नयाँवर्षसँगै पुनरुत्थानको आशामा पर्यटन, छुटैछुट र महोत्सवको बहार « Eglish Khabarhub

नयाँवर्षसँगै पुनरुत्थानको आशामा पर्यटन, छुटैछुट र महोत्सवको बहार


३० चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । पछिल्ला २ वटा नयाँवर्ष पोखराका लागि बिर्सनलायक वर्ष भए । सँधैजसो पर्यटकको घुइँचोले भरिने लेकसाइड सुनसान भयो । रातभरी रेष्टुराँभित्रको म्यूजिकमा झुम्ने पर्यटक आएनन् । हिमालतिर ट्रेकिङ जानुअघिको उत्साह र ट्रेकिङ सकाएपछिको थकित शरीरसँगै फेवाताल किनारमा सुस्ताउने कोही भएनन् ।

पर्यटक नआएपछि व्यवसायीमा उत्साह पनि हरायो । व्यवसायी आफैं पनि हराए । व्यापारको ग्राफ ओरालो लाग्दै गर्दा कैयनले पसलमा ताला लगाए । श्रमिकले जागिर गुमाए । यस अवधिमा दशैं र तिहारजस्ता पर्वमा रिकभरीको आशा नपलाएको होइन । तर, त्यसको माइलेज राम्रो भएन । धेरै समय टिकाउन सकिएन ।

नेपथ्यमा सारंगीको धुन बजिरहने र सँधै गुल्जार रहने लेकसाइड कुनै एउटा कालखण्डमा यति सुनसान हुन्छ भन्ने सायदै कसैले कल्पना गरेका थिए ।

सायद अब त्यो कालखण्ड सकिने चरणमा छ ।

पोखरा फेरि जुर्मुराउँदै उठ्न थालेको छ । २ वर्षदेखि रोकिएको नयाँवर्ष सडक महोत्सव यसपाली हुँदैछ । चैत ३० गते र वैशाख १ गते २ दिन लेकसाइडको फिस्टेलदेखि हल्लनचोकसम्म तीन किलोमिटर सडक भरिनेछ ।

सांस्कृतिक र मौलिक संस्कृति हेर्न आन्तरिक र बाह्य पर्यटकहरु झुम्मिएका छन् । सडक महोत्सवमा विभिन्न परिकारका खानाको स्वादिष्ट स्वाद लिनका लागि हजारौं मानिसहरु पोखरा पुग्न थालिसकेका छन् ।

साथमा विभिन्न कलाकारहरुको प्रस्तुतिले लेकसाइड फेरि एकपटक उसैगरी गुलजार हुने पक्का छ । लेकसाइडका व्यवसायीहरु कोरोना अघिकै अवस्थामा पर्यटकलाई सेवा दिन तयार छन् । र, स्वागतका लागि आतुर छ ।

क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष विकल तुलाचन २० देखि ३० प्रतिशतको अकुपेन्सीमा चलिरहेका पोखराका होटल नयाँवर्षमा ८० प्रतिशतभन्दा बढी अकुपेन्सी चल्ने बताउँछन् ।

‘नयाँवर्षमा आन्तरिक पर्यटक त बढ्छन् नै यसपाली भारतीय र तेस्रो मुलुकका पर्यटकको संख्या पनि राम्रो छ,’ उनले भने, ‘पर्यटक आकर्षित गर्न होटल संघको आह्वानमा रुममा ३० प्रतिशतको छुटको व्यवस्था गरिएको छ ।’

यतिबेला पोखरासँग सातवटै प्रदेशसँग हवाई कनेक्टिभिटी छ । यसले पनि नयाँवर्ष पोखरामा बिताउन चाहनेका लागि सहज बनेको छ । त्यसमाथि लेकसाइडको २ दिने महोत्सवले अर्को रौनक थपेको छ ।

त्यतिमात्रै होइन, अहिले पोखरासँग पर्यटक टिकाइ राख्ने अकेनक विकल्प छन् । फेवा, रुपा र बेगनास जस्ता ९ वटा तालमात्रै होइन, हिल स्टेसन, गुफा, म्यूजियम, डेभिज फल, पुम्दिकोट, केबुलकार पनि थपिएको छ । साथै, जीपलाइन, जायन्ट स्वीङ, अल्ट्रा लाइट, क्यानोनिङ, प्याराग्लाइडिङ, बोटिङ, र्याफटिङ, हाइकिङ, साइकिलिङ पनि छ ।

दिनभरीको सबै थकान बिर्सेर फेवाको किनारमा आरतीमा मग्न हुनुमा छुट्टै आनन्द त छँदैछ ।

होटल संघ नेपालका सचिव साजन शाक्य नयाँवर्षमा पर्यटकीय गन्तव्यका होटलमा अकुपेन्सी ७० प्रतिशतभन्दा बढी हुने बताउँछन् ।

‘विशेषगरी पोखरा, चितवन, नगरकोटलगायतका स्थानमा होटलहरुमा राम्रो अकुपेन्सी हुने देखिएको छ,’ उनले भने, ‘कोभिड महामारीपछिको यो नयाँवर्ष पर्यटकको विकासको नयाँवर्ष शुरुवात हुनसक्छ ।’

नयाँवर्षमा पोखरामात्रै होइन, सौराह पनि पर्यटक स्वागत गर्न तम्तयार भएर बसेको छ । पर्यटकलाई अनेकन सेवा दिनका लागि १ सय २० भन्दा बढी होटल र होमस्टे तयार छन् ।

‘कोरोनाका कारण २ वर्ष हाम्रा लागि बिर्सनलायक वर्ष बन्यो,’ सौराह होटल संघका अध्यक्ष दीपक भट्टराईले भने, ‘तर अब भने आशा पलाएको छ, हामीहरु उत्साही छौं ।’

केही अघिसम्म औसतमा ३० देखि ४० प्रतिशतको अकुपेन्सीमा चलिरहेका त्यहाँका होटलहरु नयाँवर्षको पूर्वसन्ध्यामा आएको बुकिङले अकुपेन्सी दोब्बर बनाउनेमा भट्टराई ढुक्क छन् ।

भट्टराईका अनुसार पर्यटकका लागि सबै होटलहरुले रुममा ४० प्रतिशत छुट उपलब्ध गराइएको छ । त्यसबाहेक होटलले आफूअनुसार प्याकेजमा पनि सुविधा उपलब्ध गराएका छन् ।

‘हामी यसपटक सेवा र सुविधामा बढी ध्याान दिएका छौं,’ उनले भने, ‘पर्यटकलाई कसरी धेरैभन्दा सन्तुष्ट बनाउन सकिन्छ भन्ने आधारमा प्याकेजहरु बनाएका छौं ।’

नयाँवर्षमा सांस्कृतिक कार्यक्रम, फूड फेस्टिबल, हात्ती र जीप सफारीमा १ घण्टा थप समय उपलब्ध गराउनुका साथै छुटको पनि व्यवस्था गरिएको उनको भनाइ छ ।

सौराहका होटल तथा होमस्टेले दैनिक १० हजार पर्यटका धान्न सक्छन् । जसमा होमस्टेले मात्रै १५ सय पर्यटकलाई सेवा दिन सक्ने भएका छन् । सौराहका टुरिस्ट स्ट्यान्डर्ड होटलमा न्यूनतम २ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म रुम पाइन्छ ।

सामान्यतयाः ठिक्कको रुममा बस्ने हो भने ४ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँको बजेटमा एक रात र २ दिन सौराह बसाइ पूरा गर्न सकिन्छ । जसमा बेड एण्ड ब्रेकफाष्टसँगै डिनर पनि उपलब्ध हुनेछ ।

सौराहमा नयाँवर्षका लागि आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको संख्या पनि राम्रै देखिने भट्टराईको भनाइ छ ।

यता बन्दिपुरमा पनि मंगलबार साँझसम्म राम्रै बुकिङ आइरहेको बन्दिपुर पर्यटन विकास समितिका पूर्वअध्यक्ष बैंस गुरुङको भनाइ छ ।

‘नयाँवर्षका लागि बुकिङ र इन्क्वाइरी राम्रै आइरहेको छ,’ गुरुङले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा न्यूइयर इभ र न्यूइयरको दिन अकुपेन्सी ८० प्रतिशतभन्दा बढी हुनेछ ।’

बन्दिपुरमा करिब करिब १ सय होटलका १४ सयभन्दा बढी रुम र १० वटा होमस्टेमा २५ सय कोठा नयाँवर्षमा पर्यटक स्वागत तयारी अवस्थामा रहेको उनले सुनाए ।

पोखरा र सौराहमा जस्तै बन्दिपुरमा पनि २ दिन फूड फेस्टिबल सञ्चालन हुँदैछ । जहाँ सांस्कृतिक, मौलिकता र स्थानीय पहिचान झल्कने खानाका स्वाादिष्ट परिकार पर्यटकका लागि उपलब्ध हुनेछन् । त्यति मात्रै होइन, बन्दिपुरमा साँझपख गुरुङ, मगर र भुजेल जातिले मौलिक सांगितिक प्रस्तुति दिनेछन् ।

पछिल्लो समय बन्दिपुरमा पर्यटकीय पूर्वाधार निर्माण भइरहेको गुरुङले बताए ।

‘केबुलकार निर्माण भइरहेको छ, करिब ५ किलोमिटरको ग्रेटवालले पनि पर्यटक तान्न मद्दत गर्ने अपेक्षा गरेका छौं,’ गुरुङले भने, ‘बन्दिपुर सबै वर्ग पर्यटकहरु आउन सक्ने गरी सेवा सुविधा उपलब्ध गराएका छौं ।’

उनका अनुसार काठमाडौंबाट बन्दिपुर जानेले न्यूनतम १ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्ममा रुम पाउन सक्छन् भने होमस्टेको हकमा ८ सयदेखि १ हजार रुपैयाँ तिरे एक रात बस्न पाइन्छ ।

तर, काठमाडौंबाट धेरै टाढा जान नचाहनेका लागि सर्ट ड्राइभमा धुलिखेल वा नगरकोट पुग्छ सक्छन् । अलिकति टाढा जानेका लागि सुकुटेबीच पनि छँदैछ ।

नयाँवर्षमो अवसरमा यी स्थानमा रहेका होटलहरुको अकुपेन्सी उत्साहजनक छ ।

धुलिखेल माउण्टेन रिसोर्टका एच के गुरुङले आफूकहाँ अकुपेन्सी ५० प्रतिशतमात्रै रहे पनि अन्य होटल तथा रिसोर्टको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी रहेको बताए ।

धुलिखेलमा केही समयअघि मात्रै सञ्चालनमा आएका हिमालयन दृश्य र आगन्तुक रिसोर्टमा अकुपेन्सी राम्रो छ । त्यसबाहेक प्रत्येक जसो विकेन्डमा रात काट्न टेन्टसम्म नपाउने सुकुटेबीचमा नयाँवर्षमा रुम पाउने सम्भावना ज्यादै न्यून हुनु स्वभाविक नै भयो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ००:००  ९ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping