तालाई १३६ रुपैयाँमा बिक्री गर्दा पनि पेट्रोलमा अझै १७ रुपैयाँ घाटा बेहोरिरहेको छ ।

निगमले नोभेम्बर १ मा इन्डियन आयल कर्पोरेसन (आईओसी)सँग प्रतिलिटर ८३.४९ रुपैयाँमा खरिद गरेर उच्च कर असुल्दै १ सय ३६ रुपैयाँमा बिक्री गर्दासमेत दैनिक घाटा बेहोरिरहेको छ । यता उपभोक्ताले चर्को कर तिर्नुपर्दा मर्कामा परेका छन् ।

निगमले आईओसीसँग नोभेम्भर १ मा डिजेल ८२.२१ रुपैयाँमा खरिद गरी ११९ रुपैयाँमा बिक्री गरिरहेको छ । हालै कायम गरिएको मूल्यअनुसार सर्वसाधारणहरूले ८३ रुपैयाँमा खरिद गरेको पेट्रोललाई १३६ रुपैयाँ र ८२ रुपैयाँमा खरिद गरेको डिजेललाई ११९ रुपैयाँमा खरिद गर्नुपर्छ ।

निगमले पेट्रोलमा सरकारले सम्पूर्ण सरकारी राजस्व र मूल्य अभिवृद्धि करवापत प्रतिलिटर ५७.३६ रुपैयाँ, ढुवानी भाडा तथा बीमा खर्चवापत प्रतिलिटर ५.०१ रुपैयाँ, निगमको प्रशासनिक खर्चवापत ०.७० रुपैयाँ, प्राविधिक नोक्सानीवापत १.०७ रुपैयाँ र बिक्रेताको खर्च नाफा ५.३२ रुपैयाँ गरी १५३.५८ रुपैयाँ प्रतिलिटर परेको निगमको भनाइ छ । त्यसमा निगमले प्रतिलिटर पेट्रोलमा १७.५८ रुपैयाँ घाटामा १३६ रुपैयाँमा बिक्री गरिरहेको निगमका नायव प्रवन्ध निर्देशक नागेन्द्र शाहले बताए ।

त्यसैगरी, डिजेलमा पनि निगमले आईओसीसँग गत नोभेम्बर १ मा ८२.२१ रुपैयाँमा खरिद गरेको डिजेलमा सरकारलाई सम्पूर्ण सरकारी राजस्व मूल्य अभिवृद्धि करवापत ४०.४१ रुपैयाँ, ढुवानी भाडा तथा बीमा खर्चवापत ३.७७ रुपैयाँ, निगमको प्रशासनिक खर्च ०.६९ रुपैयाँ, प्राविधिक नोक्सानी ०.६२ रुपैयाँ, बिक्रेताको नाफा खर्च ४.१७ रुपैयाँ गरी प्रतिलिटर निगमलाई १३२.१४ रुपैयाँ परेको निगमले जनाएको छ । त्यसमा निमगले १३.१४ रुपैयाँ घाटामा प्रतिलिटर ११९ रुपैयाँमा बिक्री गरेको शाहको भनाई छ ।

साथै, निगमले एलपीजी ग्यास आईओसीसँग १६ सय १४ रुपैयाँमा खरिद गरेको पाइन्छ । त्यसमा निगमले राजस्व र कर गरी २ सय ७८.८६ रुपैयाँ, निगमको खर्च शुल्क १०.७३ रुपैयाँ, ढुवानी भाडा, बीमा र विक्रेताको नाफा र खर्चमा ३ सय ६८.०२ रुपैयाँ गरी २२ सय ३२.८४ रुपैयाँ परेको उल्लेख गरेको छ । निगमले सो प्रति एलपीजी ग्यासमा ६५७.८४ रुपैयाँ घाटा खाई १५ सय ७५ रुपैयाँमा बिक्री गरेको निगमको भनाइ छ ।

निगमकाअनुसार अन्तर्राष्ट्रिय मूल्य अनुरुप समायोजन गर्न नसक्दा घाटा व्यहोरेको हो । त्यसैले, निगमले घाटा कम गर्नका लागि मूल्य समायोजन गर्न बाध्य भएको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

निगमले गत बुधबार राति १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको छ । उक्त मूल्य बढाएपनि निगमले १५ दिनमा २ अर्ब ६२ करोड रुपैयाँ पाक्षिकरुपमा नोक्सानी रहेको निगमको दाबी छ ।

पौडेलले अधिकांश इन्धनमा प्रतिलिटर १३ रुपैयाँभन्दा बढी मूल्य घाटामा बिक्री गरिरहेको बताए । पछिल्लो समय निगमले ३÷३ रुपैयाँले बढाए पनि सो मूल्य स्वाचालित मूल्य प्रणालीअनुसार तोकेको उनले बताए ।

सरकारले पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैयाँ पूर्वाधार शुल्क लिन्छ । त्यसका साथै पेट्रोलमा २५.२ रुपैयाँ भन्सार, भन्सार सेवा शुल्क ०.०२५, सडक ममर्त शुल्क ४ रुपैयाँ, प्रदुषण शुल्क १.५ रुपैयाँ र पीएसएफ १.१ तथा भ्याट लिन्छ । साथै डिजलमा १२ रुपैयाँ भन्सार, ०.०२५ भन्सार सेवा शुल्क, सडक मर्मत शुल्क २ रुपैयाँ, प्रदुषण शुल्क १.१ रुपैयाँ, पीएसएफ ०.९३ रुपैयाँ तथा भ्याट लिन्छ । जसका कारण पेट्रोलियम पदार्थको मूल्य महंगो भएको हो ।

५२ अर्ब घाटा हुनसक्ने अनुमान
निगमले निरन्तर घाटा देखाउँदै मूल्य समायोजन गर्दै आएक छ । जसमा चालु आर्थिक वर्षको ४ महिनामा तीन पटक मूल्य बढाइसकेको छ । उक्त मूल्य बढाउँदासमेत निगमले हरेक महिना अर्बौ घाटा व्यहारेको तथ्याङ्कले देखाउँदछ ।

निगमले दिइएको तथ्याङ्कअनुसार साउनमा १ अर्ब ७० करोड, भदौमा १ अर्ब ४८ करोड, असोजमा २ अर्ब २३ करोड र कात्तिकमा ४ अर्ब ८० करोड घाटा व्यहोरेको निगमका नायव प्रबन्ध निर्देशक साहले जानकारी दिए । उनकाअनुसार मूल्य समायोजनपश्चात यही प्रणाली रह्यो भने आगामी ८ महिना अझैं बाँकी छ । त्यसमा निगमले ४१ अर्ब ९३ करोड रुपैयाँ नोक्सानी हुनेछ ।

त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दै जाने र मूल्य समायोजन गर्न सकेन भने चालु आर्थिक वर्षमा निगमले ५२ अर्ब १४ करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने निगमले अनुमान गरेको छ ।

निगमसँग अहिले ६ अर्ब ६७ करोड रुपैयाँ रिजर्भ फन्ड छ भने १० अर्ब ३ करोड पेट्रोलियम सपोर्ट फन्डमा रहेको छ । ‘तर, निगमसँग उपलब्ध रकम सकेर पनि यो वर्ष ३५ अर्ब ४४ करोड ऋण खोज्नुपर्ने स्थिति आउँछ,’ साहले भने ।

४ महिनामा ९ लाख किलोलिटर इन्धन आयात
गत वर्ष कोरोना महामारीका कारण इन्धनको आयात खुम्चिएको थियो । जसमा गत वर्षको तुलनमा यो वर्ष उच्च आयात भएको देखिन्छ । तथ्याङ्कअनुसार नेपालले साउनमा २ लाख १५ हजार किलोलिटर, भदौमा २ लाख ५ हजार किलोलिटर, असोजमा २ लाख ३३ हजार किलोलिटर र कात्तिकको तेस्रो हप्तासम्ममा २ लाख ६२ हजार किलोलिटर आयात भएको छ ।

उक्त आयात भएको इन्धनमा गत वर्षको तुलना गर्दा साउनमा २०९४ प्रतिशत, भदौमा ५१.८७ प्रतिशत, असोजमा ३७.०७ प्रतिशत र कात्तिकमा १४.२१ प्रतिशतले वृद्धि भएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७८, शुक्रबार ००:००  १ : ३२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping