प्रधानमन्त्री देउवाको एजेण्डाबिहीन भारत भ्रमण, यस्तो छ कार्यतालिका « Eglish Khabarhub

प्रधानमन्त्री देउवाको एजेण्डाबिहीन भारत भ्रमण, यस्तो छ कार्यतालिका


१८ चैत्र २०७८, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

प्रधानमन्त्री देउवाले गर्न लागेको भारत भ्रमण कुनै निश्चित उद्देश्यभन्दा पनि नेपालमा प्रधानमन्त्री भएपछि भारत जानुपर्ने परम्पराको निरन्तरामा मात्रै केन्द्रित छ ।

काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने भारत भ्रमणका लागि शुक्रबार प्रस्तान गर्दैछन् । चैत १४ गते परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले भारत भ्रमण गर्न लागेको गराएको थियो ।

तर, आजसम्म भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाको कार्यसूची कस्तो हुन्छ भन्ने विषयमा औपचारिक जानकारी बाहिर आएको छैन ।

भारतको विदेश मन्त्रालयले सार्वजनीक गरेको कार्यसूची अनुसार आज दिउँसो साढे दुई बजे प्रधानमन्त्री देउवा नयाँ दिल्ली पुग्ने छन् । शुक्रबार बेलुका साढे ६ बजे प्रधानमन्त्री देउवालाई भेट्न भारतका विदेश मन्त्री एस जयशंकर होटल आइटीसी मौर्यमा पुग्ने कार्यक्रम छ ।

भारतको विदेश मन्त्रालयका अनुसार आज अन्य कुनै औपचारिक कार्यक्रम आयोजना गरिएको छैन् । तर, प्रधानमन्त्री निकट स्रोतका अनुसार आज बेलुका प्रधानमन्त्री देउवाले सत्तारुढ भातरीय जनता पार्टीको मुख्यालय जाने कार्यक्रममा छ । त्यहाँ प्रधानमन्त्री देउवाले भाजपाका केन्द्रिय अध्यक्ष जेपी नड्डासँग शिष्टाचार भेट गर्नेछन् ।

शनिबार, प्रधानमन्त्री देउवाले विहान १० बजेट ४० मिनेटमा राजघाटस्थित महात्मा गान्धीको समाधी स्थलमा पुष्प अपर्ण गर्ने कार्यक्रममा छ ।

त्यसपछि, ११ बजेर १० मिनेटमा प्रधानमन्त्री देउवाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा औपचारिक भेटवार्ता र हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदान र प्रेस स्टेटमेन्ट जारी गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा र मोदी दुबैले हैदरावाद हाउसबाटै जनकपुर जयनगर रेल सेवा शुभारम्भ गर्नुका साथै सोलु करिडोर विद्युत् प्रशारण समेत स्वीच थिचेर उद्घाटन गर्नेछन् । गत फागुन २ गतेबाट १३२ केभी क्षमताको सोलु करिडोर प्रसारणलाइन सञ्चालनमा आएको थियो । ९० किलोमिटर लामो प्रसारणलाइन एक्जिम बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको हो ।

भूकम्पपछि भारतको सहयोगमा निर्माण भएका १३२ स्वास्थ्य चौकीहरूका उद्घाटन पनि दुबै प्रधानमन्त्रीले गर्नेछन् ।

भारत सरकारले सञ्चालनमा ल्याएको रुपे डिजिटल कार्ड समेत नेपालमा सञ्चालनमा ल्याउने गरी सम्झौता हुन लागेको परराष्ट्र मन्त्रालयले स्रोतले जनाएको छ । प्रधानमन्त्री तहमा सम्झौतापछि रुपे कार्ड प्रयोग गर्दै नेपालमा एटीएमबाट समेत पैसा निकाल्न सकिने छ ।

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीसँगको छलफलमा देउवाले पञ्चेश्वर आयोजनाको डीपीआर अघि बढाउने सम्झौताको कार्यान्वयन गर्ने विषय, सीमा विवाद हल गर्ने, दार्चुलाको जयसिंह धामीको घटना समेत उठाउने तयारी गरेका छन् । तर, यी विषयमा तत्कालै केही सहमति हुने सम्भावना भने छैन् ।

नेपाल विद्युत् प्राधिकरणले भारत सरकारको स्वामित्वको कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) सँग गरेको सम्झौता अनुसार पर्ने १५० मेगावाट विजुली नपाएको विषयमा समेत प्रधानमन्त्री देउवाले मोदीसँग छलफल गर्नेछन् ।

यस्तै व्यापार र पूर्वाधार विकासलगायतका विषयमा द्विपक्षीय छलफल हुने देउवा निकट स्रोतको दाबी छ । तर, नेपाललाई दीर्घकालीन हित हुने के कस्ता सम्झौता हुन्छन् भन्ने अहिलेसम्म खुलाइएको छैन ।

मोदीसँगको भेटपछि प्रधानमन्त्री देउवाले अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग वेंकैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार शनिबार बेलुका प्रधानमन्त्री देउवाले भारतीय उद्योगीसँग भेट गर्ने कार्यक्रम तय गरिएको छ । देउवाले भारतीय उद्योगीलाई सम्बोधन गर्दै नेपालमा लगानी गर्न आग्रह गर्ने छन् ।

आइतबार ९ बजे प्रधानमन्त्री देउवा धार्मिक कार्यक्रममा सहभागी हुन् वाराणसी पुग्ने कार्यक्रममा छ । त्यहाँ देउवाले उत्तरप्रदेशका नवनिर्वाचित मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गर्ने कार्यक्रम छ ।

वाराणसीको कार्यक्रम सकेर ४ बजे दिल्ली फर्कने प्रधानमन्त्री देउवा लगत्तै ४ बजेर १५ मिनेटमा काठमाडौं फर्कने भारतको विदेश मन्त्रालयले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

प्रधानमन्त्री भएपछि भारत भ्रमणमा जानु औपचारिक जस्तै भएकाले समेत प्रधानमन्त्री देउवा स्वयम् नै भ्रमणबाट त्यति उत्साहित नभएको स्रोतको भनाइ छ । गणतन्त्र स्थापनापछि प्रधानमन्त्री बनेका झलनाथ खनाल बाहेक सबै प्रधानमन्त्रीलाई नयाँ दिल्लीले रेट कार्पेटमा स्वागत गर्दै आएको छ । ७ महिनासम्म प्रधानमन्त्री रहेका खनाललाई भने नयाँ दिल्लीले बोलाएको थिएन् ।

प्रधानमन्त्री भएपछि देउवाले ५ महिनाअघि नै स्कटल्याण्डको ग्लास्गोमा मोदीसँग भेटवार्ता गरिसकेकाले यसपटक देउवा प्रधानमन्त्री बनेको ८ महिनामा पछि मात्रै भारत भ्रमणमा गएका हुन् ।

नेपालले २०७२ असोज ३ गते संविधान जारी गरेपछि चिसो भएको भारतसँगको सम्बन्ध सुधार गर्ने प्रधानमन्त्रीको भारत भ्रमणको उद्देश्य देखिन्छ । पूर्वराजदूत लोकराज बराल प्रधानमन्त्रीले एकपटक भ्रमण गर्दैमा ठूलै परिवर्तन नहुने बताउँछन् ।

‘प्रधानमन्त्री तहको भ्रमणले कर्मचारीतन्त्रमा हुने छलफललाई नजितामुखी बनाउन सहयोग गर्छ,’ बराल भन्छन्, ‘अहिको भ्रमण भारतसँग रहेको असहमति हटाउन केन्द्रित रहनुपर्छ । छिमेकीलाई विश्वासमा ठूलो काम गर्न सकिदैन् ।’

चीनका विदेशमन्त्री वाङ यी नेपाल आएको एक सातामै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन् ।

बिहीबार सत्तारुढ गठबन्धको बैठकमा जनमोर्चा नेतृ दुर्गा पौडेल लगायतले प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डाका विषयमा चासो राख्दा प्रधानमन्त्री देउवा मौन बसेका थिए ।

विगतमा प्रधानमन्त्रीहरु भारत भ्रमणमा जाँदा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्र मन्त्री र पूर्वराजदूत समेत सँग छलफल गर्ने गरेका थिए । यसपटक भने प्रधानमन्त्री देउवाले कुनै छलफल समेत गरेका छैनन् ।

भारतका लागि नेपालका राजदुत शंकर शर्मा नियुक्त भएका छन् । तर, राजदूत शर्माले भारतका राष्ट्रपति रामनाथ कोबिन्दलाई ओहदाको प्रमाणपत्र बुझाउन समय पाएका छैनन् । जसले गर्दा प्रधानमन्त्री देउवाको औपचारिक छलफलमा राजदूत शर्मा सहभागी हुन समेत पाउने छैनन् ।

राजदुत रिक्त रहेको अवस्थामा पर्याप्त तयारी नगरी प्रधानमन्त्री देउवाले गर्न लागेको भारतको भ्रमणले खासै केही उपलब्धी नहुने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

‘भर्खरै राजदूत पनि नियुक्त भएका थिए । प्रधानमन्त्रीतहको भ्रमण माहोल बनाएर हुनुपर्ने थियो’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘तर, प्रधानमन्त्रीको भ्रमण उपलब्धीमुलक बनाउने चासो कसलाई छ ?’

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार ००:००  १० : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping