आफ्नै टीएमएस चलाउन ब्रोकर कम्पनीले गरे आनाकानी, विनियमावली संशोधन हुँदै « Eglish Khabarhub

आफ्नै टीएमएस चलाउन ब्रोकर कम्पनीले गरे आनाकानी, विनियमावली संशोधन हुँदै


१६ चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । धितोपत्र दललाल व्यवसायी (ब्रोकर) कम्पनीहरुले छुट्टाछुट्टै टीएमएस तथा डेटा सेन्टर सञ्चालनका लागि लागि आनाकानी गर्न थालेका छन् ।

टीएमएस राख्नका लागि न्यूनतम ८० लाखदेखि साढे २ करोड रुपैयाँ खर्च लाग्ने भएपछि उनीहरु हच्किएका हुन् ।

हाल ५० ब्रोकर कम्पनीमध्ये २ दर्जन कम्पनीले आफ्नै डेटा सेन्टर सञ्चालन गरिरहेका छन् भने ब्रोकर कम्पनीले संयुक्त रुपमा सेयरिङ मोडेलमा डेटा सेन्टर सञ्चालन गरिरहेका छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले २०७४ कात्तिक २९ गते अनलाइन कारोबारको शुरुवात गरेसँगै ब्रोकरहरुलाई २०७५ वैशाखदेखि छुट्टाछुट्टै डेटा सेन्टरका लागि आन्तरिक सर्कुलर जारी गरेको थियो ।

पछिल्लो समय नयाँ स्टक एक्सचेन्ज थप्ने, ब्रोकरको संख्या बढाउने जस्ता चर्चापछि कम्पनीहरुले छुट्टाछुट्टै टीएमएस र डेटा सेन्टर सञ्चालन गर्न मानेका छैनन् ।

‘भोलि नयाँ स्टक आयो र बैंकका सहायक कम्पनी र नयाँ ब्रोकरले ब्रोकर लाइसेन्स पाए भने लगानी उठ्ने सम्भावना कम हुन्छ, त्यसैले अहिले लगानी नभएको हो,’ एक ब्रोकर कम्पनी सञ्चालकले भने ।

सामूहिक रुपमा टीएमएस सञ्चालन गर्दा एउटा समस्या आउँदा सबै कम्पनीमा समस्या देखिने समस्या अहिले यथावत छ ।

उक्त समस्या समाधान गर्न ब्रोकरहरुले आफ्नै सर्भर राख्ने तयारी भए पनि लागत बढी पर्ने भएपछि उनीहरु हच्किएका हुन् ।

‘नेप्सेले ब्रोकरलाई आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरी सहजीकरण गर्ने उद्देश्यले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधन गरी बोर्डमा पठाइएको छ,’ नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ।

विनियमावली संशोधनका लागि बोर्डमा
नेप्सेले ब्रोकरहरुको माग सम्बोधन हुने गरी संशोधन सहितको धितोपत्र कारोबार सञ्चालन विनियमावली–२०७५ धितोपत्र बोर्डमा पठाइसकेको छ । जसमा हाल सामूहिक सर्भर चलाइरहेका कम्पनीहरुलाई कम्तीमा तीन भागमा विभाजन गर्ने योजना छ ।

यसको अर्थ हाल ३५ वटा कम्पनी सामूहिक सर्भरमा छन् भने अब बढीमा १२ वटा कम्पनी मात्रै एउटै सर्भरुमा आबद्ध हुन पाउनेछन् । यसले अहिले भएको समस्या र लागत दुबै कम हुनेछ ।

स्टक ब्रोकर एसोसिएशनका अध्यक्ष सन्तोष मैनाली नेप्सेले यसअघि गरेको व्यवस्था अनुसार सञ्चालन गर्न नसकिने बताउँछन् ।

‘सेयरिङ मोडलमा जाँदा कुनै सिस्टम राम्रोसँग चल्न सक्छ,’ अध्यक्ष मैनालीले भने, ‘त्यस्तो हुँदा राम्रो सिस्टम चलाउने ब्रोकरले मालामाल बन्ने, सर्भर कमजोर भयो भने कम्पनी बन्द गर्नुपर्ने अवस्था आउन सक्छ ।’

अहिले ब्रोकरहरु आफ्नै डाटा सेन्टर राख्नेभन्दा पनि भाडामा चलाउने सोचमा रहेको मैनालीको भनाइ छ ।

‘आफै सञ्चालन गर्दा त्यसको सुरक्षा, दक्ष जनशक्तिलगायतका कारण समस्या हुने देखियो, त्यसैले सामूहिक सर्भर राखौं भनेको हो,’ उनले भने ।

हाल ब्रोकरहरुले सामूहिक सर्भर सञ्चालनको जिम्मेवारी वाइको कम्पनीलाई दिएका छन् ।

धितोपत्र बोर्डका सह–प्रवक्ता रुपेश केसीका अुनसार विनियमावली संशोधनका लागि आवश्यक छलफल शुरु भइसकेको छ ।

विनियमावली संशोधनका लागि नेप्से र सेबोनले छलफल गरेर संशोधनको प्रक्रिया अघि बढाएको उनको भनाइ छ ।

सामूहिक सर्भर सञ्चालनको जिम्मेवारी पाएको वाइको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) दिपेश प्रधान ब्रोकरहरुले सेयरिङमा डेटा सेन्टर राखेर सधै चलाउन नसक्ने बताउँछन् ।

‘अहिले ब्रोकरहरुको डेटा सेन्टरमा कुनै समस्या आयो भने समाधान कसरी गर्ने भन्ने विकल्प छैन,’ प्रधानले भने, ‘अब ब्रोकरहरुले डेडिकेटेड सर्भर राख्नै पर्छ । साथै प्रयोगकर्ता अनुसार क्षमता पनि अभिवृद्धि आवश्यक छ ।’ब्रोकर कम्पनीले यस्ता

समस्या नदोहोर्याउनका लागि २ वटा डेटा सेन्टर राख्नुपर्ने उनको सुझाव छ ।

ब्रोकरले अहिले नै डेटा रिकभरी सिस्टम नराख्ने हो भने समस्या आउँदा अरुलाई देखाएर पन्छिन नमिल्ने उनको भनाइ छ ।

प्रधानले ब्रोकर र नेप्से दुबैले उपत्यका बाहिर पनि डेटा सेन्टरको बैकल्पिक व्यवस्था गर्नुपर्ने बताउँछन् ।

ब्रोकरहरुले तत्कालीन समयमा विभिन्न कम्पनीमा डाटा सेन्टर खोज्दै हिँडेका थिए । तर पछि डेटा हबसँग सम्झौता गरी सर्भर प्रयोग गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ००:००  ५ : ३८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping