४३ ग्रेडमा ‘कम्फर्टटेवल’ देखिए नेपाली सिमेन्ट, ५३ ग्रेड पुर्याउन हम्मे « Eglish Khabarhub

४३ ग्रेडमा ‘कम्फर्टटेवल’ देखिए नेपाली सिमेन्ट, ५३ ग्रेड पुर्याउन हम्मे


५ पुस २०७८, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लामो समयको प्रतिक्षापछि सरकारले सिमेन्ट ग्रेडिङमा नेपाल गुणस्तर चिन्ह दिन थालेपछि नेपाली सिमेन्टहरुले धमाधम ग्रेड शुरु गरेका छन् ।

नेपाल गुणस्तर चिन्ह प्रदान गर्ने नेपाल गुणस्तर तथा नापतौल विभागबाट अहिलेसम्म १४ सिमेन्ट उद्योगले ग्रेडिङ लिएका छन् । नेपालमा हाल ५५ वटा सिमेन्ट उद्योग सञ्चालनमा छन् ।

विभागले ती उद्योगहरुलाई ४३ र ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह प्रदान गरेको छ । तीमध्ये केहीले दुबै ग्रेडको गुणस्तर पुर्याएका छन् भने केहीले ५३ र ४३ मात्र लिएका छन् ।

ग्रेडिङमा नेपाल गुणास्तर चिन्ह लिने सिमेन्टमध्ये ११ वटाले ४३ ग्रेड लिएका छन् भने ९ वटाले ५३ ग्रेडको लिएका छन् । त्यस्तै, ३ वटाले ५३ र ४ वटा सिमेन्टले ४३ ग्रेडको गुणस्तर चिन्ह लिएका छन् ।

त्यसरी ग्रेड लिने सिमेन्टहरुमा अधिकांस ४३ ग्रेडमा सहज देखिएका छन् । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धेरै उद्योग ४३ ग्रेडमा ‘कम्फटटेवल’ देखिएको बताए ।

ग्रेडिङ लिने सिमेन्टहरुमध्ये शिभम् सिमेन्ट, मारुती सिमेन्ट, सर्वोत्तम सिमेन्ट, शुभश्री जगदम्बा मिसेन्ट, पाल्पा सिमेन्ट र सौर्य सिमेन्टले ओपीसी ४३ र ५३ गे्रडको नेपाल गुणस्तर चिन्ह लिएका छन् ।

त्यस्तै, शुभश्री अग्नि सिमेन्ट, अर्घाखाँची सिमेन्ट, घोराही मिसेन्ट, रिद्दिसिद्दी सिमेन्ट, जानकी मिसेन्टले ओपीसी ४३ ग्रेड लिएका छन् ।

त्यस्तै, युनाइटेड सिमेन्ट, जगदम्बा सिमेन्ट, र होंङ्सी शिभम् सिमेन्टले ओपीसी ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह लिएका छन् ।

‘हाम्रो अनुभवमा धेरै उद्योगहरु ४३ ग्रेडको नेपाल गुणस्तर चिन्ह लिन सहज देखिएका छन्,’ पुडासैनीले क्लिकमाण्डूसँग भने, ‘५३ ग्रेड पुर्याउन धेरैलाई गाह्रो भइरहेको छ ।’

कतिपय सिमेन्टलाई ५३ ग्रेड पुर्याउन ग्राह्रो भइरहेको पुडासैनी बताउँछन् । एक पटकमात्र ५३ ग्रेड लिएरमात्र भएन, त्यसलाई निरन्तता दिन उद्योगहरुलाई मेहनत गर्ने पर्छ ।

३३ ग्रेड भने उत्पादन भएका सबै सिमेन्टले पाउँछन् । ४३ र ५३ ग्रेडको लागि विभागबाट अुनमति लिनुपर्छ ।

नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने यो एक खुड्किलो भएको पुडासैनीको भनाइ छ ।

‘यसले नेपाली सिमेन्टको विश्वसनीयता अझ बढ्ने छ,’ उनले भने ।

अन्य केही सिमेन्टहरु पनि ग्रेड लिने लाइनमा छन् । उनीहरुको परीक्षण भइरहेको पुडासैनीले बताए । कतिपय सिमेन्ट भने ४३ ग्रेड पुर्याउन नसकेर असफलसमेत भएका छन् ।

४३ र ५३ ग्रेड पाउनु भनेको उपभोक्ताले त्यही गुणस्तरको सिमेन्ट उपभोग गर्न पाउनु हो । अब ग्रेडसँगै उपभोक्तालाई आवश्यकतअनुसारको गुणस्तरीय सिमेन्ट पाउने निश्चित भएको पुडासैनी बताउँछन् ।

‘४३ ग्रेडको गुणस्तर चिन्ह दिएपछि उसको सिमेन्टको गुणस्तर त्योभन्दा कम उत्पादन गर्न पाइँदैन,’ पुडासैनीले भने, ‘गुणस्तर चिन्ह लिने तर ग्रेड नपुर्याउने हो भने कारवाही हुन्छ ।’

मिसेन्टहरुलाई ४३ र ५३ ग्रेडको गुणस्तर चिन्ह अनिवार्य भने छैन । उनीहरुले अहिलेकै अवस्थामा ओपीसी र पीपीसीको रुपमा उत्पादन गर्न पाउँछन् ।

यदि सिमेन्ट उद्योगले आफ्नो सिमेन्टको गुणस्तर ४३ ग्रेड वा ५३ ग्रेडको छ भनेर देखाउन चाहेमा परीक्षण गराएर यो चिन्ह लिन आवश्यक छ ।

सिमेन्टको ग्रेड नछुट्याँदा सबै एउटै हुने उच्चस्तरको गुणस्तर खोज्नेलाई अप्ठारो परिरहेको थियो । ठूलो परियोजनाको लागि ५३ ग्रेडको सिमेन्ट खोज्ने भएकाले भारतबाट आयात गर्नुपर्ने बाध्यता थियो ।

केही वर्ष अघिसम्म भारतबाट ठूलो परीणाममा सिमेन्ट र यसको कच्चा पदार्थ क्लिंकर आयात हुन्थ्यो । अहिले त्यो आयात भने स्वात्तै घटेको छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा भारत १९ करोड ६० लाख रुपैयाँ बराबरको क्लिंकर आयात भएको छ । त्यस्तै, १३ करोड ६७ लाखभन्दा धेरैको सिमेन्ट आयात भएको छ ।

गएको वैशाखयता १४ वटा उद्योगले ४३ र ५३ ग्रेडको नेपाल गुणस्तर चिन्ह लिएका छन् । ती उद्योग निम्न छन्

-शिभम् सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
-मारुती सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
-शुभश्री अग्नि सिमेन्ट, ओपीसी ४३ ग्रेड
-युनाइटेड सिमेन्ट, ओपीसी ५३ ग्रेड
-सर्वोत्तम सिमेन्ट, ओपिसी ४३, ५३ ग्रेड
-अर्घाखाँची सिमेन्ट, ओपीसी ४३ ग्रेड
-जगदम्बा सिमेन्ट, ओपीसी ५३ ग्रेड
-घोराही मिसेन्ट, ओपीसी ४३ ग्रेड
–शुभश्री जगदम्बा मिसेन्ट, ओपीसी ४३, ५३ ग्रेड
–रिद्दिसिद्दी सिमेन्छ, ओपीसी ४३ ग्रेड
–सौर्य सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
–पाल्पा सिमेन्ट, ओपीसी ४३, ५३ ग्रेड
–होंङसी शिभम् सिमेन्ट, ओपीसी ५३ ग्रेड
–जानकी मिसेन्ट, ओपीसी ४३ ग्रेड

प्रकाशित मिति : ५ पुस २०७८, सोमबार ००:००  १२ : ३६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping