श्रीलंकाको बण्ड किन्दा नेपाली बैंकहरुको १ अर्ब फस्यो « Eglish Khabarhub

श्रीलंकाको बण्ड किन्दा नेपाली बैंकहरुको १ अर्ब फस्यो


३० चैत्र २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । चरम आर्थिक संकटमा परेको श्रीलंकाले मंगलबार ५१ अर्ब विदेशी ऋण तिर्न नसक्ने घोषणा गर्यो । देशमा विदेशी मुद्रा सञ्चितिको अभाव हुँदै जाँदा खाद्यान्न र इन्धन किन्ने पैसासमेत अपुग भएपछि विदेशी ऋण नतिर्ने घोषणा गरेको हो ।

श्रीलंकाले ऋण नतिर्ने घोषणा गर्दा नेपाली बैंकहरुको पनि करिब १ अर्ब रुपैयाँ फसेको छ ।

केही समयअघि श्रीलंकन सरकारले निष्कासन गरेको ऋणपत्रमा केही नेपाली वाणिज्य बैंकहरु करिब १ अर्ब रुपैयाँ फसेको हो ।
बैंकहरुले राष्ट्र बैंकले बनाएको नियम अनुसार नै श्रीलंकन सरकारले निष्कासन गरेको बण्डमा लगानी गरेका थिए । उक्त बण्डमा औसतमा बैंकहरुले ८ देखि १० प्रतिशतसम्मको प्रतिफल पाएका थिए ।

सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकमा १२ देखि १४ वटा बैंकहरुले श्रीलंकन सरकारले निष्कासन गरेको बण्डमा लगानी गरेका थिए । राष्ट्र बैंकले भने उक्त बन्डमा लगानी गरेको छैन ।

‘नेपाली बैंकहरुले पछिल्लो ५ वर्षदेखि श्रीलंकाको बण्डमा लगानी गरेका थिए, प्रतिफल समेत विगतमा निकै राम्रो अहिले केही समस्या हुने देखियो,’ एक वाणिज्य बैंकका सीइओले क्लिकमाण्डूसँग भने ।

बैंकहरुले विदेशी बैंकमा पैसा राखेका हुन्छन् । श्रीलंकाले निकालेको बण्डमा ब्याजदर बढी पाइने तथा यसको भ्यालु समेत कम भएपछि बैंकहरु आकर्षित भएका थिए । कुनै बेला केही बैंकले विदेशी बैंकहरुमा राखेर आउने पैसामा १० प्रतिशत आम्दानीको हिस्सा श्रीलंकाको बण्डबाट समेत पाएका थिए ।

राष्ट्र बैंकले कुन बैंकको कति रकम श्रीलंकामा छ त्यसको विस्तृत विवरण प्रभावको बारेमा विश्लेषण गरिसकेको छैन । तर विदेशी बिनिमय विभागका प्रमुख गुरुप्रसाद पौडेल भने बैंकहरुको ठूलो आकारमा श्रीलंकाको बण्डमा लगानी नभएको बताए ।
‘विगतमा बैंकहरुले श्रीलंकाको बण्डमा लगानी गर्ने गरेका थिए, अहिले पनि गरेका छन् । कतिले बिक्री पनि गरिसके तर लगानीको रकम ठूलो छैन,’ पौडेलले भने ।

१२/१४ वटा बैंकको १ अर्ब रुपैयाँ जोखिममा पर्नुलाई बैंकहरुले भने सामान्य लगानीको रुपमा नै लिनुपर्ने बताउँछन् ।

‘एउटा बैंकको मात्रै १ अर्ब रुपैयाँ फसेको होइन, एउटा बैंकको बढीमा १० देखि १५ करोड जोखिममा परेको हो,’ एक बैंकका सीइओले भने ।

यसरी श्रीलंकाको बैंकमा गरेको लगानी भने अमेरिकी डलरमा हो । अमेरिकी डलरमा नेपालमा आउनुपर्ने ८० लाख अमेरिकी डलर जोखिममा पर्छ । विदेशी बिनिमय सञ्चिति घटेको बेला भने सो रकम पनि ठूलो हुने देखिन्छ ।

लगानी गरेको सबै रकम डुबेको भने होइन । नेपाली बैंकहरुले औसतमा एउटा युनिट ८० रुपैयाँको हाराहारीमा खरिद गरेका थिए । आजका दिनमा त्यसको मूल्इ ५४/५५ रुपैयाँको हारहारीमा छ ।

‘अहिले पनि दोस्रो बजारमा बिक्री गर्ने विकल्प नेपाली बैंकहरुलाई छँदैछ, आजका दिनमा दोस्रो बजारमा बिक्री गर्ने हो भने ३० देखि ४० करोड रुपैयाँसम्म जोखिममा पर्ने देखिन्छ,’ श्रीलंकाको बण्ड मार्केटमा लगानी गरेका एक बैंकका उच्च अधिकारीले भने ।

नेपाली बैंकहरुले श्रीलंकाले निकालेको बण्ड सिधै किनेका होइनन् । श्रीलंका सरकारले निकाल्ने बण्डको व्यवस्थापनको काम त्यहाको केन्द्रीय बैंकले गर्छ । विदेशका नाम चलेका ठूला बैंकहरुले बण्ड बिक्री गर्न ब्रोकरको काम गर्छन् ।

नेपाली बैंकहरुलाई मारस्क्याक बैंकले श्रीलंकाले निकालेको बण्ड बिक्री गराएको हो । श्रीलंकाले पाएको रेटिङ कमजोर रहेको तथा ब्याजदर बढी भएको हुँदा बैंकहरुले बण्डमा लगानी गरेका हुन् ।

श्रीलंकाले विदेशी लगानी ल्याउन अन्तराष्ट्रिय बजारमा महंगो ब्याजदरमा बण्ड समेत निकालेको थियो । आर्थिक संकटमा महंगो ब्याजदरमा ऋण लिएको र त्यसको प्रभाव अर्थतन्त्रमा नपरेको कारण अहिले श्रीलंका समस्यामा छ । जसका कारण नेपाली बैंकहरुको लगानी पनि फस्ने देखिएको हो ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार ००:००  ४ : ४८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping