इन्भेष्टमेन्टसँग मर्जर भाँडिदा निकै दुःख लाग्यो: हिमालयन बैंकका संस्थापक हिमालयन शमशेर « Eglish Khabarhub

इन्भेष्टमेन्टसँग मर्जर भाँडिदा निकै दुःख लाग्यो: हिमालयन बैंकका संस्थापक हिमालयन शमशेर


७ बैशाख २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । गत वर्षको जेठ १७ गते हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई एक आपसमा मर्जरमा जानका लागि नेपाल राष्ट्र बैंकले सैद्दान्तिक सहमति दियो ।

त्यसपछि मर्जर कमिटी गठन भयो । डीडीए भयो । पदको भागभण्डामा पनि सहमति भयो ।

तर सैद्दान्तिक सहमति पाएको ७ महिनापछि अर्थात् पुस २० गते हिमालयन बैंकको साधारणसभाले मर्जरको प्रस्ताव अस्वीकृत गर्यो । र, मर्जर भाँडियो ।

‘लामो समयको मर्जरको मिहेनत खेर गयो, त्यस दिन मलाई निकै दुःख लाग्यो,’ हिमालयन बैंकका संस्थापक हिमालयन शमशेर राणाले क्लिकमाण्डूसँग भने ।

हाल बैंकको मुख्य सल्लाहकार रहेका राणासँग मर्जरमा जानु अघि सहमति नै लिएर मर्जरको प्रक्रिया शुरु गरिएको थियो ।

हिमालयन शमशेरका छोरा अशोक राणा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हुन् भने इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ज्वाँइ हुन् ।

‘मर्जरको छलफलअघि बढाउनु अघि मसँग सहमति पनि लिइएको थियो, ज्वाँइ र छोरा सहमतिमा आइसकेपछि मर्जर हुन्छ भन्नेमा म ढुक्क थिएँ, तर केही व्यक्तिहरुको स्वार्थका कारण मर्ज हुन सकेन, त्यसमा मलाई बहुत अफसोज छ,’ उनले भने ।

उनले बैंक बोर्डका केही व्यक्तिहरुका कारण मर्जरको प्रयास असफल भएको बताए ।

उनका शब्दमा हिमालयन र इन्भेष्टमेन्टबीचको मर्जर भाँडिनुमा पावरकै कुरा आयो । ७/७ जना निर्देशकमध्ये ७ जनाको पद जाने भयो । एउटा सीइओको पद जाने भयो । तर त्यागको भावना कसैमा भएन जस्तो लाग्यो ।

यी दुई ठूला वाणिज्य बैंक मर्जर भएको भए चुक्ता पुँजी २७ अर्ब बराबरको हुन्थ्यो । जुन सबैभन्दा ठूलो बैंक बन्नका लागि पर्याप्त थियो । तर यति ठूलो बैंक किन चाहियो त ?

‘ठूलो बैंक हुँदा प्रतिष्पर्धा बढ्छ । त्यति मात्रै होइन, ठूलो आयोजना निर्माणका लागि पनि विदेशीको भर पर्नु पर्दैन,’ उनले भने, ‘सानो बैंक हुँदा एलसी मात्रै खोलेर आयात बढाउने काममा मात्रै ऋण जान्छ भने ठूला बैंक हुँदा ठूला आयोजनाहरु जस्तै, जलविद्युत्, सडक निर्माणमा स्वदेशी बैंककै पर्याप्त हुन्छ ।’

उनले आजका दिनमा ठूला आयोजना निर्माणका लागि अनुदान वा विदेशबाट ऋण लिनु परेको बताए ।

‘हाम्रा बैंकहरुको क्षमता सानो भएकै कारण एमसीसी जस्ता अनुदान लिनु परेको छ, त्यसमा पनि प्रपोगाण्डा फैलाइएको छ,’ उनले भने, ‘यस्तो अवस्था अन्त्यका लागि पनि ठूला बैंकको आवश्यकता छ ।’

उनले अहिले वाणिज्य बैंकको संख्या पनि बढी भएको भन्दै मर्जरका माध्यमबाट घट्नुपर्ने बताए ।

‘यति नै संख्या भनेर भन्न त सक्दैन, तर आजको भएको संख्याबाट एक तिहाइ कम भयो भने राम्रो हुन्छ । यसले इफिसियन्सी बढाउँछ,’ उनले भने ।

तर मर्जर भाँडिएपछि अब के अर्को कुन बैंकसँग मर्जरमा जाने त ?

‘त्यो मर्जर भाँडिएपछि मैले त्यसमा रुचि लिन छाडिसके । मर्जर भाँडिएपछि निकै दुःख लाग्यो । त्यतिका महिना ठूलो मिहेनत भएको थियो तर मिहेनत खेर गयो,’ उनले भने ।

उनले शुरुमा बैंकका लागि लाइसेन्स दिएर संख्या बढाए पनि अब संख्या घटाउनुपर्ने बताए ।

‘लाइसेन्स दिँदाको फाइदा वित्तीय साक्षरता र पहुँच बढ्यो होला तर आजका दिनमा यति धेरै बैंकको आवश्यकता छैन,’ उनले भने ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकसँगको मर्जर भाँडिएपछि अन्य बैंकसँग मर्ज गराउनका लागि केही सहज हुने उनको अनुभव छ ।

‘कुनै पनि बैंकसँग मर्जर गर्दा के कस्ता समस्याहरु आउने रहेछन् भन्ने बुझिसकेको अवस्थामा अब अर्को बैंकसँग मर्ज गर्दा त्यति धेरै समस्या नआउनु पर्ने हो, सहज नै हुनुपर्ने हो,’ उनले भने ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार ००:००  ६ : ०६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping