नर्भिक अस्पतालमा छन् भीभीआईपीका लागि ‘स्विट रुम’, एक दिनको शुल्क ७० हजारसम्म « Eglish Khabarhub

नर्भिक अस्पतालमा छन् भीभीआईपीका लागि ‘स्विट रुम’, एक दिनको शुल्क ७० हजारसम्म


१७ भाद्र २०७९, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नर्भिक इन्टरनटेसनल हस्पिटलको पाँचौ तला । लिफ्टबाट यो तलामा पुग्दा लाग्छ कुनै फाइभ स्टार होलटमा छौं ।

सजाइएका भित्ताहरु । प्यासेजमा सुन्दर फूलहरु । सफा चिटिक्क वातावरण । यो तलामा छन् १० वटा ‘स्विट रुम’ । अगाडि छ रिसेप्सन । दायाबाँया कोठाहरु । सजाइएका यी कोठाहरु घुम्न आउने पाहुनाका लागि होइन, उपचार गर्न आउने बिरामीहरुका लागि हुन् ।

रिसेप्सनबाट बायाँ सिधै छ, कोठा नम्बर ५०१ । यो सबैभन्दा ठूलो र सुविधासम्पन्न ‘स्विट रुम’ हो ।

५०१ भित्र छन् दुई कोठा छन् । प्यासेज फूलहरुले सजाइएको छ । फूलसँगै बस्नको लागि बेन्चहरु ।

एउटा कोठा बिरामीका लागि र अर्को किचनसहित बिरामी कुरुवा सुत्नको लागि ।

बिरामीको लागि बनाइएको कोठा ठूलो छ । ढोकाबाट छिर्ने बित्तिकै छ, आराम गर्ने सोफासहितको स्पेस । जहाँ छन् टेलब, कुर्चीहरु । भित्तामा रंगिन आकृतिहरु, टिभी र एसी ।

त्यहीबाट अगाडि छ, बिरामीको लागि सुविधा सम्पन्न बेड । बेडसँगै छ विभिन्न उपकरण । बिरामीको लागि अगाडि राखिएको ठूलो टिभी । भित्तामा रंगिन चित्र, एसी र बिरामीको लागि छुट्टै टिभी । सँगै छ बिरामीका लागि छुट्टै बाथरुम ।

५०१ भित्र किचनसहितको अर्को कोठा छ । जहाँ बिरामीको कोठा वा बाहिर प्यासेजबाट भित्र छिर्न सकिन्छ ।

भित्र खाना पकाएर खानको लागि किचन सेट छ । सुत्नका लागि बिस्तरा । त्यही कोठामा छ बिरामी कुर्नेहरुका लागि बाथरुम । यस कोठामा टिभी, एसी, रेफ्रिजेनेरेटर, डाइनिङ टेलबलगायतका सुविधाहरु उपलब्ध छन् ।

यो नर्भिक इन्टरनेसनल हस्पिटलमा उपलब्ध सबैभन्दा महंगो र सुविधासम्पन्न कोठा हो । ‘स्विट रुम’ राखिएको यो कोठामा बस्ने बिरामीले एक दिनको ७० हजार रुपैयाँ तिर्नु पर्छ ।

‘भीभीआईपीदेखि सुविधा प्रयोग गर्न चाहने सबैको लागि भनेर हामीले स्विट रुम पनि बनाएका छौं,’ नर्भिक इन्टरनेसनल हस्पिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजयकुमार मिश्रले भने, ‘धेरै भीभीआईपीहरुको रोजाइमा नर्भिक हस्पिटल पर्ने भएकाले उहाँहरुको लागि भनेर हामीले सुविधा सम्पन्न स्विट रुम बनाएका हौं ।’

पाचौं तलामा बनाइएका स्विट रुमहरु २२ हजारदेखि ७० हजार रुपैयाँसम्म शुल्क लाग्ने उनले बताए । ५०१ नम्बर कोठाको एक दिनको शुल्क ७० हजार रुपैयाँ तोकिएको छ ।

यो कोठा प्रयोग गर्ने बिरामीका लागि हरेक किसिमका सुविधा र सेवाहरु उपलब्ध हुने उनले बताए । यो कोठा प्रयोग गर्ने बिरामीका लागि उपलब्ध भौतिक सुविधाबाहेक अस्पतालले डाक्टर र एक नर्स डेडिकेटेडरुपमा व्यवस्था गर्छ । सुरक्षा गार्ड, भान्से बस्नका लागि पनि व्यवस्था छ ।

भीआईपीको रोजाइ नर्भिक भएकाले उनीहरुका लागि भनेर यो स्विटरुम बनाइएको मिश्रले बताए ।

यही तलामा छन् अन्य सुविधा सम्पन्न कोठाहरु । अलि सानो साइजमा रहेका अन्य कोठाहरुको शुल्क ४० हजार, ३० हजार र २२ हजार रुपैयाँ तोकिएको छ ।

यस अस्पतालमा तत्कालीन राजपरिवारदेखि प्रधानमन्त्री, नेता, कलाकार, उद्योगी, व्यवसायीदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुले उपचार गराएका छन् ।

साथै, विदेशी नागरिक, गैरसरकारी संस्थाका कर्मचारीहरुको रोजाइमा पर्छ नर्भिक हस्पताल । समाजका उच्चपदस्त र चर्चित व्यक्तिहरुको रोजाइमा हस्पिटल परेकाले उनीहरुका लागि भनेर छुट्टै कोठाहरु बनाइएको मिश्रले बताए ।

कोठा शुल्क महंगो देखिए पनि वर्षदिनको आम्दानी हिसाब गर्दा हस्पिटलको लागि घाटा भइरहेको उनको भनाइ छ ।

‘यी कोठा वर्षमा १०–१२ प्रतिशतमात्र प्रयोग भएका छन्,’ मिश्रले भने, ‘अन्य दिनहरुमा यी खाली रहन्छन् ।’

बिरामीको बेडबाहेक ४ सय स्वायरफिट क्षेत्रफलमा कोठा बनाइएको छ । जहाँ सामान्य कोठा बनाउने हो भने चारवटा कोठा निस्किन सक्छन् । र, त्यसो गर्दा यी कोठा हरेक दिन प्रयोग हुने उनको भनाइ छ । यसो हुँदा धेरै आम्दानी हुन सक्थ्यो ।

‘नर्भिकले उपलब्ध गराएका अन्य सामान्य कोठा जस्तै उपलब्ध गराउने हो भने यी कोठाले अझ धेरै आम्दानी गर्न सक्छन्,’ मिश्रले भने, ‘हामीले त भीआईपी आउँदा हरेक पटक कोठा उपलब्ध हुन सकोस् भनेर उनीहरुका लागि भनेर छुट्याएका हौं ।’

पैसा तिर्न सक्ने सबै बिरामीले यी कोठा प्रयोग गर्न सक्ने उनले बताए ।

यी ‘स्विट रुम’ बाहेक अन्य कोठाहरुको शुल्क भने अन्य निजी अस्पतालभन्दा महंगो नभएको उनले बताए । सीईओ मिश्रका अनुसार नर्भिकमा हाल एक दिनको ३३ सय रुपैयाँ शुल्कदेखिका बेडहरु उपलब्ध छन् ।

सुविधा र सेवा उपलब्ध भएअनुसार बेडको मूल्य एक दिनको ३३ सय, ५ हजार र प्राइभेट बस्नेलाई १३ हजार शुल्क लाग्छ । त्यसबाहके अझ महंगोमा सुविधा सम्पन्नमा बस्न चाहनेको लागि पाँचौं तलाका ‘स्विट रुम’ उपलब्ध छन् ।

नर्भिक इन्टरनेसनल हस्पिटल सन् १९९३ मा ‘नर्भिक हेल्थ केयर एण्ड रिसर्च सेन्टर’का रुपमा शुरुवात भएको थियो । तीन दशकको अवधिमा यस अस्पतालले विशेष ‘ब्रान्ड’ बनाएको छ ।

२५ बेडबाट शुरु भएको नर्भिकमा अहिले २ सेय बेड छन् । साथै, नर्भिकले २ अर्ब २५ करोड रुपैयाँ लगानी गरेर एक सय बेडको क्यान्सर हस्पिटल बनाउँदै छ । साथै, पूर्व विराटनगर र पश्चिम भैरहवामा पनि ३ अर्ब रुपैयँ लगानीमा एक÷एक हस्पिटल बनाउने तयारीमा छ नर्भिक ।

प्रकाशित मिति : १७ भाद्र २०७९, शुक्रबार ००:००  ५ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping