अर्ब कमाउने बैंकको प्रतिफल मुद्दति निक्षेपको जस्तो, पूँजीको दबाब नहुँदा उद्योगको अत्यधिक बढी « Eglish Khabarhub

अर्ब कमाउने बैंकको प्रतिफल मुद्दति निक्षेपको जस्तो, पूँजीको दबाब नहुँदा उद्योगको अत्यधिक बढी


२२ पुस २०७८, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकले आर्थिक वर्ष २०७७/७८ मा लगानीकर्तालाई औसतमा १५.०१ प्रतिशतले लाभांश दिए ।
सोही वर्ष विकास बैंकहरुको औसत लाभांश वाणिज्य बैंककै हाराहारीमा अर्थात् १५.७४ प्रतिशत रह्यो ।

यता जलविद्युत् कम्पनीहरुले पनि औसतमा खासै राम्रो लाभांश दिन सकेनन् । जलविद्युत् कम्पनीको औसत लाभांश १३.४९ प्रतिशतमै सीमित भयो । यद्यपि हालसम्म ४४ मध्ये १३ वटा जलविद्युत् कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।

यस अवधिमा वाणिज्य बैंक, विकास बैंक र जलविद्युतका लगानीकर्ताले औसतमा १३ देखि १५ प्रतिशत लाभांश पाउँदा उद्योग तथा उत्पादनमूलक ४ कम्पनीले भने लगानीकर्तालाई मनग्गे लाभांश दिएका छन् । उनीहरुले सेयरधनीलाई औसतमा २०३.५ प्रतिशत लाभांश वितरण गरेका छन् । जसमा युनिलिभर र हिमालयन डिष्टिलरीको योगदान महत्वपूर्ण रहेको छ ।

बैंक तथा जलविद्युतलगायतका कम्पनीहरुको लाभांश घट्दो क्रममा देखिँदा उद्योग तथा उत्पादनमुलक कम्पनीहरुको लाभांश भने बढ्दै गएको छ ।

उत्पादन तथा प्रशोधन समूहमा रहेका ६ वटा कम्पनीमा हिमालयन डिस्टिलरी, नेपाल ल्यूव आयल, शिवम् सिमेन्ट, यूनिलिभर नेपाल र बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराई छन् । जसमध्ये बोटलर्स नेपाल बालाजु र तराईले अहिलेसम्म लाभांश घोषणा गरेका छैनन् ।

यसको अर्थ हो लगानीकर्तालाई वाणिज्य तथा विकास बैंक र जलविद्युत् कम्पनीभन्दा उद्योग तथा उत्पादनमूलक कम्पनीहरुले आकर्षक लाभांश दिन थालेका छन् ।

एनएमबि बैंकका अध्यक्ष समेत रहेका रिलायन्स स्पिनिङ मिल्सका सञ्चालक पवन गोल्यानले आफूलाई बैंकबाट प्राप्त हुने प्रतिफलभन्दा उद्योगबाट हुने प्रतिफल राम्रो रहेको बताउँछन् ।

‘बैंकबाट त केही पनि प्रतिफल छैन, नेपालको बैंकिङ क्षेत्रलाई व्यवसायिक बनाउने मेरो प्यासन भएकाले मात्रै म यो क्षेत्रमा छु, व्यवसायीका रुपमा मलाई आज पनि उद्योगबाट नै राम्रो प्रतिफल छ,’ गोल्यानले क्लिकमाण्डूसँग भने ।

बैकिङ क्षेत्रका जानकार पर्शुराम क्षेत्री कुँवरले विगत ६/७ वर्षदेखि बैंकिङ क्षेत्रको नाफामा संकुचन आएको बताए ।

‘अन्य क्षेत्रको तुलनामा यो क्षेत्र निकै पारदर्शी रहेको र मुनाफा घटेका कारण बैंक तथा वित्तीय संस्थालाई दिने लाभांश पनि घट्दै छ,’ उनले भने ।
यता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसीले केही वर्षयता बैैंंकको पुँजी बढेको तथा बिजनेश गर्नका लागि पुँजी वृद्धि आवश्यक हुँदाको असर लाभांशमा देखिएको बताउँछन् ।

‘बैंकको पुँजी २ अर्ब रुपैयाँबाट ८ अर्ब रुपैयाँ र अहिले ८ अर्ब रुपैयाँबाट १८ अर्ब रुपैयाँसम्म पुगेको छ,’ उनले भने, ‘जसले गर्दा वाणिज्य बैंकको लाभांश खुम्चिँदै गएको छ ।’

अहिले बैंकहरुले नाफा धेरै कमाएको जस्तो देखिए पनि रिटर्न अफ इक्विटी (आरओई)भने घटिरहेको केसीको भनाइ छ । आजभन्दा ८/१० वर्षअघि २२ प्रतिशत आरओई भएको कम्पनीको अहिले १२/१३ प्रतिशतमा सीमित भएको उनको भनाइ छ ।

‘नियामकीय प्रावधानले बैंकहरुलाई पुँजी बढाउनु पर्ने बाध्यता हुन्छ तर उद्योगमा त्यस्तो हुँदैन,’ उनले थपे, ‘जसका कारण बैंकहरुको पुँजी बढ्दा सोअनुसारको नाफा नबढ्ने हुन्छ भने उद्योगहरुलाई पुँजी बढाउनुपर्ने बाध्यता नहुँदा उत्पादन बढ्दा नाफा स्वभाविकरुपमा बढ्छ ।’

यता जलविद्युत् कम्पनीहरुको विद्युत् उत्पादनदेखि बिक्रीसम्म यति हुन सक्छ भन्ने आँकलन गर्न सक्ने नेपाल इन्भेष्टर फोरमका वरिष्ठ उपाध्यक्ष राजन लम्सालको भनाइ छ ।

‘कतपिय अवस्थामा प्राकृतिक विपत्तीले अवरोध गर्ने, पावर हाउस बनाउने, ड्याम्पमा अवरोध हुने बाहेक यति उत्पादन र बिक्री हुन्छ, यति ऋण छ, यति ऋण तिर्छन भनेर थाहा पाउन सकिन्छ,’ उनले भने, ‘सोहीअनुसार लगानीकर्ताले मनोविज्ञान तयार पारेर लगानी गर्छन ।’

उत्पादन र प्रशोधन समूहको लाभांश २०३.५ प्रतिशत लाभांश
उत्पादन तथा प्रशोधन समूहमा थोरै कम्पनी भएपनि यी कम्पनीले लगानीकर्तालाई दिने लाभांश भने निकै आकर्षक छ । यो समूहमा रहेका ६ कम्पनीमा ४ वटाले लाभांश घोषणा गरेका छन् । जसको लाभांश औषतमा २०३.५ प्रतिशत हुन्छ ।

त्यसमा सबैभन्दा बढी लाभांश दिनेमा युनिलिभर छ । कम्पनीले सेयरधनीलाई ६५० प्रतिशत लाभांश दिएको छ । अर्थात् युनिभिलर कम्पनीमा १ कित्ता सेयर हुने सेयरधनीले ६५० रुपैयाँ नगद लाभांश पाएका छन् । जम्मा ९ करोड चुक्ता पुँजी रहेको कम्पनी सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी समेत हो ।

यता शिवमले २९ प्रतिशत नगद नगद लाभांश दिने भएको छ भने हिमालयन डिस्ट्रिलरीले ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद गरी १०० प्रतिशत लाभांश घोषणा गरेको छ । नेपाल ल्यूबले ३० प्रतिशत बोनस र ५ प्रतिशत नगदसहित ३५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंक र जलविद्युत्को लाभांश कमजोर
वाणिज्य तथा विकास बैंक र जलविद्युत् कम्पनीको नाफा औसतमा १३ देखि १५ प्रतिशत छ ।

आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरु औसत लाभांश १५.०१ प्रतिशत छ । जसमा नबिल बैंकले सबैभन्दा बढी ३८ प्रतिशत लाभांश दिएको छ भने सबैभन्दा कम सिभिल बैंकको ५.२६ प्रतिशत छ । २७ मध्ये १४ वटा बैंकले त औषतभन्दा कम लाभांश दिएका छन् ।

नबिल बैंकले सेयरधनीलाई ३८ प्रतिशत लाभांश दिएपनि २७ वटा वाणिज्य बैंकको औसत लाभांश जम्मा १५.०१ प्रतिशत हो । २७ वटा वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक बाहेक २६ वटा बैंक नेपाल स्टक एक्सचेन्जमा सूचिकृत छन् ।

विकास बैंकतर्फ राष्ट्रिय स्तरका ८ वटा विकास बैंकमा ७ वटा बैकले लाभांश घोषणा गरेका छन् । जसमा सबैभन्दा बढी महालक्ष्मी विकास बैंकले २१.०५२६ प्रतिशत दिने भएको छ । तर,विकास बैंकहरुको औसत लाभांश १५.७४ प्रतिशत रहेको छ । जुन वाणिज्य बैंकको भन्दा केही प्रतिशत बिन्दुले बढी हो ।

जलविद्युत् कम्पनीमा ४४ वटा जलविद्युत कम्पनीमध्ये १३ वटाले लाभांश घोषणा गरेका छन् । जसमा उनीहरुको औसत लाभांश १३.४९ प्रतिशत छ । जलविद्युत् कम्पनीमध्ये सबैभन्दा बढी ङादी पावर कम्पनीले २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरिसकेको छ ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहिबार ००:००  ७ : ०५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping