भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि « Eglish Khabarhub

भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि


८ पुस २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार छलेर भित्रिरहेका छन् ।

नेपाल मोबाइल फोन आयातकर्ता संघ र नेपाल मोबाइल वितरक संघले संयुक्तरुपमा गरेको अध्ययनअनुसार भन्सार छलेर आउने मोबाइलमा सबैभन्दा धेरै आइफोन र सबैभन्दा कम सामसङ छ । सामसङ २ प्रतिशत अवैधरुपमा भित्रिरहेका छन् ।

‘नेपालमा बिक्री हुने आइफोमध्ये ७० प्रतिशत भन्सार छलेर आएको पाइएको छ,’ नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्याद्योले क्लिकमाण्डूसँग भने, ‘सबैभन्दा कम सामसङ २ प्रतिशत अवैद्यरुपमा भित्रिरहेका छन् ।’

नेपालमा भन्सार छलेर धेरै भित्रिने मोबाइलमा आइफोनबाहेक एमआई, ओपो, भिभो, रियलमी, सामसङलगायतका छन् । व्यवसायीहरुले गरेको अध्ययनमा रियलमी ३० प्रतिशतसम्म ग्रे मार्केटबाट भित्रिएको पाइएको छ ।

त्यस्तै ओपो र भिभो २० देखि २५ प्रतिशत र एमआई १५ प्रतिशत भन्सार छलेर आइरहेका छन् ।

‘समग्रमा हेर्दा कुल आयातको ३० प्रतिशत मोबाइल भन्सार छलेर भित्रिरहेका छन्,’ चुल्याद्योले भने, ‘यो धेरै ठूलो परीणाम हो ।’ धेरै मूल्यका मोबाइलहरु भन्सार छलेर आइरहेको पाइएको छ ।

भन्सार छलेर आउने मोबाइलमा केही विदेशबाट व्यक्तिगतरुपमा आउने मोबाइल छन् भने अधिकांस तस्करीले ल्याएको मोबाइल छन् । खुला बर्डरका कारण भन्सार छलेर आइरहेको छन् ।

सबैभन्दा धेरै बिक्री हुने मोबाइल हुँदाहुँदै पनि मूल्य घटाएका कारण सामसङ सबैभन्दा कम अवैधरुपमा आएको चुल्याद्योको भनाइ छ ।

‘सामसङ कोरियाले नेपालमा बिक्री हुने सामसङ मोबाइलको मूल्य घटाएको छ,’ उनले भने, ‘भारतमा भन्दा कम मूल्यमा नेपालमा पाइने भएपछि अवैध आउने क्रम घटेको हो ।’ बाहिरको सामान नभित्रियोस् भनेर मूल्य सन्तुलनमा राख्न सामसङले यस्तो गरेको उनको भनाइ छ ।

उनीहरुले नेपालमा बिक्री भइरहेको मोबाइलको संख्या र मोबाइलको हेडक्वाटरमा भएको एक्टिभेसनको संख्यालाई तुलना गरेका थिए । नेपालमा कुनै पनि नयाँ मोबाइल खोलेर चलाउँदा (एक्टिभेसन) गर्दा बित्तिकै उक्त रेकर्ड सम्बन्धित मोबाइलको हेडक्वाटरमा पुग्छ ।

मोबाइल कम्पनीले नेपालमा प्रत्येक महिना कति नयाँ मोबाइल एक्टिभेसन भयो भन्ने रेकर्डरहेको हुन्छ ।

त्यस्तै, नेपालमा भन्सारबाट कति भित्रिए र वितरकहरुले कति बिक्री गरे भन्ने तथ्यांकसँग एक्टिभेसन तुलना गरेका थिए । ‘त्यसरी तुलना गर्दा अधिकांश मोबाइलको एक्टिभेसन धेरै र यहाँ बिक्री भएको संख्या कम पाइएको थियो । जसको अर्थ एक्टिभेसन भएका तर वितकरले बिक्री नगरेको ति मोबाइल भन्सार छलेर भित्रिएको हुन भन्ने प्रमाणित हुने चुल्याद्योले बताए ।

‘नेपालमा भित्रिएको अनुपातमा कम्पनीको मुख्य कार्यलयमा कति एक्टिभेसन भयो भनेर अध्ययन गरेका थियौं,’ उनले भने, ‘एक्टिभेसनको तुलनामा नेपालमा बिक्री भइरहेको मोबाइलको संख्या धेरै नै देखिएको छ ।’

त्यसबाहेक सीमा क्षेत्रमा रहेका मोबाइल व्यवसायीको व्यवसाय कस्तो छ भनेर पनि हेरेका थिए । उनीहरुले लकडाउनको अवधिमा पूर्णरुपमा आवतजावत बन्द भएको बेला बिक्री भएका मोबाइल र लकडाउनपछि खुला अवस्थमा भएको बिक्रीलाई तुलना गरेका थिए ।

सीमा क्षेत्रमा लकडाउनको बेलामा भन्दा खुला अवस्थामा बिक्री भएको मोबाइल सय प्रतिशतभन्दा धेरै पाइएको थियो । यसले पनि सीमा क्षेत्र खुलेको बेलामा धेरै मोबाइल भन्सार छलेर ल्याउने गरेको चुल्याद्योले बताए ।

त्यस्तै, सरकारले गरेको असहयोगका कारण पनि मुलुकमा मोबाइलको ग्रे मार्केटले प्रशय पाइरहेको चुल्याद्योको भनाइ छ ।

सरकारले विगतमा दिँदै आएको भ्याटफिर्ता सुविधा यथावात राख्ने र अन्तःशुल्क (एक्ससाइज ड्युटी)मा मिनाहा भएमा तस्करीले ल्याउने फोनमा कमी आउने उनको भनाइ छ ।

‘यसो भएमा विदेशबाट व्यक्तिगतरुपमा केही आए पनि नियोजितरुपमा भन्सार छलेर आउनेक्रम रोकिन्छ,’ चुल्याद्योगले भने ।

युवराज खतिवडा अर्थमन्त्री हुनुअघि मोबाइल व्यवसायीले बिक्री गरेको मोबाइलको भ्याटबाट ४० प्रतिशत फिर्ता पाउने व्यवस्था थियो । त्यो बेला अन्तःशुल्क पनि लाग्दैनथ्यो । ग्रे बजार घटाउनको लागि उक्त व्यवस्था गरिएको उनको भनाइ छ ।

खतिवडा अर्थमन्त्री भएपछि अन्तःशुल्क ५ प्रतिशत बनाए र ४० प्रतिशत भ्याट फिर्ता हटाइए । व्यवसायीका विरोपछि अन्तःशुल्क भने घटाएर २.५ प्रतिशत बनाएका थिए ।

चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक)सम्म नेपालमा २० अर्ब ३५ करोड रुपैयाँभन्दा धेरैको मोबाइल आयात भएको छ ।

संघले गरेको अध्ययनअनुसार ३० प्रतिशतले भन्सार छलेको हिसाब गर्दा ६ अर्ब १० करोड रुपैयाँ बराबरको मोबाइल अवैध बाटोबाट भित्रिएको देखिन्छ ।
गत वर्ष २०७७÷७८ मा ३६ अर्ब ९० करोड रुपैयाँ बराबरका मोबाइल हेन्डसेट भित्रिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार ००:००  ९ : ४७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping