
काठमाडौं । जीवन बीमा व्यवसायतर्फ नयाँ कम्पनीले पुराना कम्पनीलाई बजार हिस्सामा चुनौती दिएका छन् ।
नयाँ बीमा कम्पनीहरु व्यवसाय बिस्तारमा अब्बल देखिँदा पुराना कम्पनीको बजार हिस्सा गुम्दै गएको हो ।
नयाँ बीमा कम्पनीले आक्रामकरुपमा बजार बिस्तार गर्दा वर्षौ अघिदेखि बजारमा राम्रो उपस्थिती देखाउँदै आएका पुराना बीमा कम्पनीको बजार हिस्सा घट्न थालेको छ ।
चालु आवको कात्तिक महिनासम्ममा सबैभन्दा धेरै बजार हिस्सा गुमाउनेमा नेपाल लाइफ परेको छ । नेपाल लाइफले २.५३ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको छ ।
यस अवधिसम्मा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीमा परे पनि कम्पनीको बजार हिस्सा भने २.५३ प्रतिशत विन्दुले गुमेको हो ।
कम्पनीको बजार हिस्सा गत आवको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा २८.५१ प्रतिशतबाट गुमेर २५.९८ प्रतिशतमा झरेको हो ।
नेपाल लाइफपछि धेरै बजार हिस्सा गुमाउने कम्पनीमा राष्ट्रिय बीमा संस्थान छ । गत आवको यसै अवधिको तुलनामा कम्पनीको बजार हिस्सा १.९५ प्रतिशत विन्दुले घटेर ९.९० प्रतिशत विन्दुमा सीमित भएको छ ।
गत आवको यसै अवधिमा कम्पनीको बजार हिस्सा ११.८६ प्रतिशत रहेको थियो ।
तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशन परेको छ । एलआइसीले ०.७७ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएको छ । कम्पनीको बजार हिस्सा २.९८ बाट २.२७ प्रतिशतमा खुम्चिएको छ ।
यस्तै, मेट लाइफ इन्स्योरेन्सको बजार हिस्सा ०.३८ प्रतिशत विन्दुले घटेर ३.६५ प्रतिशतमा कायम भएको छ । गत आवको कात्तिक मसान्तसम्ममा यस कम्पनीको बजार हिस्सा ४.०३ प्रतिशत थियो ।
यस्तै, अन्य पुराना जीवन बीमा कम्पनी गुराँस लाइफ, एशियन लाइफ, प्राइम लाइफले बजार हिस्सा गुमाएका छन् ।
गुराँस लाइफले ०.७२ प्रतिशत विन्दु, एशियन लाइफले ०.३८ प्रतिशत विन्दु र प्राइम लाइफले ०.१५ प्रतिशत विन्दुले बजार हिस्सा गुमाएका छन् ।
अन्य दुई पुराना कम्पनी नेशनल लाइफ र सूर्या लाइफले भने बजार हिस्सा वृद्धि गर्न सफल भएका छन् । यस अवधिमा नेशनल लाइफले आफ्नो बजार हिस्सालाई ०.१९ प्रतिशत विन्दु र सूर्या लाइफ इन्स्योरेन्सले ०.२५ प्रतिशत विन्दुले सुधार गरेका छन् ।
लिडर कम्पनी नेपाल लाइफलाई बजार हिस्सा जोगाउन चुनौती
नेपाल लाइफ इन्स्योरेन्सले चालु आवको चार महिना अर्थात् कात्तिक महिनासम्ममा १२ अर्ब ५५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
गत आवको कात्तिक महिनाको तुलनामा कम्पनीको कुल बीमाशुल्क संकलन रकम १२.२९ प्रतिशतले बढेको हो ।
गत आवको कात्तिक महिनासम्ममा कम्पनीले ११ करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।
कम्पनीले यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गरेको छ । जीवन बीमा व्यवसायमा नेपाल लाइफले २५.९८ प्रतिशत बजार हिस्सा छ । तर, प्रिमियम संकलनमा अब्बल देखिए पनि कम्पनीको बजार हिस्सा भने खस्किएको देखिएको छ ।
चालु आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा कम्पनीले कुल जीवन बीमा व्यवसायको २५.९८ प्रतिशत हिस्सा ओगटेको छ । जुन गत आवको कात्तिक महिनाको तुलनामा २.५३ प्रतिशत विन्दुले घटेको हो ।
नयाँ जीवन बीमा कम्पनी सबैको बजार हिस्सा सुधारोन्मुख
सञ्चालनमा रहेका २ पुराना जीवन बीमा कम्पनी बाहेक अन्य पुराना ७ कम्पनीको बजार हिस्सा घटेको छ । तर, सञ्चालनमा रहेका १० वटै जीवन बीमा कम्पनीको बजार हिस्सामा सुधार देखिएको छ ।
यस अवधिमा नयाँ जीवन बीमा कम्पनीमध्ये यूनियन लाइफले ५.३० प्रतिशतले बजार हिस्सा ओगटेको छ । कम्पनीको बजार हिस्सा ५.१५ प्रतिशतबाट बढेर ५.३० को विन्दुमा पुगेको हो ।
यस्तै, यूनियन लाइफपछि बजार हिस्सा आगट्नेमा नयाँ जीवन बीमा कम्पनीमा सिटिजन लाइफ परेको छ । कम्पनीले कुल बजार हिस्साको २.०७ प्रतिशत ओट्न सफल भएको छ ।
यस्तै, नयाँ जीवन बीमा कम्पनीमा ज्योति लाइफ, आईएमई लाइफ, रिलायवल नेपाल लाइफ, रिलायन्स लाइफ,सन नेपाल लाइफ, ज्योति लाइफ र सानिमा लाइफले कुल जीवन बीमा व्यवसायको १/१ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेका छन् भने, दुई नयाँ जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ र प्रभु लाइफको बजार हिस्सा भने १ प्रतिशतभन्दा कम छ ।
४८ अर्ब ३२ करोड कुल बीमाशुल्क संकलन, २५ प्रतिशत योगदान
नेपाल लाइफको चालु आवको चार महिना अर्थात् कात्तिक मसान्तसम्ममा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
गत आवको कात्तिक मसान्तसम्मको तुलनामा कम्पनीहरुले कुल बीमाशुल्क संकलन रकमलाई २३.२२ प्रतिशतले बढाएका हुन् ।
गत आवको यसै अवधिमा १९ जीवन बीमा कम्पनीले ३९ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।
यस अवधिमा बीमा व्यवसायको कुल प्रिमियम संकलनमा नेपाल लाइफ इन्स्योरेन्स एकलैको १२.२९ प्रतिशत योगदान छ । कम्पनीले कुल जीवन बीमा व्यवसायको २५.९८ प्रतिशत हिस्सा ओटेको छ ।
SHARE YOUR THOUGHTS