ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा « Eglish Khabarhub

ब्रोकरले आफ्नै टीएमएस छिट्टै सञ्चालन गर्न पाउने, प्रक्रिया अन्तिम चरणमा


२० फाल्गुन २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर)हरुको आफ्नै कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) सञ्चालन गर्ने चाहना अब भने पूरा हुनेतर्फ गएको छ ।

गत साउन १ गते नै सञ्चालन गर्ने भनेपनि धितोपत्र बोर्ड र नेप्सेका ब्रोकरले आफ्नै टीएमएस चलाउन पाएका थिएनन् । यसलाई पूर्णता दिन नेप्से र धितोपत्र बोर्डका नयाँ नेतृत्वले चासो दिएसँगै अब केही समयमा ब्रोकरले आफ्नै टीएमएस चलाउन पाउने भएका हुन् ।

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीका अुनसार बोर्ड अध्यक्ष रमेश हमाल र नेप्सेका सीइओ कृष्णबहादुर कार्कीबीच पनि यो विषयमा छलफल भएको छ ।

नेप्सेले ब्रोकरलाई डाटा कुन मोडलमा दिने, कसरी सुरक्षित बनाउने, टीएमएसका विषयमा केही विषय प्रष्ट हुन बाँकी रहेको र कानूनी भाषामा केही सुधार गर्न आवश्यक परेका कारण ती विषयलाई प्रस्ट पारेर पठाउन आग्रह गरेको प्रवक्ता गिरीले बताए ।

उनका अुनसार नेप्सेले के–के काम गरेर पठाउनु पर्ने हो त्यसको बारेमा नेप्सेमा पत्र पनि गइसकेको र नेप्सेले यी विषय प्रष्ट पारेर पठाएपछि बोर्ड सञ्चालक समितिमा जानेछ । बोर्डले उक्त विनियमावली पास गरेपछि कार्यान्वयनमा जाने उनको भनाइ । त्यसका लागि अब धेरै समय नलाग्ने गिरीले बताए ।

धितोपत्र बोर्ड र नेप्सेले नेतृत्व पाएसँगै अब भने आफैले टीएमएस सञ्चालन गर्न आवश्यक विनियमावली समयमा नै बन्ला कि भन्ने अपेक्षामा रहेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए ।

उनका अुनसार धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई भेटेर यो विषयमा जानकारी गराएको र अध्यक्ष हमालले पनि यसलाई चाँडै टुंग्याउने आश्वासन दिएका कारण अब धेरै पर जाने सम्भावना कम छ ।

एसोसिएसनले २०७७ चैतमा साउन १ गतेबाट आफ्नै टीएमएस सञ्चलान गर्ने भनेको थियो । त्यो काम बोर्ड कै कारण रोकिएको थियो । ब्रोकरले तोकेको समय १ वर्ष पूरा भएको छ । बोर्डले समयमा नै विनियमावली नल्याएका कारण उक्त काम रोकिएको हो ।

नेप्सेले सूचना प्रविधि कार्यविधि बनाएर ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालन गर्न सक्ने व्यवस्थासहितको प्रस्ताव स्वीकृतिको लागि बोर्डमा पठाएको थियो ।

कार्यविधिमा टीएमएस प्रयोग गरे वापत नेप्सेलाई तिर्नुपर्ने शुल्क समावेश गरिएको थियो । शुल्कको विषय कार्यविधिमा राख्न नमिल्ने र त्यसलाई नियमावलीमा राख्नुपर्ने भनेर उक्त प्रस्ताव संशोधन गरेर फिर्ता पठाइदिएको थियो । बोर्डबाट फिर्ता आएको प्रस्ताव नेप्सेले पुनः विनियमावली संशोधन गरेर बोर्डमा पठाइसकेको छ । बोर्डमा स्वीकृतिका लागि पठाइएको विनियमावलीमा कारोबार ब्यबस्थापन प्रणाली (टिएमएस) प्रयोग सम्बन्धी ब्यबस्था छ ।

अहिले भइरहेको टिएमएस ब्रोकरले भाडामा चलाउँदा त्यसको प्रयोग सम्बन्धी व्यवस्था र ब्रोकर आफैले टीएमएस निर्माण गरे वा खरिद गरेर त्यसको प्रयोग सम्बन्धी व्यवस्था गरिएको छ ।

नेप्सेको ब्रोकर चलाउने ब्रोकरले मर्मत सम्भारका लागि मासिक ४० हजार र जडानका लागि १५ हजारसहित ५५ हजार शुल्क लाग्ने छ । ब्रोकरले ल्याएको टीएमएस चलाउने हो भने त्यसलाई नेप्सेको सिस्टममा जोड्न ७५ हजार वार्षिक शुल्क लाग्ने प्रस्ताव गरिएको छ ।

नेप्सेले बोर्डमा गत चैतमा पठाएको विनियमावली बोर्डले पास नगर्दा ब्रोकरले साउन १ गतेदेखि आफ्नै टीएमएस सञ्चालन गर्न नसकेका हुन् ।

अध्यक्ष मैनाली अर्थमन्त्री जनार्दन शर्माले धितोपत्र बोर्ड र नेप्सेलाई दिएको ११ बुँदे निर्देशनमा पनि टिएमएसमा देखिएको समस्या समाधान गर्ने विषय समावेश भएकोले गर्दा आफूहरु केही आशावादी भएको बताउँछन् ।

मन्त्री शर्माको सुझावमा ‘२०७५ कात्तिक २० देखि नयाँ टीएमएस भित्रिएको र यसले केही सहजता ल्याएपनि अझै प्रयोगकर्तामैत्री नभएको भन्ने गुनासो रहेको र यस्ता गुनासो समाधान गर्नुपर्नेछ’ भन्ने उल्लेख छ । त्यसले गर्दा पनि अब धेरै समय नलाग्ने मैनालीको भनाइ छ ।

ब्रोकरहरुले विभिन्न १० भन्दा बढी राष्ट्रहरुमा प्रयोग भइरहेको टीएमएस ल्याएर संचालन गर्न खोजेपनि बोर्डले समयमा नै नीतिगत व्यवस्था नगरेका कारण ७ महिनासम्म कार्यान्वयनमा जान नसकेको हो ।

एसोसिएनसले गत चैत ३० मा नै मोबाइल एप्लिकेशनसहितको मल्टी एक्सचेञ्ज ट्रेडिङ प्लाटफर्म रहेको प्रणाली जसमा सेयर, डिबेन्चर, बण्ड, डेरिभेटिभ्स, करेन्सीलगायत विभिन्न उपकरणहरूको कारोबार एक वा एकभन्दाबढी स्टक वा डेरिभेटिभ्स एक्सचेन्जमा एकैसाथ गर्न सकिने गरी टीएमएस ल्याउने भनेर विज्ञप्ति नै जारी गरेको थियो ।

तत्कालिन समयमा हामीले टीएमएस ल्याउने भनेर विज्ञप्ति जारी गर्दा केही समयमा नै आवश्यक नीतिगत व्यवस्था हुन्छ होला भन्ने अपेक्षा रहेको भएपनि अहिलेसम्म बोर्डले अपेक्षा अुनसार काम नगरेको मैनालीको भनाइ छ ।

‘सुरुमा बोर्डले समयमा नै काम गरेन,’ उनले भने, ‘पछि बोर्डमा नेतृत्व नभएपछि काम हुन सकेको थिएन । अहिले बोर्डले पनि अध्यक्ष पाएको छ, मन्त्रीले पनि चासो दिनु भएको छ । अब धेरै समय नलाग्ला ।’

बोर्डले विनियमावली स्वीकृत गरेर नेप्सेले कार्यान्वयनमा ल्याएपछि ब्रोकरले आवेदन दिने, आवेदन परेपछि नेप्सेले आवश्यक काम–कारबाही अघि बढाउन समय लाग्ने छ । उक्त सिस्टम परीक्षण गर्न पनि समय लाग्नेछ ।

प्रकाशित मिति : २० फाल्गुन २०७८, शुक्रबार ००:००  ५ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping