बेलायतले पहिलो चरणमा २ सय नर्स लैजाने, वार्षिक तलब ७६ लाख « Eglish Khabarhub

बेलायतले पहिलो चरणमा २ सय नर्स लैजाने, वार्षिक तलब ७६ लाख


८ मंसिर २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कोभिड-१९ कारण खुम्चिएको वैदेशिक रोजगारीमा सरकारले थप नयाँ-नयाँ गन्तव्य मुलुक खोजी गरी रोजगारीमा पठाउने तयारी गरेको छ ।

सरकारले खाडी मुलुकबाहेक अन्य देशसँग छलफल तथा अध्ययन गरी नयाँ गन्तव्यतर्फ रोजगारी बढाउने तयारी गरेको हो ।

नेपालले हालसम्ममा ९ वटा देशसँग मात्रै श्रम सम्झौता तथा श्रम समझदारी गरेको छ । उक्त समझदारी भएका देशहरु अधिकांश खाडी मुलुक छन् ।

त्यसमध्ये स्वास्थ्य, सुरक्षा र आम्दानीको हिसाबले दक्षिण कोरिया हालसम्मकै राम्रो गन्तव्यको रुपमा मानिन्छ ।

नेपाल सरकारले कोरियासँग सन् २००७ मा सम्झौता गरी सन् २००८ बाट निरन्तर वार्षिकरुपमा नेपाली कामदार कोरिया जानका लागि सहज वातावरण बन्दै आएको छ ।

त्यस्तै, सरकारले दक्षिण कोरिया जस्तै अन्य श्रम गन्तव्य मुलुकको खोजी गर्दै आएको छ ।

सरकारले स्वास्थ्य, सुरक्षा, आम्दानीलगायत गन्तव्य मुलुकका श्रमिकले पाउने हक अधिकार नेपाली श्रमिकमा पनि सुनिश्चितता हुनुपर्ने बताउँदै आएका छ । सोहीअनुसार सरकारले राम्रो गन्तव्य मुलुकसँग श्रम सम्झौता गर्ने तयारी गरिरहेको छ ।

पछिल्लो समय कोरोना महामारीले खुम्चिएको वैदेशिक रोजगारीमा नयाँ गन्तव्य मुलुक खोजी गरी पठाउने तयारी गरेको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीमा नयाँ गन्तव्य मुलुकले सबैभन्दा बढी स्वास्थ्यकर्मी अर्थात् केयर गिभर क्षेत्रमा बढी माग आउन थालेको छ ।

सरकारले अहिले जापान, इजरायल र बेलायतमा नर्सको माग आएसँगै रोजगारीका लागि पठाउने तयारी गरिरहेको छ ।

बेलायतले पहिलो चरणमा २ सय नर्स लैजाने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले बेलायत सरकारले १० हजार नुर्सको माग आएको बताए ।

साथै, मन्त्रालयले बेलायतमा नर्स पठाउनका लागि छलफल तथा अन्य प्रक्रिया अगाडि बढाइरहेको उनको भनाइ छ ।

बेलायत सरकारले विभिन्न देशबाट १ लाख नर्स लैजाने योजना अघि सारेको छ ।

त्यसमध्ये नेपालबाट पनि नेशनल हेल्थ प्रोग्राममा १० हजार नर्सको माग आएको मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले बताए । उनका अनुसार यसका लागि अध्ययन गर्न शुरु भइसकेको छ ।

‘मन्त्रायलले रोजगार शाखाको प्रमुख अध्यक्षतामा बेलायती दूताबास, परराष्ट्र मन्त्रालयको सहभागितामा अध्ययन गर्ने कमिटी गठन भएको छ । सोही कमिटीले अध्ययन गरिरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने ।

मन्त्रालयले जीटुजीमार्फत् नर्स पठाउने तयारी गरेको हो । बेलायत सरकारले पठाएको चिठीमा नर्सलाई शून्य लागतमा लैजाने भनिएको प्रवक्ता घिमिरेले बताए । तर, औपचारिकरुपका कुन मोडलमा शून्य लागत भन्ने अझै स्पष्ट भइसकेको छैन ।

बेलायत सरकारले अनौपचारिक कुराकानीमा नेपाली नर्सलाई वार्षिक ४८ हजार पाउन्ड दिने बताए पनि सरकारलाई पठाएको पत्रमा भने आम्दानी उल्लेख नगरिएको घिमिरेको भनाइ छ ।

साथै, कमिटीले छिटोभन्दा छिटो कार्य अगाडि बढाएमा छिट्टै रोजगारीमा पठाउन सकिने घिमिरेको भनाइ छ ।

बेलायतले पहिलो पटक विदेशी मुलुकबाट नर्सको माग गरेको हो । त्यसमा नेपाल सरकारले पहिलो चरणमा २ सय जना पठाउने तयारी गरेको छ । साथै, बिस्तारै विभिन्न चरणमा १० हजार नर्स लैजाने गरी प्रक्रिया अघि बढाइएको छ ।

इजरायले करिब १२ सय केयर गिभर लैजाँदै
कोरियापश्चात इजरायलले भारी संख्यामा केयर गिभरमा कामदार लैजाने भएको छ । इजरायलले पहिलो पटक केयर गिभरमा ११ सय ७५ जना रोजगारीमा जाने पाउने भएका छन् ।

सरकारले जीटुजीमार्फत् पठाउन तयारी गरेको केयर गिभरका लागि विभिन्न चरणमा परीक्षा भएको थियो ।

उक्त परीक्षामा पास भई छनौटमा परेका सम्पूर्ण श्रमिकको जाने प्रक्रिया तीव्ररुपमा बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार अब केही महिनामै नेपाली परीक्षार्थी इजरायल जानेछन् । इजरायलमा जाने नेपाली श्रमिकले मासिक १ लाख ६५ हजार रुपैयाँ मासिक आम्दानी गर्नेछन् ।

जापानको रोजगारी अन्यौलमा
त्यस्तै, श्रम मन्त्रालयले जापानमा पनि नर्स लैजाने समझदारी गरेको थियो । जापान सरकारले १४ वटा कार्यक्षेत्रमा श्रमिकहरु लैजाने भनेर आवेदन खुल्ला गरिएको थियो ।

जसमा नर्सिङ केयर, सवारी साधन मर्मत् सम्भार, खाद्य सेवा उद्योग, निर्माण उद्योग, खाद्य पर्दा र पेय पदार्थको उत्पादन, आवास उद्योग, मेशिनरी पार्ट उद्योग, माछा मार्ने र माछा पालन उद्योग, औद्योगिक उपकरण उद्योग, इलेक्ट्रिक, इलेक्ट्रोनिक्स र सूचना प्रविधि उद्योग, बिल्डिङ् सरसफाइ व्यवस्थापन, जहाज र जहाज पाटपूर्जा उद्योग एवं हवाई उद्योगमा श्रमिकहरू लिने भनिएको थियो ।

जापानले नेपाल मात्र नभई अन्य नौ मुलुकबाट आगामी ५ वर्षमा तीन लाख ४५ हजार विदेशी कामदार लैजाने तयारी गरेको छ । उक्त रोजगारीमा जाने श्रमिकले पनि मासिक डेढ लाख रुपैयाँबढी कमाइ हुने जनाएको थियो ।

तर, नेपालबाट उपयुक्त संयन्त्र बन्न नसक्दा कामदार जान सकेका छैनन् । करिब ३ वर्ष वितिसक्दा पनि कुनै परीक्षार्थी जापान जान सकेका छैन ।

रेमिट्यान्सको लोभमा नर्सलाई वैदेशिक रोजगारीमा पठाउनु गलतः नर्सिङ काउन्सिल
नेपालमा वार्षिक करिब ७ हजार नर्स तयार हुन्छन् । हालसम्म नेपालमा करिब १ लाख नर्स रहेकोमा करिब ३० हजार वैदेशिक रोजगारीमा रहेको नेपाल नर्सिङ काउन्सिलले जनाएको छ । बाँकी करिब ७० हजार नर्स नेपालमै आबद्ध छन् । यस्तै, ३५ हजार बढी अनमी छन् ।

नेपालमा वार्षिक ७ हजारको हाराहारीमा नयाँ नर्स उत्पादन हुँदा सरकारले भने उपयुक्त व्यवस्थापन गर्न नसकेको काउन्सिलका वरिष्ठ उपाध्यक्ष रमेश लिम्बू बताउँछन् । उनकाअनुसार पढेर योग्य भएका नर्सलाई सरकारले रोजगारीका लागि वैदेशिक रोजगारीमा जानु भन्नु दुःखको कुरा हो ।

‘नर्सहरू बेरोजगार भएको राष्ट्रको गलत नीतिले भएको हो,’ उनले भने, ‘सरकारले यदि रोजगारी दिने हो भने नेपालमै सबै नर्स खपत हुुन्छ ।’
अहिले नेपालमा रहेका नर्सहरू हरेक क्षेत्रमा खटाउने हो भने सजिले खपत हुने उनको दाबी छ । तर, सरकारले रोजगारी दिन नसकेपछि वैदेशिक रोजगारीको प्रलोभनमा नेपालीहरूको श्रम बेचिरहेको उनले जिकिर गरे । ‘यो भनेको श्रममाथिको पराकाष्ठ हो,’ उनले भने ।

सरकारले आर्थिक प्रलोभनमा ठूलो मानसिक विचलनको अवस्था सिर्जना भएकाले धेरै नर्स पीडित रहेको उनको बुझाइ छ ।

‘वैदेशिक रोजगारीमा गएपछि रेमिट्यान्स पठाउने प्रलोभन देखाउँदै सरकारले दालल गरिरहेको छ,’ उनले भने ।

उनका अनुसार वैदेशिक रोजगारीको साट्टो नेपालमै रोजगारी दिनुपर्नेमा सरकारले श्रमिकमाथि चरम लापरवाही गरेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार ००:००  ७ : ११ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping