चुनावअघि कोरोना बीमाको १ अर्ब दाबी भुक्तानी निकासा गर्ने सरकारको तयारी, कम्पनीहरुले १ अर्ब थप्ने « Eglish Khabarhub

चुनावअघि कोरोना बीमाको १ अर्ब दाबी भुक्तानी निकासा गर्ने सरकारको तयारी, कम्पनीहरुले १ अर्ब थप्ने


९ चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । लामो समयसम्म कोरोना बीमाको दाबी भुक्तानी गर्न अटेर गरिरहेको सरकारले चुनावअघि १ अर्ब रुपैयाँ निकासा गर्ने तयारी गरेको छ । चुनावअघि नै कोरोना बीमाको दाबी भुक्तानी शुरु गर्दा राम्रो सन्देश जाने भन्दै सरकार तयार भएको हो ।

स्रोतका अनुसार तत्कालका लागि सरकारले १ अर्ब रुपैयाँ निकासा गर्ने र बीमा कम्पनीहरुले १ अर्ब रुपैयाँ थप गरी २ अर्ब रुपैयाँ भुक्तानी गर्ने तयारी भइरहेको छ ।

‘चैतभित्र कोरोना बीमाको दाबी भुक्तानीमा देखिएको समस्या समाधान गर्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ,’ बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले क्लिकमाण्डूसँग भने ।

बीमा कम्पनीहरुले बाँकी सबै दाबी भुक्तानी वापतको रकम भुक्तानी गर्न आफूहरु तयार रहेको तर त्यसवापत सरकारले करमा समायोजन गर्नुपर्ने विकल्प सुझाव दिएका छन् ।

‘बीमा कम्पनीहरु कोरोना बीमाको दाबी भुक्तानी गर्न तयार छन्, तर त्यसका लागि सरकारले कर वापतको रकममा समायोजना गर्न तयार हुनुपर्छ,’ एक बीमा कम्पनीका सीइओले क्लिकमाण्डूसँग भने, ‘लामो समयसम्म दाबी भुक्तानी रोकेर राख्दा नागरिकमा राम्रो सन्देश गएको छैन ।’

हाल सरकार मातहतमा कोरोना बीमाको दाबी भुक्तानी स्वरुप ११ अर्ब रुपैयाँभन्दा बढी रकम निकासा हुन बाँकी छ ।

कोरोना बीमा मापदण्ड–२०७७ मा कोरोना बीमाको दाबी भुक्तानी १ अर्ब रुपैयाँसम्म बीमकले र १ अर्ब रुपैयाँदेखि २ अर्ब रुपैयाँसम्म पुनर्बीमा कम्पनीले बेहोर्ने उल्लेख छ ।

साथै, २ अर्ब रुपैयाँदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म बीमकको महाविपत्ति पुलमार्फत् र २ अर्ब ५० करोड रुपैयाँभन्दा माथि ३ अर्ब ५० करोड रुपैयाँसम्म बीमा समितिले बेहोर्ने उल्लेख छ ।

हालसम्म कोरोना बीमाको दाबी भुक्तानीका लागि १ लाख ५९ हजार २२५ दाबीमार्फत् १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी भुक्तानी परेको छ । तर हालसम्म कुल ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भएको छ ।

हालसम्म आफ्नो दायित्व अनुसार बीमक, महाविपत्ति पुल, पुनर्बीमा कम्पनी र बीमा समितिले ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेका छन् । त्यसबाहेकको बीमा कम्पनीहरुले थप १ अर्ब २८ करोड ८१ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन् ।

अब सरकारको दायित्वमा ११ अर्ब ४३ करोड ९६ लाख ६६ हजार ८९२ रुपैयाँ भुक्तानी गर्न बाँकी छ । तर बीमितहरुले भने १० अर्ब १५ करोड १५ लाख ६६ हजार ८९२ रुपैयाँ पाउन बाँकी छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार ००:००  ४ : ०७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping