१० करोड लगानीमा तीन युवाले शुरु गरे बायोमास प्लेट उत्पादन, ग्यास र डिजेलभन्दा आधा सस्तो « Eglish Khabarhub

१० करोड लगानीमा तीन युवाले शुरु गरे बायोमास प्लेट उत्पादन, ग्यास र डिजेलभन्दा आधा सस्तो


१९ मंसिर २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । औद्योगिक क्षेत्रमा प्रयोग भइरहेको ठूलो मात्राको डिजेल र ग्यासको प्रयोगलाई घटाउने उद्देश्यका साथ नवलपरासीमा बायोमास प्लेट उत्पादन शुरु भएको छ ।

पाँच वर्षदेखि आइटी क्षेत्रमा काम गरिरहेका तीन युवाले १० करोड रुपैयाँ लगानी गरेर नवीकरणीय वातावरणमैत्री बायोमास प्लेट उत्पादन शुरु गरेका हुन् । बायोमास प्लेट डिजेल, ग्यासजस्ता प्रकृतिक इन्धनको सट्टामा प्रयोग गरिन्छ । जुन सस्तो र किफायती हुन्छ ।

प्रारम्भिक चरणमा ठूला होटल तथा रेष्टुराँ, चाउचाउ उद्योग, लन्ड्री जस्ता धेरै ग्यास र डिजेल प्रयोग गर्ने औद्योगिक क्षेत्रलाई लक्षित गरेर स्मार्टटेक बायो इनर्जीले यसको उत्पादन शुरु गरेको हो ।

लकडाउनअघिनै नवलपरासीको गैँडाकोटमा प्लान्ट स्थापना भए पनि गएको असारदेखि व्यवसायीक रुपमा उत्पादन शुरु गरेको स्मार्टटेक बायो इनर्जीका अध्यक्ष सुरेश पाण्डेले बताए ।

उनीहरुले स्थापना गरेको प्लान्टले वार्षिक ४५ सय मेट्रिक टन उत्पादन गर्ने क्षमता छ । आवश्यकताअनुसार यस क्षमतालाई बिस्तार गर्न सकिने पाण्डेको भनाइ छ । अहिले सयवटा चाउचाउ उद्योग वा एक हजार होटललाई चाहिने ऊर्जाका परिपूर्ति गर्ने क्षमता रहेको उनको भनाइ छ ।

उनीहरुले उत्पादन शुरु गरेको बायोमास प्लेट केही चाउचाउ उद्योग, लन्ड्रले प्रयोग गर्न थालिसकेका छन् । अहिले उनीहरुको लक्ष्य भनेको राजमार्गका होटल, नमकिन उद्योग, चाउचाउ उद्योग, काठमाडौंका मम, चाउमिन उद्योगहरु हुन् । जसले दैनिक २–३ वटाभन्दा धेरै ग्यास सिलिन्डर प्रयोग गरिरहेका छन् ।

‘पहिलो चरणमा हामीले दैनिक २–३ वटा ग्यास खपत गर्ने होटल, रेष्टुराँ तथा चाउचाउ उद्योगहरुलाई लक्षित गरेका छौं,’ पाण्डेले भने, ‘त्यसपछि ठूला उद्योगको लागि प्लान्ट थप्ने छौं ।’

उद्योगको बोइलरको लागि उर्जाको आवश्यक पर्छ । उक्त बोइलरलाई चाहिने उर्जा अहिले कोइला, डिजेल, ग्यासको प्रयोग गरिन्छ । बायोमास प्लेटको प्रयोगले कोइला, डिजेल, ग्यासको प्रयोगलाई प्रतिस्थापन गर्नेछ ।

बायोमास प्लेटको प्रयोगले आर्थिक, सामाजिक र वातावरणीय हिसाबले तीन तरिकाबाट फाइदा हुने कम्पनीको प्रमुख कार्यकारी अधिकृत अरुण कुमाल बताए । यसको पहिलो फाइदा भनेको औद्योगिक क्षेत्रमा लाग्ने उर्जाको लागत कम हुने हो ।

‘डिजेल र ग्यासभन्दा बायोमास प्लेट ४० देखि ५० प्रतिशतसम्म सस्तो पर्छ,’ कुमाल भन्छन्, ‘यसले उत्पादन क्षमतामा वृद्धि गर्छ ।’

बायोमास प्लेट प्रति केजी ३० रुपैयाँ पर्छ । कुमालका अनुसार दुई केजी बायोमास भनेको एक लिटर डिजेल बराबर हो । दुई केजी बायोमास प्लेटको ६० रुपैयाँ पर्छ भने एक लिटर डिजेलको मूल्य अहिले १ सय १६ रुपैयाँ छ । दिनको दुईवटा ग्यास सिलिन्डर प्रयोग गर्ने व्यवसायीको लागि यो अतिनै सस्तो पर्ने उनको भनाइ छ ।

यसको दोस्रो फाइदा भनेको सामाजिक रुपमा स्थानीयलाई दिने लाभ हो । बायोमास प्लेट बनाउन कृषिजन्य वस्तु, खेर जाने वनजन्य र खेर जाने फर्निचरका वस्तुहरु हुन् ।

स्थानीय रुपमा उत्पादन भएका विभिन्न अन्नवालीबाट आउने वस्तुको प्रयोग बायोमास प्लेटमा गर्न सकिन्छ । जसले स्थानीयको फाइदा हुनसक्छ । त्यस्तै, वनमा खेरजाने मनमारा, पातपतिंगर पनि यसमा प्रयोग हुन्छ ।

सुरेश पाण्डे

स्थानीय समूदायसँग मिलेर खेरजाने त्यस्ता वस्तुको खरिद गरिरहेको पाण्डेको भनाइ छ ।

अर्को महत्वपूर्ण फाइदा भनेको वातावरणीय हो । बायोमास प्लेट भनेको नवीकरणीय वातावरणमैत्री उर्जा हो । यसले कार्वन उत्सर्जन कम गर्ने भएकाले वातावरण सफा राख्न सहयोग गर्छ ।

नेपालको सन्दर्भमा सबैभन्दा ठूलो चुनौती भनेको बायोमास प्लेट प्रयोग गर्नका लागि चाहिने बर्नर र चुल्हो हो । बायोमास प्लेट बाल्न चाहिने सामान्य बर्नर र स्टोभलाई कम्तीमा ५० हजार रुपैयाँ पर्छ ।

बर्नर र स्टोभ प्रयोगको लागि सरकार तथा बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले होटल रेष्टुराँ, साना व्यवसायी वा सर्वसाधरणका लागि सहुलियतमा उपलब्ध गराएमा नेपालको उर्जा संकटलाई सामाधान गर्न सहज हुने सीईओ कुमाल बताउँछन् ।

अहिले पनि नेपालमा बायोमास प्लेट उत्पादन गर्ने केही उद्योग छन् तर यति ठूलो क्षमताको नभएको पाण्डे बताउँछन् । उनकाअनुसार अहिले भएका साना उद्योगले दाउरा खपतलाई प्रतिस्थापन गर्ने हेतुले काम गरिरहेका छन् । औद्योगिक क्षेत्रको लागि भनेर ठूलोमात्रा उत्पादन गर्न सकेका छैनन ।

मुलुकमा विद्युतको उपलब्धता प्रयाप्त हुँदै जाँदा ऊर्जा संकट हट्दै गएको छ । बिजुली प्रशस्त भए पनि यसले बायोमास प्लेट प्रयोगलाई असर नगर्ने उनीहरुको बुझाइ छ । बिजुलीको विकल्पभन्दा पनि यसको सहयोगीको रुपमा बायोमास प्लेट रहनेछ ।

नेपालमा बायोमास उत्पादन गर्नुअघि यसको सम्भावनाको बारे एक वर्ष अध्ययनसमेत गरेका थिए । चीनमा भएको उत्पादन पनि हेरे । रिसर्चकै लागि एक करोड खर्च भएको पाण्डेको भनाइ छ ।

विदेशका कतिपय देशमा बायोमास प्लेट प्रयोग गरेर थर्मलप्लान्ट चलाइरहेका छन् । जापान र कोरिया यसका उदाहरण हुन् । विद्युत् उत्पादनकै लागि पनि बायोमास चाहिने भएकाले भविष्यमा पनि यसको प्रयोग बढ्दै जाने पाण्डले बताए ।

भारतमा पतञ्जली, हल्दिराम जस्ता ठूलो उद्योगले पनि यसको प्रयोग गरिरहेका छन् । नेपालमा उत्पादन गरेको बायोमास प्लेट भारत, चीनजस्ता देशमा पनि निर्यात गर्न सकिने उनीहरुको विश्वास छ ।

‘हामीले बाहिर निर्यात गर्न सक्छौं भन्ने विश्वास छ,’ पाण्डे भन्छन्, ‘चीन जस्ता देशमा हामीले अध्ययन पनि गरेका छौं ।’

नेपालमा १ खर्ब ३० अर्ब रुपैयाँभन्दा धेरैको पेट्रोल, डिजेल, ग्यास, कोइलालगायतको इन्धनको आयात हुन्छ । त्यसमा पनि वार्षिक ४४ अर्बभन्दा धेरैको ग्यास आयात हुन्छ ।

यति बायोमास प्लेटको लागि यति ठूलो बजार भएकाले नेपालको लागि प्रचुर सम्भावना रहेको उनको भनाइ छ ।

पुस महिनाको पहिलो हप्ता चितवनमा हुन लागेको औद्योगोक मेलामा उनीहरुले पनि आफ्नो उत्पादनलाई राखेका छन् ।

‘हामीले विशेष आकर्षणका साथ बायोमास प्लेटलाई प्रदर्शनी गर्दै छौं,’ पाण्डले भने, ‘यसले हाम्रो उत्पादन चिनाउन थप सहयोग गर्ने छ ।’

पाण्डे र कुमालसँगै कर्पोरेट सेल्स डिरेक्टरका रुपमा ईश्वर पोख्रेल उनीहरुसँग छन् । एनएमबी बैंकको सहयोगमा यी तीन युवाले यो उद्योग सञ्चालन गरिरहेका छन् । साथै, नवलपरासीको उद्योगमा २० जना कर्मचारी कार्यरत छन् ।

अगामी दिनमा बागमति र लुम्बिनी प्रदेशमा पनि यस्ता प्लान्ट राख्ने योजना रहेको उनले बताए ।

पाण्डेले पाँच वर्षदेखि एसएमटेक कम्पनीबाट आइटी सोलुसनमा काम गरिरहेका छन् । उनीहरुले मुख्य सफ्टवेयर उत्पादन, एप्स निर्माण काम गर्छन् । अहिलेसम्म पाँच सयभन्दा धेरै ग्राहकलाई यस कम्पनीबाट सेवा दिइसकेको पाण्डेले बताए ।

उनीहरुले नेपालमा मात्र नभएर विदेशबाट आउटसोर्सिङका रुपमा फ्टवेयर निर्माण गर्छन् । आइटी क्षेत्रमा काम गर्दागर्दै ऊर्जामा केही गर्न सकिने अध्ययन गरेपछि यसमा हात हालेका हुन् ।

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार ००:००  १० : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping