रेटिङ एजेन्सी इक्रा र केयरका लगानीकर्ता मालामाल, इक्रा नेपालले दियो २००% सम्म लाभांश « Eglish Khabarhub

रेटिङ एजेन्सी इक्रा र केयरका लगानीकर्ता मालामाल, इक्रा नेपालले दियो २००% सम्म लाभांश


१६ मंसिर २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालमा हाल दुई वटा मात्रै रेटिङ एजेन्सी छन् । ती हुन् इक्रा नेपाल र केयर नेपाल । केयर नेपाल सञ्चालमा आएको केही वर्ष मात्रै भएको छ । त्यसअघि इक्रा नेपालले मात्रै रेटिङ गर्दै आएको थियो ।

कुनै पनि कम्पनीले ५० करोड रुपैयाँभन्दा बढी ऋण लिनु परेमा अनिवार्यरुपमा रेटिङ गराउनुपर्छ । रेटिङका आधारमा कम्पनीको आर्थिक अवस्था के कस्तो छ भन्ने विषयमा जानकारी प्राप्त हुन्छ ।

बैंकबाट ऋण लिँदा होस् वा आइपीओ निष्कासनलगायतका विभिन्न प्रयोजनका लागि कम्पनीको रेटिङ अनिवार्य हुन्छ । रेटिङमार्फत् कम्पनीको आर्थिक अवस्था कस्तो छ भन्ने जनाउनका लागि संकेत प्रदान गर्छ ।

हाल नेपालका कुनै पनि कम्पनीले रेटिङ गराउनु पर्यो भने यी दुई वटा कम्पनीको विकल्प छैन । यी दुई वटा कम्पनीले रेटिङ गर्दा त्यसमा लगानी गर्ने लगानीकर्ता निकै मालामाल बनेका छन् । रेटिङ कम्पनी भारतीय कम्पनीका सहायक कम्पनी हुन् । यी दुबै कम्पनीमा भारतीय माउ कम्पनीको ५१ प्रतिशत र बाँकी ४९ प्रतिशत नेपाली लगानीकर्ताको लगानी छ ।

इक्रा नेपालको तुलनामा केयर रेटिङले धेरै लाभांश दिन सकेको छैन । इक्राले सेयरधनीलाई २०० प्रतिशतभन्दा बढी लाभांश दिएको छ ।

इक्रा नेपालले दियो २०० प्रतिशतसम्म लाभांश
क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार इक्रा नेपालले सेयरधनीलाई आर्थिक वर्ष २०७२/७३ मा १०.५२६३ प्रतिशत, आव २०७३/७४ मा १५.७८९४ प्रतिशत, आव २०७४/७५ मा २१.०५२६ प्रतिशत र आव २०७५/७६ मा ३३.६८४२ प्रतिशत नगद लाभांश दिएको छ ।

साथै, आव २०७६/७७ मा ५१.४९५ प्रतिशत नगद र १५० प्रतिशत बोनस सेयरसहित २०१.४९५ प्रतिशत लाभांश दिएको थियो ।

कम्पनीले आव २०७७/७८ को मुनाफाबाट २० प्रतिशत बोनस र ३१.३२ प्रतिशत नगद गरी ५१.३२ प्रतिशत लाभांश दिएको छ । उक्त लाभांश पारित गर्नका लागि कम्पनीले मंसिर २९ गतेका लागि साधारणसभा बोलाएको छ ।

केयर नेपालले कति दियो लाभांश ?
केयर नेपालले आर्थिक वर्ष २०७५/७६, २०७६/७७ र २०७७/७८ मा समान २१.०५२६३ प्रतिशत नगद लाभांश दिएको छ । यो कम्पनीले तीन वटै आर्थिक वर्षमा बोनस सेयर दिएको छैन ।

कति शुल्क लिन्छन् ?
नेपाल धितोपत्र बोर्डले क्रेडिट रेटिङ नियमावली-२०६८ मा क्रेडिट रेटिङ संस्थाले लिनसक्ने शुल्कको निर्धारण गरेको छ ।

उक्त नियमावलीमा सेयर, अग्राधिकार (प्रिफरेन्स) सेयर, डिबेन्चर, ऋणपत्र वा अन्य धितोपत्र सम्बन्धी व्यवस्थामा रेटिङ शुल्क (पहिलो वर्षको लािग) निष्कासन रकमको अधिकतम ०.१० प्रतिशत वा न्यूनतम १ लाख ५० हजार रुपैयाँ, रेटिङ अनुगमन शुल्क (वार्षिक) निष्कासन रकमको अधिकतम ०.०१ प्रतिशत वा न्यूनतम ५० हजार रुपैयाँ लिन पाउने व्यवस्था गरेको छ ।

यस्तै ऋणका लागि कुल ऋण रकमको अधिकतम ०.१० प्रतिशत वा न्यूनतम एक ५० हजार रुपैयाँ, अन्य धितोपत्र वा उपकरण उपरोक्त सीमाभित्र रही क्रेडिट रेटिङ संस्थाले बोर्डको पूर्व स्वीकृती लिएर अन्य धितोपत्र वा उपकरणको लागि आवश्यक रेटिङ्ग शुल्क तोक्न सक्नेछ भन्ने व्यवस्था छ ।

नियमावलीमा विविध खर्च र रेटिङ्गको क्रममा परियोजना मूल्यांकन गर्नु परेमा लिने शुल्क तथा कर सम्बन्धमा सम्झौतामा स्पष्ट उल्लेख गरी क्रेडिट रेटिङ्ग संस्थाले शुल्क लिनसक्ने व्यवस्था छ ।

कुन कम्पनीमा को छन् सञ्चालक ?
इक्रा नेपालको सञ्चालक समितिमा अध्यक्षसहित ६ जना छन् । इक्रा नेपालको अध्यक्षमा बिपुल अग्रवाल छन् । त्यस्तै ४ जना निर्देशक र १ जना स्वतन्त्र निर्देशक छन् । निर्देशकमा भारतीय नागरिक अमित गुप्ता छन् । उनी उनी इक्राको निर्देशकका साथै जनरल काउन्सिलर पनि हुन् ।

थै इन्स्टिच्यूट अफ कम्पनी सेक्रेटरी अफ इन्डियाका सदस्य समेत हुन् ।

उक्त कम्पनीमा ग्लोवल प्रालिकी संस्थापक तथा प्रबन्ध निर्देशन आश्मी राणा छिन् । साथै कम्पनीमा कर्जा सूचना केद्रका सीइओ अनिल चन्द्र अधिकारी र धितोपत्र बोर्ड नेपालका पूर्वअध्यक्ष दीपक राज जोशी छन् ।

यस्तै केयर नेपालको अध्यक्षमा अजय महाजन छन् भने निर्देशकमा मेहुल पाण्डे, बिनोद आत्रेय छन् । कम्पनीको सीइओमा अचिन निर्वाणी छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७८, बिहिबार ००:००  २ : ४६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping