मर्जर फेल भएपछि हिमालयन बैंकलाई राष्ट्र बैंकले ४ कारवाही गर्ने, सेयरधनीले लाभांश नपाउने « Eglish Khabarhub

मर्जर फेल भएपछि हिमालयन बैंकलाई राष्ट्र बैंकले ४ कारवाही गर्ने, सेयरधनीले लाभांश नपाउने



काठमाडौं । नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारवाही गर्ने भएको छ । राष्ट्र बैंकले कानून अनुसार कारबाही गर्ने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

‘डिमर्ज भयो भन्ने आधिकारीक जानकारी राष्ट्र बैंकलाई प्राप्त भएको छैन, दुबै बैंकको मर्जर कमिटि बसेर राष्ट्र बैंकमा डिमर्जका लागि पत्राचार गर्नुपर्छ,’ गभर्नर अधिकारीले क्लिकमाण्डूसँग भने, ‘त्यसपछि राष्ट्र बैंकले मर्जर विनियमावलीअनुसार कारबाही गर्छ ।’

राष्ट्र बैंकको कानूनी व्यवस्था अनुसार आज साधारणसभाले पारित गरेको लाभांश हिमालयन बैंकका सेयरधनीले अब पाउने छैनन् ।

यसबाहेक हिमालयन बैंकलाई शाखा कार्यालय खोल्न राष्ट्र बैंकले अनुमति नदिने तथा राष्ट्र बैंकबाट पाउने नियामकिय सुविधा हिमालयन बैंकले पाउने छैन । यसको अर्थ हिमालयन बैंकले पुनरकर्जा,एसएलएफ लगायतका मौद्रिक उपकरणहरु प्रयोग गर्न पाउने छैन ।

राष्ट्र बैंकले हिमालयनका सञ्चाललाई समेत समेत गराउने छ । गत बैशाखदेखि हिमालयन बैंकको दोस्रो बजारमा रोक्का रहेको सेयर कारोबार समेत फुकुवा हुने छैन ।

हिमालयन बैंकले कारवाहीबाट बच्नका लागि अर्को वाणिज्य बैंकसँग मर्जर गर्नुपर्ने छ ।

‘गल्ती हिमालयन बैंकको छ तर दुबै बैंकलाई कारबाही हुन्छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अब दुबै बैंकले तत्कालै अर्को पार्टनर खोजेर मर्जर वा एक्विजिशन गर्नुको विकल्प छैन ।’

गत बैशाखमा मर्जरमा जाने सैद्दान्तिक समझदारी गरेका हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर १० महिनापछि आएर भाँडिएको हो । इन्भेष्टमेन्ट बैंक मर्जरमा जान तयार रहँदा रहँदै पनि हिालयन बैंकका ३० प्रतिशतभन्दा स्वामित्व भएका सेयरधनीले मर्जरको विपक्षमा भोट हालेकाले यी दुई बैंकबीच मर्जरको च्याप्टर क्लोज भएको हो ।

Publish on: