फोनलोनबाट गयो ३० करोडभन्दा धेरै ऋण, कसरी लिने फोनलोन ? « Eglish Khabarhub

फोनलोनबाट गयो ३० करोडभन्दा धेरै ऋण, कसरी लिने फोनलोन ?


२ पुस २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । हामीलाई थाहा छ कुनै पनि ऋण लिन बैंक धाउनु पर्छ । बैंकमा गएरमात्र भएन, ऋणको लागि धितो र अन्य धेरै कागजात पनि चाहिन्छ ।

लामो प्रक्रिया मिलाएपछि मात्र बैंकले ऋण दिन्छ ।

तर, तपार्र्इं कतै घुम्न जाँदै हुनुहुन्छ अथवा अचानक स्वास्थ्य उपचारको लागि ३०-४० हजार रुपैयाँ चाहियो । कहिलेकाँही स्कुल, कलेजको शुल्क तिर्न तुरुन्त पैसा चाहिनसक्छ ।

त्यस्तोबेला पैसाको जोहो कसरी गर्ने ? साथीभाई, बुबाआमासँग पनि कति माग्नु !

यस्तै समस्या धेरैलाई परेको हुनसक्छ ।

यदी तपाईं जागिरे हो भने एउटा उपाय छ- फोनलोन लिने । हातमै रहेको मोबाइलबाट एक मिनेटमै दुई लाख रुपैयाँसम्म ऋण लिन सकिन्छ । यसका लागि तपाईंले फोनलोन सुविधा दिने बैंकमा खाता खोलेको भने हुुनुपर्छ ।


कसलाई कुन बेला के पर्छ थाहा हुँदैन । त्यस्तो अवस्थामा यो ऋण धेरै उपयोगी हुन्छ ।

आममानिसको तत्काल चाहिने रकमलाई उपलब्ध गराउन भनेर फिनटेक कम्पनी एफवान सफ्टले ल्याएको सेवा हो– फोनलोन । विभिन्न बैंकबाट फोनलोनको सुविधा शुरु भइसकेको एफवान सफ्ट हेड सेल्स एण्ड मार्केटिङ सागर शर्मा बताउँछन् ।

फोनलोन सुविधा सुरु भएको ढेड वर्ष भइसकेको छ । नबिल बैंकबाट शुरु भएको फोनलोन अहिले कुमारी बैंक, लक्ष्मी बैंक, सिटिजन्स र मेगा बैंकमा उपलब्ध छ ।

‘कुमारी बैंकबाट नयाँ सुविधासहित इक्वले मन्थ्ली इस्टलमेन्ट (इएमआई) र बाइ नाउ, पे लेटर (बिएनपिएल) को शुरुवात भइसकेको छ,’ शर्माले क्लिकमाण्डूसँग भने, ‘विस्तारै अन्य बैंकमा पनि यो सुविधा उपलब्ध हुनेछ ।’

बैंकिङ क्षेत्रमा नयाँ प्रविधि भए पनि डेढवर्षमा फोनलोन लिन ग्राहकको संख्या उत्साहजनक छ । एफवान सफ्टका अनुसार अहिलेसम्म पाँचवटा बैंकबाट १८ हजारको संख्यामा करिब ३० करोड रुपैयाँ बराबरको ऋण लिएका छन् ।

कसरी लिने ऋण ?

फोनलोन लिन यो सेवा सञ्चालन गरेका बैंकको एपबाट लिन सकिन्छ । एपमा फोनलोन लिने सुविधा उपलब्ध छ ।

एपमा ‘रजिष्ट्रर फर सर्ट टर्म लोन’मा क्लिक गर्ने । इमेल ठेगाना राखेर कन्फर्म गरेपछि ‘अप्लाइ’ भन्ने अप्सन आउँछ । जुन इमेल राखेका हुन्छ, त्यही इमेल एड्रेसमा आएको लिंकलाई भेरिफाइ गर्नुपर्छ । त्यसपछि मात्र लोन अप्लाइन गर्न सकिन्छ ।

‘अप्लाइ’मा क्लिक गरेर कति ऋण लिन चाहेको हो उल्लेख गर्नुपर्छ ।

त्यसपछि उक्त ऋण फिर्ता गर्ने समयको पनि तोकिदिनु पर्छ । त्यहाँ एक महिनादेखि १२ महिनासम्म पहिलो स्टलमेन्ट कहिले तिर्ने भनेर समय तोकिदिनुपर्छ । पहिलो स्टलमेन्ट तोकेपछि ३० दिनको अन्तरालमा तिर्र्नुपर्छ ।

अन्तमा ओटीपी कोडजस्तै सिभिजी कोड राखेर कन्फर्म गरेपछि तत्कालै आफ्नो अकाउन्टमा पैसा आउँछ ।
कति प्रतिशत शुल्क लाग्यो, कति ब्याज लाग्यो सबै त्यही हेर्न सकिन्छ । ढिला भयो भने कति शुल्क लाग्छ भन्ने थाहा हुन्छ ।

अब ऋण कहिलेसम्म तिर्नुपर्छ, कति प्रतिशत शुल्क लाग्छ, कति ब्याज लाग्छ, ढिला भए कति शुल्क लाग्छ, सबै जानकारी एपबाटै लिन सकिन्छ ।

एक्टिभमा क्लिक गरेपछि आफ्नो कारोबार पनि हेर्न सकिन्छ ।

यो ऋण लिन के के चाहिन्छ ?

यस्तो ऋण लिन मुख्य बैंकमा ‘स्यालरी अकाउन्ट’ हुनुपर्छ । यो सुविधा शुरु गरेका चार बैंकले तलबी खाता भएकालाई मात्रै ऋण उपलब्ध गराउँछन् भने लक्ष्मी बैंकले भने नियमित डिपोजिट गर्ने र ‘इनकम’ ग्राहकलाई पनि यो सुविधा उपलब्ध गराएको छ ।

तलबी खाता भएका सबैले पनि यो सुविधा नपाउन सक्छ । यसका लागि खातावालाको खातामा न्यूनतम व्यालेन्स भएको हुनुपर्छ । यदी कसैले खातामा तबल आएको एकदुई दिनमै पैसा झिक्छ र खातामा व्यालेन्स राखेको हुदैन भने उसले यस्तो ऋण पाउँदैन ।

खातावालाले आफ्नो खातामा औषत कति व्यालेन्स राखेको छ, त्यसको आधारमा उसले कति ऋण पाउँछ भन्ने निर्धारण हुन्छ ।

‘डिसिजन एनालाइटिक्स’ भन्ने टुल्सका आधारमा ग्राहकले कति ऋण पाउँछन् भनेर निर्धारण हुन्छ ।

कस्तो खातावालालाई कति ऋण दिने भन्ने बैंकले आफ्नै ‘प्यारामिटर’ राखेको हुन्छ । तर, सबैको साझा ‘प्यारामिटर’ भनेको डिपोजिट रकम र उसको व्यालेन्स हो ।

यस्तो ऋण उपलब्ध गराउनुभन्दा पहिला बैंकले पछिल्लो ६ महिनाको कारोबार हेर्छ । कुनै चार्ज लागेको छ कि छैन ? कालो सूचिमा परेको छ कि छैन, क्रेडिट कार्ड छ कि छैन, बैंकमा अरु ऋण छ कि छैन भन्ने पनि बैंकले हेर्छ ।

औषत कति रकमको व्यालेन्स छ र डिपोजिट गरेको छ भन्ने आधारमा २ लाखसम्मको ऋण उपलब्ध हुन्छ ।
यी नियम पूरा गरेका खातावालालाई मात्र बैंकले ऋण उपलब्ध गराउँछ ।

कति समयको लागि लिन सकिन्छ यस्तो ऋण ?

बैंकअनुसार यस्तो ऋण एक महिनादेखि १२ महिनासम्मको लागि उपलब्ध छ । इएमआई शुरु गरेको कुमारी बैंकले १२ महिनासम्मको लागि यो ऋण उपलब्ध गराएको छ ।

कुमारी बैंकमा तलबी खाता भएकाले एक हजारदेखि २ लाख रुपैयाँसम्मको ऋण १२ महिनाको लागि पाउँछन् । उक्त ऋण एक महिना, तीन महिना, छ महिना, नौ महिना र १२ महिनामध्ये एक समयलाई छानेर लिनुपर्छ । आफूले छानेको अवधिमा उक्त ऋण चुक्ता गर्नुपर्छ ।

अन्य बैंकमा भने एक महिना अवधिको लागि मात्र यो कर्जा उपलब्ध छ । नबिल बैैंकबाट १ लाख रुपैयाँसम्म ऋण पाउँछन् । अन्य चार बैंकबाट भने सोही समयको लागि २ लाख रुपैयाँ उपलब्ध गराउँछ ।

यसबाट ऋण बुझाएपछि एकैछिनमा सेटल हुन्छ र अर्को ऋण लिन सकिन्छ ।

नेपालमै पहिलो पटक क्युआर पेबाट फोन लोन लिन सकिने

फोनलोनको सबैभन्दा महत्वपूर्ण र नयाँ स्किम भनेको क्यूआर स्क्यान गरेर तत्काल ऋण लिन पाउने सुविधा हो ।

किस्ताबन्दीमा लिने ऋणबाहेक उपभोक्ताले आफूलाई आवश्यक परेको जुनै पनि बेला क्युआर स्क्यान गरेर ऋण लिन सकिन्छ । यसरी लिएको ऋण पनि किस्ताबन्दीमा तिर्न सकिन्छ ।

क्युआर स्क्यानबाट लिने ऋण लिने भनेको कस्तो हो भने यदि कुनै पनि उपभोक्ता बजारमा जाँदा, अस्पताल, रेष्टुरेन्ट वा जहाँ सुकै गएर बिल गर्नु पर्यो । त्यो बेलामा अलि धेरै बिल आयो तर तपाईंलाई केही रकम पुगेन । त्यो बेला उपभोक्ताले फोन पेको कुनै पनि मर्चेन्टको क्युआरमा स्क्यान गरेर ऋण लिन सक्छन् ।

आफूलाई नपुगेको ऋण क्युआर स्क्यान गरेर तत्काल लिन सकिन्छ र चाहेको ठाउँमा भुक्तानी गर्न सकिन्छ ।

यस्तो सुविधा नेपालमै पहिलो पटक आएको शर्माले बताए । यसरी तत्कालै क्युआर स्क्यानबाट लिनएको ऋण पनि एक महिना, तीन महिना, छ महिना, नौ महिना र १२ महिनामध्ये एक समयलाई छानेर तिर्न सकिन्छ ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार ००:००  ८ : २५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping