जीवन बीमा कम्पनीबीच बोनस दरमा प्रतिष्पर्धा, नेशनलको सबैभन्दा बढी, अन्य कम्पनीको कति ? « Eglish Khabarhub

जीवन बीमा कम्पनीबीच बोनस दरमा प्रतिष्पर्धा, नेशनलको सबैभन्दा बढी, अन्य कम्पनीको कति ?


१६ चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीको स्थापना भएसँगै कम्पनीहरुबीच बीमितलाई दिने बोनस दरमा प्रतिष्पर्धा बढेको छ ।
नयाँ कम्पनीहरुले बीमितलाई दिने बोनस दरमा पूराना कम्पनीलाई टक्कर दिएका छन् ।

१९ जीवन बीमा कम्पनीमध्ये १५ कम्पनीले आर्थिक वर्ष २०७६/७७ का लागि बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् ।

सानिमा लाइफ, आइएमई लाइफ, प्राइम लाइफ, नेशनल लाइफ, मेट लाइफ, प्राइम लाइफ, ज्योति लाइफ, एशियन लाइफ, सूर्या लाइफ, सिटिजन लाइफ, प्रभु लाइफ, एलआईसी नेपाल, रिलायन्स लाइफ, सन नेपाल लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले नयाँ बोनस दर सार्वजनिक गरेका छन् ।

रिलायबल नेपाल लाइफ, युनियन लाइफ, गुराँस लाइफ इन्स्योरेन्स र राष्ट्रिय बीमा संस्थानले भने बीमितलाई दिन बोनस दर सार्वजनिक गरेका छैनन् ।

कम्पनीहरुले सञ्चालनमा ल्याएका मुनाफामा आधारित (बोनस आर्जन गर्ने) गरी जारी भएका बीमालेखका लागि बोनस दर सार्वजनिक गरेका हुन् ।

उच्च बोनस दर दिने कम्पनी
नेपाल लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेशनल लाइफ इन्स्योरेन्स सर्वाधिक बोनसदर घोषणा गर्ने कम्पनीमा परेका छन् ।

आव २०७६/७७ का लागि बीमितलाई बोनस दर घोषणा गरेका १५ कम्पनीमध्ये उच्च बोनस दर नेशनल लाइफले दिएको छ ।

नेशनल लाइफ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार न्यूनतम ६३ रुपैयाँदेखि ८८ रुपैयाँसम्म बोनस दर कायमा गरेको छ ।

नेशनलपछि नेपाल लाइफले उक्त आवका लागि बीमितलाई प्रतिहजार न्यूनतम ५६ रुपैयाँदेखि अधिकतम ८३ रुपैयाँसम्म बोनस दर तोकेको छ ।

मेट लाइफले बीमितलाई प्रतिहजार न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

पुरानालाई टक्कर दिँदै नयाँ कम्पनी
नयाँ जीवन बीमा कम्पनीहरुले पूराना कम्पनीलाई टक्कर दिएका छन् । केही पूराना बीमा कम्पनीको तुलनामा नयाँ कम्पनीले दिने बोनस दर धेरै छ ।

एशियन लाइफले प्रति हजार न्यूनतम ३२ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, प्राइम लाइफले न्यूनतम ३२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस दर दिने निर्णय गरेका छन् ।

यस्तै, सूर्या लाइफले प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यी कम्पनीको बोनस दरलाई नयाँ बीमा कम्पनीले पछि पारेका छन् ।

ज्योति लाइफले बीमितलाई प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ हजार रुपैयाँ बोनस दर कायम गरेको छ ।

सिटिजन लाइफले प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँ बोनस दर कायम गरेको छ ।

यस्तै, आइएमई लाइफ र सानिमा लाइफले प्रति हजार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनस दर कायम गरेका छन् ।

प्रभुले प्रति हजार न्यूनतम ३३ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, सन नेपालले न्यूनतम १८ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ, महालक्ष्मी लाइफले न्यूनतम ४० रुपैयाँदेखि ५२ रुपैयाँसम्म र रिलायन्स लाइफले न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ बोनस दर कायम गरेका छन् ।

केही कम्पनीको घट्दै छ बोनस दर
जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको बोनस दर तालिका अनुसार अघिल्लो आर्थिक वर्ष २०७५/७६ को तुलनामा सात कम्पनीको बोनस दर घटेको छ ।

आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा कम्पनीहरुको बोनस दर बीमा समितिको फ्युचर बोनसको व्यवस्थाले प्रभावित पर्न गएको हो ।

बीमा समितिले बीमा कम्पनीहरुले बीमितलाई दिने बोनस दरमा एकरुपता कायम गर्नका लागि भन्दै फ्युचर बोनसको अवधारणा अघि सारेको छ । जसको प्रभाव बीमा कम्पनीले बीमितलाई दिने बोनस दरमा पर्न गएको देखिन्छ ।

तर, बीमा कम्पनीहरुको बोनस दरमा उतारचढाव आउनुमा बीमा समितिको फ्युचर बोनस प्रोभिजनिङको व्यवस्थाको असर मात्रै नभएको जीवन बीमक संघका अध्यक्ष निर्मल काजी श्रेष्ठले बताए ।

उनका अनुसार बीमा कम्पनीको नाफा, बीमा दाबी धेरै पर्नु लगायतका अन्य कुराहरुले पनि बीमितलाई दिने बोनस दरमा प्रभाव पार्छ । तर, कम्पनीहरुको बोनस दर धेरै रुपैयाँले घट्नुमा समितिले दिएको फ्युचर बोनस प्रोभिजनिङ पनि एउटा कारण रहेको उनको भनाइ छ ।

‘कम्पनीले आम्दानी गरेको कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरुलाई नै हुन्छ । बोनस दर जति नाफा हुन्छ त्यस मै आधारित हुन्छ,’ मेट लाइफका सीइओ समेत रहेका श्रेष्ठले क्लिकमाण्डूसँग भने,‘ बोनस दर घट्नुका कारणहरुमध्ये एउटा कारण बीमा समितिको फ्युचर बोनससम्बन्धी नयाँ व्यवस्था पनि हो ।’

उनका अनुसार कम्पनीहरुको बोनस दर प्रभावित हुनुमा समितिको नयाँ व्यवस्थाको प्रभाव नै मूख्य कारण हो । तर, कम्पनीहरुको नाफा घटेको छ भने बीमितलाई दिने बोनस दर पनि घट्ने उनको भनाइ छ ।

‘कम्पनीहरुको नाफाको अवस्थाले पनि प्रभाव पनि पर्छ । खाली फ्युचर बोनस प्रोभिजनिङको व्यवस्था मात्रै मात्रै मूख्य कारण हुँदैन,’ उनले थपे, ‘ कम्पनीहरुको नाफा नकारात्मक छ भने बोनस दर पनि घट्छ ।’

उनका अनुुसार अन्य कारणहरुले पनि बोनस दर प्रभावित हुन्छ । नाफामा ग्रोथ भएको अवश्थामा भने कम्पनीहरुको बोनस दर स्थीर हुने वा बढ्न सक्ने अवश्था रहने उनको बुझाइ छ ।

‘ल्याप्स रेसियो बढ्दा बोनस दर घट्छ । सरेण्डर दर बढ्दा पनि बोनस दर प्रभावित हुन्छ । मृत्युदर बढ्दापनि घट्छ,’ उनले भने,‘ क्लेमहरु बढ्यो भने पनि घट्छ । ब्याजदर घट्यो भने पनि प्रभावित हुन्छ ।’

मृत्युदर बढ्नु, सरेण्डर बढ्नुु लगायतका कारणले पनि बोनस दर प्रभावित हुने उनको भनाइ छ ।

एशियन लाइफ, रिलायन्स लाइफ, एलआइसी नेपाल, महालक्ष्मी लाइफ, नेपाल लाइफ, सन नेपाल लाइफ र मेट लाइफको बोनस दर घटेको हो । चार वटा बीमा कम्पनीको बोनस दर बढ्दा चार कम्पनीको बोनस दर स्थिर छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा प्राइम लाइफ, प्रभु लाइफ, आइएमई लाइफ र सानिमा लाइफले बोनस दर बढाएका छन् । सिटिजन्स लाइफ, ज्योति लाइफ, नेशनल लाइफ र सूर्या लाइफको बोनस दर भने स्थिर रहेको छ ।

के हो बोनस दर ?
बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा वितरण हुने बोनसलाई मुनाफामा सरिक हुने बोनसदर भनिन्छ ।

बीमितले कम्पनीले नाफा आर्जन गरेअनुसार बोनस प्राप्त गर्छन् । जीवन बीमा कम्पनीहरुले नाफाको आधारमा बोनसदर घोषणा गर्छन् ।

कम्पनीले आम्दानी गरेको वार्षिक कुल नाफामध्ये ९० प्रतिशत रकम बीमितहरुलाई वितरण गरिन्छ भने १० प्रतिशत रकम लगानीकर्तालाई वितरण गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा बीमितले पाउने बोनस दर हरेक वर्ष थपघट हुन्छ ।

प्रकाशित मिति : १६ चैत्र २०७८, बुधबार ००:००  ६ : १७ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping