मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेलायतमा १० हजार नर्स पठाउने सरकारको तयारी


काठमाडौं । सरकारले बेलायतमा १० हजार स्टाफ नर्स पठाउने तयारी गरेको छ ।

श्रममन्त्री कृष्णकुमार श्रेष्ठले बेलायत सरकारसँग नेपालबाट १० हजार स्टाफ नर्स कामदारका रुपमा पठाउनका लागि समन्वय भइरहेको जानकारी दिएका छन् ।

शुक्रबार वैदेखिक रोजगार पत्रकार समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले समेत बेलायतमा कामदारका रुपमा स्टाफ नर्स पठाउने विषयमा छलफल भइरहेको जानकारी दिए ।

‘हामी अहिले बेलायतमा स्टाफ नर्स पठाउने विषयमा छलफलका क्रममा छौं, कुराकानी भइरहेको छ,’ गौतमलले भने ।

गौतमले बेलायतका साथै युरोपियन देशहरुमा समेत नयाँ गन्तव्यको खोजी भइरहेको बताए ।