अर्थतन्त्र नजानेको भन्ने महाशयलाई चिनेको छु, ७% को आर्थिक वृद्धि गरेरै देखाउँछु: अर्थमन्त्री « Eglish Khabarhub

अर्थतन्त्र नजानेको भन्ने महाशयलाई चिनेको छु, ७% को आर्थिक वृद्धि गरेरै देखाउँछु: अर्थमन्त्री


२३ मंसिर २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि गरेरै देखाउने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार अर्थसमितिमा भएको छलफलका क्रममा मन्त्री शर्माले ७ प्रतिशतको आर्थिक वृद्धि जसरी भए पनि गरेर देखाउने बताएका हुन् ।

उनले आफूलाई अर्थतन्त्र नजानेको भन्ने महाशयलाई चिनेको भन्दै उनीहरुबारे अध्ययन गरिरहेको बताए ।

‘को जान्ने को नजान्ने भन्ने महाशयलाई अध्ययन गरिरहेको छु र सबैको अवस्था थाहा पनि पाएको छु,’ उनले भने ।

उनले अर्थतन्त्रमा आएको समस्या आजको नभएको भन्दै यसअघि बनेका नीतिका कारण समस्या आएको टिप्पणी गरे ।

‘अर्थतन्त्रमा आजको आजै समस्या आएको होइन, यसअघि भएका वा हिजोका दिनमा बनेका नीति नियमका कारण समस्या आएको हो, समग्र ऐन कानूनले फरक पारेको हो,’ उनले भने ।

उनले नेपालको अर्थव्यवस्था आयतमुखी भएको र अब उत्पवादनमूखी कसरी बनाउने भन्ने चुनौतीपूर्ण रहेको समेत बताए ।

‘गुणात्मक परिवर्तन आजको आवश्यता हो, राजश्व संकलन प्रणाली, खर्चे गर्ने प्रणाली बलियो बनाउनु आवश्यक छ,’ उनले भने, ‘यसका लागि ऐन कानून सुधार गर्नुपर्छ ।’

उनले सबै क्षेत्र आत्मनिर्भर हुन नसके पनि तोकिएका क्षेत्रमा गर्न सकिने र त्यसमा काम गर्न आवश्यक भएको बताए ।

कोरोना महामारीका कारण अर्थतन्त्रमा क्षति पुगेकोमा केही समय अघि आएको बेमौसमी वर्षाले झनै क्षति पुगेको उनको भनाइ छ ।

उनले क्रेडिट ग्रोथ १९ प्रतिशत भएकोमा ३२ प्रतिशत पुगेको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

‘सरकारको समग्र खर्च गत वर्षकोभन्दा २ प्रतिशत बढी छ । र अहिले २२ प्रतिशत खर्च भएको छ,’ उनले भने ।

उनले निर्यात १०४ प्रतिशत र आयात ६४ प्रतिशतले बढेको र अहिलेसम्मकै बढी निर्यात भएको दाबी समेत गरे ।

हाल १३१९ अर्ब विदेशी बिनिमय सञ्चिति रहेको र यसले ७.८ महिनाको वस्तु तथा सेवालाई धान्न सक्ने बताए ।

उनले सरकारले आवश्यक परे मात्रै ऋण लिने बताउँदै हाल ४१६ अर्ब राजश्व उठेकाले पैसाको अभाव नभएको समेत बताए ।

‘ऋण उठाउन आवश्यक छैन, गत आवको तुलनामा ४० प्रतिशतले राजश्व बढेको छ,’ उनले भने ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार ००:००  १२ : २९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping