नविल डिजी बैंकः अब हरेक ग्राहकको मोबाइल नै बैंकको शाखा, यसरी लिनुस् सुविधा « Eglish Khabarhub

नविल डिजी बैंकः अब हरेक ग्राहकको मोबाइल नै बैंकको शाखा, यसरी लिनुस् सुविधा


२० पुस २०७८, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एक वर्षअघि नविल बैंकले आफ्नो समानान्तर बैंक भन्दै ‘डिजी बैंक’ शाखा स्थापना गर्यो । यस शाखाले नबिल बैंकलाई कसरी डिजिटाइज र अटोमेसनमा लैजान सकिन्छ भनेर अध्ययन गरिरहेको थियो । अध्ययनमात्र नभएर आन्तरिक प्रयोग र परीक्षण पनि गरिरहेको थियो ।

यस शाखाको उद्देश्य बैंकलाई अटोमेसनमा लैजाने र ग्राहकलाई कसरी अनलाइनबाट सबै सुविधा दिन सकिन्छ भनेर प्रणाली विकास गर्नु थियो ।

यही डिजी बैंकले एक वर्ष लगाएर गरेको कामलाई नबिल बैंकले मंसिर २३ गते डिजी पोर्टलमार्फत् सार्वजनिक गरेको छ । हुन त पहिलादेखि नै नविल स्मार्ट एपबाट विभिन्न अनलाइन सुविधा दिइरहेको थियो ।

तर, नयाँ डिजी बैंकमार्फत् धेरै सुविधा थप गरेको बैंकले जनाएको छ । अहिलको सुविधालाई थप अपग्रेड गरेर मोबाइल एप र वेवभर्सन दुबैमा ‘डिजी बैंक’ सेवा ल्याएको छ ।

नविलले ग्राहकलाई उपलब्ध गराएका अधिकांश सेवाहरु डिजी पोर्टलमार्फत् अनलाइनबाट गर्न सकिने भएको छ । नबिल डिजी बैंक भनेको मोबाइल एपमात्र होइन, यो वेवभर्सनमा पनि उपलब्ध छ ।

‘डिजी बैंक भनेको एउटा प्लेटफर्म र इको सिस्टम हो,’ नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले भने, ‘यसमा बैंकिदेखि अन्य सेवाहरु छन् । र, आउने दिनमा झन बढी सेवाहरु उपलब्ध गराउँदै जान्छौं ।’

‘वान प्लेटफर्म फर अल च्यालन’ भन्ने कन्सेप्टबाट डिजी पोर्टल शुरु भएको छ ।

अब ग्राहकले कतिवटा शाखा छ भनेर सोधेमा हरेक ग्राहकको खल्तिमा शाखा छ भनेर भन्न सकिने शाह बताउँछन् । अब वित्तीय सेवा लिन शाखामा धाइरहनु पर्ने र त्यसको लागि खल्तीमा भएको मोबाइल झिकेर सेवा लिन सकिनेछ ।

डिजी बैंकको सेवाहरु मोबाइल एप नविल स्मार्ट र बैंकको डिजी पोर्टल (डिजी बास्केट डट नविल बैंक डट कम) मार्फत् लिन सकिन्छ ।

डिजी बैंकको सबैभन्दा राम्रो पक्ष के हो भने पहिला नविल स्मार्ट एप चलाउँदा खाता भएका ग्राहकले मात्र त्यो सुविधा प्रयोग गर्न सक्थे भने अहिले खाता नहुनेले पनि त्यसमा गएर नयाँ खाता खोल्न सक्नेछन् ।

डिजी बैंकको सेवा लिन सबैभन्दा पहिले नविल स्मार्ट एप डाउनलोड गर्ने वा नबिलको डिजी पोर्टमा जाने । खोल्दावित्तिकै लगइन पेजमै डिजी बैंक राखिएको छ । डिजी बैंकमा क्लिक गर्ने । होम स्क्रिन देखिन्छ ।

होम स्क्रिनमा अनलाइन अकाउन्ट ओपनिङ, डिम्याट अकाउन्ट, अनलाइन फिक्स्ड डिपोजिट, न्यू डेबिट कार्ड, डेबिट कार्ड रिप्लेसमेन्ट, क्रेडिट कार्ड, बी अ मर्चेन्ट, नबिल आइकार्ड एप्लिकेसन, इन्डिभ्युजल लोन एप्लिकेसन, एसएमई लोन एप्लिकेसन र बिल पेमेन्ट अप्सनहरु छन् ।

पहिला पनि अनलाइन अकाउन्ट खोल्ने सुविधा थियो तर भेरिफिकेनसका लागि बैंकमै पुग्नु पथ्र्यो । अब भने अनलाइन अकाउन्ट खोलिसकेपछि भिडियो कलबाट केवाईसी भेरिफिकेसन हुन्छ ।

यदि तपाईंसँग खाता छैन भने अनलाइन अकाउन्ट ओपनिङमा क्लिक गर्ने ।

अकाउन्ट ओपनिङभित्र जेनेरल सेभिङ, प्रिमियम नारी बचत खाता, नबिल बचत वा कुनै पनि तपाईंले चाहेको खाता यहाँबाट खोल्न सकिन्छ ।

अकाउन्ट खोल्नका लागि डिटेल भर्नुपर्छ । नागरिकता, फोटो अपलोड गर्नुपर्छ । उक्त डकुमेन्ट बैंकले भेरिफिकेसन गर्छ र बैंकले कन्फर्मेसन इमेल पठाउँछ । भिडियो केवाइसीको समयको लागि लिंक दिन्छ । नागरिकता वा अन्य कुनै पनि अफिसियल कार्ड राखेर भिडियो केवासी लिंक गर्न सकिन्छ ।

भिडियोबाट केवाइसी भेरिभिकेसन गर्न नविल बैंकका कर्मचारीसँग ग्राहकको भिडियो कल हुन्छ । त्यसमा आफ्नो इमेज लिने, नागरिकताको दुबैतिर लिने र सिग्नचेर लिएर फर्मलाई भेरिफिकेसन गर्ने काम हुन्छ ।

यति गरेपछि बैंकमा नआइकनै खाता एक्टिभ हुन्छ ।

तपाईंसँग नबिलको बैंक खाता भएपछि डिम्याट अकाउन्ट पनि त्यसरी नै खोल्न सकिन्छ । नविल इनभेष्टमेन्टको सहकार्यमा यो सुविधा पहिलोदेखि नै सञ्चालनमा छ ।

अनलाइन फिक्स्ड डिपोजिट पनि तुरुन्तै यसबाट खाता खोल्न सकिन्छ । यसका लागि आफ्नो खाता नम्बर, मोबाइल नम्बर राखेर अनलाइनबाटै फिक्स्ड डिपोजिट खाता खोल्न सकिन्छ ।

नयाँ डेभिट कार्ड लिनका लागि पनि आवश्यक विवरण भरेर लिन सकिन्छ । यदि डेभिट कार्ड हरायो वा बिग्रियो भने यहीँबाट रिप्लेसमेन्ट गरेर नयाँ लिन फर्म भर्न सकिन्छ । अनलाइनबाट अनुरोध गरेपछि सम्बन्धित शाखाबाट लिन सकिन्छ ।

डेभिट कार्ड डिएक्टिभेट गर्न र पुनः एक्टिभेट पनि यसैबाट गर्न सकिन्छ ।

क्रेडिट कार्ड लिनका लागि अनलाइनबाट फर्म भर्न सकिन्छ । त्यसपछि अन्य प्रोसेस गरेर शाखाबाट लिन सकिन्छ ।

यदि तपाईं कुनै व्यवसाय चलाउनु हुन्छ र क्रेडिट कार्ड, क्युआर, डेभिट कार्ड वा गेट वेबाट काम गर्न चाहनुहुन्छ भने ‘बि अ मर्चेन्ट’मा गएर मर्चेन्ट बन्न सकिन्छ । मर्चेन्ट बनेपछि क्युआर, पेमेन्ट गेवे, नबिल स्टलमेन्ट, पसको सुविधा लिन सकिन्छ ।

नविल आईकार्ड एप्लिकेसन भनेको प्रिपेड डलर कार्ड हो । नेपाल राष्ट्र बैंकले ५ सय डलरसम्म चलाउन सकिने भनेर आइकार्डको सुविधा दिएको छ । यो पनि डिजी बैंकबाटै अनुराध गर्न सकिन्छ ।

नविल स्मार्ट बैंकभित्र गएर भर्चुअल आइकार्ड अनुरोध गर्न मिल्छ । प्यानकार्डको फोटो अपलोड गर्दा बित्तिकै कार्ड अप्लाइन गर्न मिल्छ ।

यतिमात्र होइन, यदि तपाईंलाई ऋण चाहियो भने पनि मोबाइल एप र डिजी पोर्टलबाट लिन सकिन्छ । व्यक्तिगत ऋण लिन इन्डिभुजुअल लोन एप्लिकेसनमा गएर डिटेल भर्नुपर्छ । त्यसपछि आफूले चाहेको शाखामा गएर ऋण लिन सकिन्छ ।

यदि तपाईंको व्यवसायलाई ऋण चाहियो भने एसएमइ एप्लिसकेसनमा गएर फर्म भर्न सकिन्छ । अनलाइन एप्लिकेसन गररेपछि बैंकले सम्पर्क गर्छ । त्यसअनुसार काम गर्न सकिन्छ ।

डिजी बैंकमा रहेको अर्को सुविधा भनेको बिल पेमेन्ट हो । यसबाट नविल बैंकसँगको खाता वा कारोबारमात्र होइन अन्य कुनै पनि युटिलिटी बिल पेमेन्ट गर्न सकिन्छ । जस्तो कि विद्युत्, एयरलाइन्स, सरकारी कर, खानेपानी, इन्टरनेट र टिभीको बिल, इन्स्योरेन्स, विद्यालयको शुल्क, टपअप सबै यहीबाट गर्न सकिन्छ ।

यहाँ अन्य सेवाहरु पनि थपिदै जाने शाहले बताए ।

इसेवा र खल्ती मोबाइल वालेटमा पनि नगद लोेड गर्न सकिन्छ । अर्को भनेको फोन पेको माध्यमबाट कारोबार गर्न सकिन्छ ।

‘पहिला बैंक जानु छ । यति काम गर्नु भन्नुहुन्थ्यो भने अब त्यो अवस्था छैन,’ शाहले भने, ‘अब बैंकिङको कारोबार घर, अफिस जहाँबाट पनि गर्न सकिन्छ ।’

अबको दिनमा बैंक भनेको कुन शाखा भन्ने भन्दा पनि नबिल बैंक भनेको हरेक नेपालीको खल्तीमा होस् भन्ने उद्देश्य रहेको शाहले बताए ।

‘हामीले विभिन्न सुविधाहरु थपेर एक इको सिस्टम बनाउँछौं,’ शाहले भने, ‘जस्तो कि रेस्टुराँ, ट्राभल एजेन्ट, फुडमाण्डू वा जुनसुकै बिल तिर्नुपर्ने सेवालाई यस प्लेटफर्ममा ल्याउँछौं ।’

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार ००:००  १० : ०३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping