जग्गा रोक्का, फुकुवा र धितो पास अब अनलाइनबाटै हुने, मालपोत जान नपर्ने « Eglish Khabarhub

जग्गा रोक्का, फुकुवा र धितो पास अब अनलाइनबाटै हुने, मालपोत जान नपर्ने


५ मंसिर २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको रोक्का, फुकुवा र धितो बन्धक, पासको काम अनलाईनमार्फत् गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

विभागले कार्यविधि संशोधन गरेपछि वित्तीय संस्थाबाट रोक्का, फुकुवाको कार्य अनलाइनमार्फत् गर्न सकिने व्यवस्थाको बाटो खुल्ला भएको थियो । सोहीअनुसार विभागले रोक्का, फुकुवा तथा धितो पास गर्ने कार्यलाई पूर्णता दिनका लागि सम्पूर्ण तयारी अन्तिम चरणमा पुर्याएको हो ।

विभागले यसअघि नै निर्देशिका संशोधन गरेर कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बैंक तथा वित्तीय संस्था र सहकारी संस्थाले ऋण लिन धितो बन्धक राख्न पाउने प्रक्रिया समावेश गरेको छ । जसले गर्दा उक्त संस्थामार्फत् सजिलै रोक्का, फुकुवा कार्य हुने भएको छ ।

विभागले कर्मचारी सञ्चय कोषसँग जग्गा रोक्का, फुकुवा र धितो पास अनलाइन प्रणालीबाट गर्ने सहमति भइसकेको छ । जसमा सञ्चय कोषको भने यही मंसिर १५ गतेबाट सञ्चालनमा ल्याउने भएको छ ।

यस्तै, विभागले बैंक तथा वित्तीय संस्थासँग सहमति गर्न बाँकी रहेको विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । उनकाअनुसार बैंक तथा वित्तीय संस्थासँग समन्वय र तालिमका कार्यहरू भइरहेको छ ।

‘सञ्चय कोषको कर्मचारीको रोक्का, फुकुवा तथा धितो बन्धकको कार्य यही महिनाको अन्तिम सञ्चालनमा ल्याउने तयारी गरेको छ,’ पौडेलले क्लिकमाण्डूसँग भने, ‘बैंक तथा वित्तीय संस्थासँग सहकार्य गरी अर्को महिनासम्ममा छिटोभन्दा छिटो सञ्चालनमा तयारी गरेका छौं ।’

विभागले पहिलो चरणमा उपत्यकाका कार्यालयबाट सञ्चालन गर्ने तयारी गरेको छ । त्यसपश्चात, विस्तारै अन्य जिल्लाका मालपोत कार्यालयमा बिस्तार गरी लैजाने तयारी गरेको महानिर्देशक पौडेलको भनाइ छ ।

विभागले मंसिर २ गते कलंकीमा अनलाइन रोक्का, फुकुवा र धितो सम्बन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको थियो । जसमा उपत्यकाका मालपोतका कर्मचारीलाई अनलाइन प्रणालीको तालिम दिएको पौडेलले जानकारी दिए ।

आजको दिनमा पनि अनलाइनमार्फत् रोक्का, फुकुवा हुन्छ । त्यसमा जग्गाधनी र बैंककोे प्रतिनिधि मालपोत कार्यालय आएर सही छाप लगाउनुपर्छ । ‘अबका दिनमा भने बैंक तथा वित्तीय संस्था, सञ्चय कोषबाट रोक्का, फुकुवा र धितो पासको लागि इमेल आउनेछन्,’ पौडलले भने ।

मालपोत जान नपर्ने
बैंक तथा वित्तीय संस्थामा भू–सेवा केन्द्र सञ्चालनमा आइसकेपछि मालपोत कार्यालय जानुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । विभागका महानिर्देशक पौडेलले बैंक तथा वित्तीय संस्थामार्फत् रोक्का, फुकुवा र धितो पास अनलाइन गर्न सकेमा सेवाग्राही मालपोत कार्यालय जानुपर्ने बाध्यता हट्ने बताए ।

पौडेलकाअनुसार उक्त अनलाइन प्रणाली सबैका लागि फाइदा रहेको छ । जग्गाधनी ऋणीलाई सहज हुने भएको छ ।

‘जग्गा ऋणीहरू बैंक तथा वित्तीय संस्थामा पुगेर मालपोत कार्यालयमा लाइन लाग्नुपर्ने अवस्था छ । साथै, लेखापढीकोमा जानुपर्ने बाध्यता छ,’ पौडेलले भने । त्यसैले, आगामी दिनमा अनलाइनमार्फत् शुरु भएमा खर्च कम र समयको बचत हुने उनको दाबी छ ।

त्यसैगरी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीको पनि रोक्का, फुकुवा तथा र धितो गर्न समय खपत भइरहेको थियो । यसले गर्दा बैंक तथा वित्तीय संस्थालाई पनि सहज हुने भएको छ ।

‘पहिलो प्रथम इमेलमार्फत् पठाएको कागजपत्रअनुसार रोक्का तथा फुकवा हुनेछ । साथै, मालपोत कार्यालयमा भीडभाड कम हुने र कर्मचारीलाई समेत दबाब हुनेछ,’ पौडलले भने ।

विगतको दिनमा सेवाग्राही आउने वित्तिकै तत्कलै काम गर्नुपथ्र्यो । तर, आगामी दिन मालपोत कार्यालयको समयबाहेक बिहान र बेलुकाको समयमा पनि रोक्का, फुकुवा गर्न सकिनेछ ।

कहिलेकाँही मालपोत कार्यालयमा विद्युत तथ चाँपका कारण सर्भर डाउन हुन्छ । सो समय सेवाग्राही लाइनमा छ भने कर्मचारीलाई दबाब हुन्छ । आगामी दिनमा इमेलमार्फत् आइसकेपछि अन्य समयमा पनि सेवा प्रवाह गर्न सक्ने पौडेलले बताए ।

विभागले नक्कली कागजात किर्ते गर्ने र जालसाजी गर्नेलाई निरुत्साहित गर्ने अपेक्षा राखेको छ । साथै, अनलाइन प्रणालीमा गइसकेपछि लकडाउन भएको अवस्थामा पनि सेवाग्राहीलाई सेवा प्रवाह पौडेलको विश्वास छ ।

नेपालभरी आधा काम रोक्का, फुकुवाको कार्य हुँदै आएको छ । साथै, शहरी क्षेत्रको करिब ७० प्रतिशत रोक्का र फुकुवाको कार्य हुन्छ । उक्त कार्य अनलाइनबाट भएको अवस्थामा सहज हुनेछ ।

त्यस्तै, लकडाउन भएको अवस्थामा पनि सेवा प्रवाह हुने भएको छ । अनलाइन शुरु ह्ने वित्तिकै महामारीको समयमा पनि ५० प्रतिशत कार्य नरोकिने महानिर्देशक पौडेलको भनाइ छ ।

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार ००:००  १ : २२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping