इनड्राइभर भन्छ: नेपालको बजार राम्रो छ, कम्पनी दर्ता गरेर चाँडै व्यवसायीकरुपमा आउँदै छौं « Eglish Khabarhub

इनड्राइभर भन्छ: नेपालको बजार राम्रो छ, कम्पनी दर्ता गरेर चाँडै व्यवसायीकरुपमा आउँदै छौं


१२ श्रावण २०७९, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

इनड्राइभर दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दा

काठमाडौं । दर्ताविना नै सेवा शुरु गरेको भन्ने आलोचना भएपछि विश्वको चर्चित राइड सेयरिङ सेवा इनड्राइभरले नेपालमा कम्पनी दर्ता प्रकृया शुरु गरेको जनाएको छ ।

कम्पनी दर्ताको प्रकृया शुरु भएको र चाँडै व्यवसायीकरुपमा सेवा सञ्चालन गर्ने तयारी भइरहेको इनड्राइभरको दक्षिण एशिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताइन । इनड्राइभरको विषयमा विभिन्न इस्युहरु आउन थालेपछि नन्दाले काठमाडौंमा आएर पत्रकारहरुसँग भेटघाट गरेकी छिन् ।

इनड्राइभरले नेपालमा गएको अप्रिलदेखि सेवा सञ्चालन गरेको थियो तर विना दर्ता सेवा सञ्चालन गरेको भन्दै आलोचना भएको थियो ।

यस विषयमा भने आफूहरु नेपालको कानुनअनुसार सेवा सञ्चालन गरिरहेको बताइन ।

‘हामीले नेपालको कानुनअनुसार एप्लिकेसन चलाइरहेका छौं,’ क्लिकमाण्डूसँग कुरा गर्दै नन्दाले भनिन्, ‘यो हाम्रो परीक्षण समय हो । हामीले ड्राइभरबाट कमिसन लिँदैनौं र व्यवसाय पनि गरेका छैनौं ।’

उनका अनुसार अहिले सेवा सञ्चालनको ग्राहकबाट परीक्षण भइरहेको छ । केही समयको परीक्षणकाल सकिएपछि व्यवसायीकरुपमा आउने तयारीमा भइरहेको छ ।

हाल नेपालमा प्राविधिक प्राविधिक टिमले काम गरिरहेको उनले बताइन । चालकलाई तालिम दिने, परीक्षण गर्ने, एपमा दर्ता गर्ने काम भइरहेको छ ।

नेपालमा कति चालकले अहिले इनड्राइभर एप चलाइरहेका छन् भन्ने खुलाउन चाहिनन् तर जेठ ११ गते जारी इनड्राइभरको विज्ञप्तिमा भने नेपालमा ४ हजार चालकले साइनअप गरेको उल्लेख थियो ।

व्यवसायीक रुपमा नेपालमा आउने योजना भइरहेको इनड्राइभरले यहाँ कति लगानी गर्दैछ भन्ने खुलाउन चाहिनन् । ‘हामीले अहिले मार्केटिङ र अन्य कामको लागानी गरिरहेका छौं,’ नन्दाले भनिन्, ‘थप कति लगानी आउँछ भन्ने बारेमा भन्न चाहन्न।’

व्यवसायीक रुपमा आइसकेपछि काठमाडौं र अन्य सहरमा पनि सञ्चालन गर्ने योजना रहेको उनले सुनाइन ।
केही समयअघि काठमाडौंमा एक दुर्घटनापछि इनड्राइभरको चालक भागेपछि यात्रुको सुरक्षा र बीमाको बारेमा प्रश्न उठेको थियो ।

यात्रु र चालक दुवैको सुरक्षाको विषयमा आफूहरु गम्भीर रहेको नन्दाको भनाइ छ । ‘यो एप प्रयोग गर्नेहरुको सुरक्षाको लागि भनेर २४ सैं घण्टा ‘ग्राहक केयर टिम’ खटिएको छ,’ उनले भनिन्, ‘जति पनि इन्युहरु आउँछन्, हामीले त्यसलाई तत्काल समाधान गर्छौं ।’

उक्त घटना भएको थाहा पाएपछि उक्त चालकलाई चेतावनी दिएर एप चलाउनबाट ब्लक गरेको बताइन ।
राइड सेयरिङ सेवामा ग्राहक र ड्राइभर दुवैको एकअर्कामा रेक्सपेक्ट गर्नु पर्ने उनको भनाइ छ । चालक र यात्रुलाई कुनै समस्या भएमा तुरुन्त आफ्नो टिमलाई खबर गर्न आग्रह गरिन । एपबाट स्थानीय प्रहरीलाई पनि जानकारी गराउन सकिने उनले बताइन ।

राइड सेयरिङ सेवाको लागि नेपालको बजार धेरै उत्साहजनक रहेको बताइन । नेपालमा सार्वजनिक यातायातको उपलब्धता कम भएको अवस्था इनड्राइभरको आवश्यकता भएर आफूहरु आउन चाहेको बताइन ।

‘यहाँ यात्रुले आरामदायी यात्रा खोजिरहेका छन्,’ नन्दाले भनिन्, ‘यही आवश्यकता देखर नै हामीले यसको शुरुवात गरेका हौं । यहाँबाट धेरै राम्रो प्रतिक्रिया पनि पाएका छौं ।’

नेपालमा यसअघि नै धेरै राइड सेयरिङ सेवा सञ्चालनमा छन् । विदेशी लगानी भएको पठाओले राम्रो बजार लिइरहेको छ । नेपालमा राम्रो प्रतिस्पर्धी भए पनि आफ्नो विशेष प्रोडक्ट भएकाले सञ्चालनमा सहज हुने उनको भनाइ छ ।

‘हाम्रो प्रोडक्ट धेरै युनिक र फरकखालको छ,’ उनले भनिन्, ‘हामीले एपमा नै ग्राहक र चालकको अधिकार दिएका छौं । उनीहरुले आफनो सहमतिमा भाडा मिलाउन सक्छन् ।’

ग्राहक र चालकको बार्गेनिङमा उपयुक्त भाडा निर्धारण गर्न सक्ने युनिक फिचरले यो सेवा लोकप्रिय हुने उनको विश्वास छ ।
साथै, चालकबाट लिने कमिसन पनि धेरै कम हुने बताइन । ‘चालकबाट लिने कमिसन अधिकतम १० प्रतिशतमात्र हुनेछ,’ उनले भनिन्, ‘त्यसलै यात्रुले तिर्ने भाडा पनि कम हुनेछ ।’

यसअघि इनड्राइभरको सेवा दक्षिण एशियामा भारत र पाकिस्तान सञ्चालनमा आइसकेको छ । यी देशबाट धेरै राम्रो प्रतिक्रिया पाएका उनले बताइन । भारतमा भने अहिले साना साना सहरमा मात्र सञ्चालन रहेको र केही समयमा नै ठूला सहरमा पनि सार्वजनिक गर्न लागेको उनले बताइन ।

यसका सेवाहरु विश्वभरका ४२ देशका ६ सय शहरमा पुगेको जनाएको छ । नन्दाले विश्वभर कम्पनीको एप १३ करोड पटक डाउनलोड भएको बताइन ।

इनड्राइभरको मुख्यालय अमेरिकास्थित क्यालिफोर्नियाको माउन्टेन भ्यूमा छ । यसले अमेरिका, एसिया, मध्यपूर्व, अफ्रिका तथा कमन वेल्थ देशहरुमा क्षेत्रीय हब पनि सञ्चालन गरिरहेको छ । कम्पनीका अनुसार १ हजार ७०० जनाले रोजगारी पाएका छन् ।

२०२१ को शुरुवातमा इनड्राइभरले इन्साइट पार्टनर्स, जनरल क्याटालिस्ट तथा बण्ड क्यापिटलको १५ करोड डलर लगानी सहित यूनिकर्न स्टाटस प्राप्त गरेको थियो । यो प्रक्रियामा कम्पनीको मूल्यांकन १ अर्ब २३ करोड डलर रहेको उसको भनाइ छ।

प्रकाशित मिति : १२ श्रावण २०७९, बिहिबार ००:००  ६ : ३० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping